
काठमाण्डौं,१७ साउन । राजधानीका विभिन्न स्थानमा सञ्चालित निष्ट कलेजले बुुुुुुुुुुुुुुुुुुुधवार आफ्ना ३० औं ब्याचका कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
निष्ट कलेज ललितपुरका अध्यक्ष त्रिनेत्रमान प्रधानाङ्गको अध्यक्षता एबं निष्ट फाउन्डेशनका अध्यक्ष तथा निष्ट कलेज लैनचउरका संस्थापक प्रिन्सिपल डा.माधव प्रसाद बरालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बरालले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।

कार्यक्रममा बोल्ने राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (ब्याकुल माईला) निष्ट फाउण्डेशनकी कार्यकारी निर्देशक प्रणिता शर्मा बराल, पूर्ब बिद्यार्थीहरु र कक्षा १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुले निष्ट कलेजले हाल सम्म गरेका उल्लेखनिय गतिविधिका वारेमा आ–आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रमका अबसरमा एस.इ.इ मा ३.७ जिपिए देखि ४ जिपिए सम्म ल्याएर सो कलेजमा भर्ना भएका विभिन्न जिल्लाका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा बिभिन्न समुदायका भेष भुषामा सजिएका बिद्यार्थी कलाकारहरुले विबिध सास्कृतिक कार्यक्रमहरु समेत प्रदर्शन गरेका थिए ।

३० वर्ष अघि देखि सञ्चालनमा रहेको लैनचउर,ग्वार्को र बनेपाका यस कलेजमा विज्ञान, ब्यवस्थापन र कनून संकयमा पठनपाठन गराइने गरिएको छ भने भक्तपुरमा माध्यामिक तह सम्मको पठन पाठन गराइने गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया