रामेछप,४ भदौ। पुर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष केदार क्षेत्रीले यस वार्षको दशैैका लागि यहि भदौ १५ गते देखि नै अग्रीम बुकिङ खुल्ला गर्ने बताउनुभएको छ ।
सो कुरा उहाले रामेछापको मन्थलीमा पुर्व अरनिको होटल उद्घाटन गर्नेक्रममा वताउनुभएको हो ।

यस अघि यातायात ब्यवसायि महासंघले चाँडै देखि अग्रीम बुकिङ खुल्ला गर्न नदिएकोले आफ्ना यात्रीहरुलाई परेको दुखः र हैरानीको स्मरण गर्दै यस वर्षवाट भने सो मितिबाटै अग्रिम बुकिङ खुल्ला गर्ने उहाको भनाइ थियो ।
उहाँले सबै खाले लामो दुरीका लागि यात्रा गर्ने यात्रीहरुलाई सिधै गंगवु वसपार्क बाट चढाउने र झार्ने गर्नुपर्ने काठमाण्डौ महानगरको निर्णय प्रति असहमति जनाउदै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला बाट काठमाण्डौ आएका यात्रीहरुलाई यो निर्णय ब्यवहारीक नहुने पनि बताउनुभयो ।
उहाले भन्नुभयो– यो अब्यवहारीक निर्णयका कारण हाम्रो प्रा.लि ले जडिवुटीमा जग्गा भाडामा लिएर निःशुल्क शौचालय को सुबिधा सहित अत्याधुनिक बसपार्क निर्माण गरी उक्त क्षेत्रका यात्रीहरुलाई सोहि बसपार्क बाट चढ्न ओर्लन पाउने ब्यवस्था मिलाउने गरी काम भैरहेको छ । त्यो हामी अब छिट्टैनै सकेर कार्यान्वयनमा ल्याउछौ ।
बसपर्क बाट टिकट काट्दा चार्डवार्डका वेला धेरै यात्री ठगिने गरेको सन्दर्भ केलाँदै उहाँले जडिबुटिको बसपार्क बाट टिकट काट्ने क्रममा एकजना पनि यात्री नठगिने दावी गर्नुभयो । उहाले भन्नुभयो – यदि ठगिएको खण्ठमा त्यसको जिम्मेवारी मैले र मेरो समितिले लिन्छ ।
आफ्नो प्रा.लिले राज्यले तोकेको भन्दा बढि रकमको उपचार सोवा, विमा शुल्क भुक्तानी, दुर्घटना पछिको क्षतिपुर्ति दिएको दावी गर्दै यात्रालाई सहज र सर्वसुलभ बनाउन प्रा.लि लागिपरेको पनि बताउनुभयो ।
उहाले स्थानीय प्रशासन राजनैतिक दल र नागरिक समाजको सहयोग पाए जिल्लाभर सेवा विस्तार गर्न आफ्नो प्रा.लि तयार रहेको बताउनुभयो ।
कार्यक्रमका अबसरमा बोल्दै उहाले काठमाण्डौ महानगरपालिका का नगर प्रमुख वालेन शाहको यातायात सञ्चालन सम्बन्धि निर्णय ज्यादै अब्यवहारीक भएकोले यसको बिरोध गर्न जरुरी रहेको पनि बताउनुभयो ।
तत्कालिन अरनिको यातायात सेवा समति बाट यस अघि देखि नै रामेछाप,दोलखा र सिन्धुपाल्चोक जिल्लामा लामो समय देखि बस सुमो तथा माइक्रो बसहरु सञ्चालनमा रहेका छन् । उक्त समिति हाल आएर पुर्व अरनिको यातायात प्रा.लि बनेको छ ।
यो बारेमा तपाईको प्रतिकृया