Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरको प्रअ नियुक्ति प्रकरण भयो भाँडभैलो,सर्बोच्चमा रिट परेपछि कार्तिक १३ गते पेशी

नेपाल अभियान नेपाल अभियान
२५ आश्विन २०८०, बिहीबार
in विविध, शिक्षा, समाचार, समाज
0
624
SHARES
Share on FacebookShare on Twitter


मन्थली,२५ असोज । मन्थली नगरपालिकाको प्रअ निय’क्ति प्रकयामा भाँडभैलो भएको छ । पालिकाले साउन महिनामा गरेको प्रअ नियुक्तीको प्रकृया गतल भएको भन्दै सर्वोच्चमा रिट परेपछि यो प्रकरण भाँड भैलो भएको हो ।
हरिशिद्धि मावि चौकी घरका मनपा १३ का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एबं नेकपा माओवादी केन्द्रका मन्थली नगरका सचिब राम बहादुर तामाङले उत्पेषण परमादेश लगाएत अन्य जो चाहिने आदेश गरी पाँउ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उनले मन्थली नगरपालिका,नगर कार्यपालिका,नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा समिति, प्रधानाध्यापक छनौट समिति र थप ४० जना प्रधानाध्यपक सहित ४८ को संख्यामा विपक्षी बनाई रिट दायर गरेका हुन ।
रिट नं ०८० डब्लु ओ ०२९९ को उक्त मुद्दाका लागि सर्बोच्चले असोज २१ गते आदेश र सूचनाको प्रतिलिपीसहित ४८ वटै विपक्षीलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न सूचना म्याद पठाएको छ ।
बिपक्षी वनाइएका हरुमा हालै नव नियुक्त प्रधानाध्यापकहरु क्रमशः नागकन्या मावि मन्थलीकी सुमित्रा खड्का, मावि मन्थलीका टंक प्रसाद दाहाल, निलकण्ठेश्वर मावि कठजोरका कुश प्रसाद दाहाल, कालिदेवी आवि टेकनपुरकी जानुका श्रेष्ठ, श्री वालकल्याण आवि धारापानीका लेख बहादुर खत्री, ताम्रकौसिका आवि टेकनपुरका ललित बहादुर कार्की, गुन्जेश्वरी आवि पात्लेका लेख बहादुर थापा, महादेव आवि ठाँटीका रुद्र कुमार श्रेष्ठ, सेती देवी मावि सालुका गगन वहादुर श्रेष्ठ रहेका छन् । सेती देवी आवि तिनचोके सालुका रेजिन्द्र दंगाल,श्री आवि सामलिस्थानकी उषा भट्टराई,देवीस्थान आवि सिम्लेकी शोभा काफ्ले रहेका छन् । त्यस्तैगरी सिद्धेश्वर मावि गैराथोकका गणेश श्रेष्ठ,भिमेश्वर आवि डाडागाँउकी थम माया मोक्तान रहेका छन भने भैरवी मावि सुनारपानीका दिनेश कुमार कार्की,कालिका देवी मावि भलुवाजोरकराजेश कर्ण रहेका छन् । त्यसैगरीभिमेश्वर आवि डाडा खर्ककी मुकना घिमिरे सुवेदी, देवीस्थान आवि जमुनाबोटका प्रह्लाद सुवेदी,खाँडादेवी आ वि सेलेघाटकी अमृता सिन्ह कर्ण, पञ्चकन्या आ बि कुनाउरीका गोपाल घिमिरे,सिद्धेश्वर आवि हात्तिटारका भिम बहादुर नेपाली, श्री आवि बेतिनीका भरत कुमार तामाङ, ,रुद्राक्षेश्वर मावि मुगिटारका हर्क बहादुर भुजेल, निलकण्ठेश्वर आ वि बडिमुहानका डिल्ली प्रसाद ढुगेल, सृजनात्मक आवि ओडारेकी सुनिता कार्की राय रहेका छन् भने नवचन्द्र आवि पात्लेका बेद वहादुर बुढाथोकी रहेका छन् । त्यसैगरी दुर्गा देवी आवि भटौली की सुनिता तामाङ, सेती देवी आवि ठेडिखोलाकी प्रअ दुर्गा कुमारी श्रेष्ठ, नव दुर्गा आ वि आसिखेतका राजु मुंग्राती रहेका छन भने भिमेश्वर रुद्र मावि चिसापानीका देवकुमार श्रेष्ठ,जगदम्बा आवि चिउरीपानीका राजकुमार श्रेष्ठ, कालिदेवी आवि पडारेका शालिग्राम घिमिरे, नर्मदेश्वर आ वि गाइखुराकी हिरा वोहारा पुरी रहेका छन भने बिद्याश्रम आवि जखनीटारकी दिपा थापा,सरस्वती मावि चनखुका श्री प्रसाद घिमिरे, शारदा मावि गेलुका अर्जुन श्रेष्ठ, कालिका आवि जल्कीनिका शुशिल कुमार भण्डारी, रानिकुन्ज आवि डाडागाँउका भलक बहादुर श्रेष्ठ पशुपति आवि भुलभुलेका प्रह्लाद खत्री, भिमेश्वर आवि कर्थलीका कुमार तामाङ मिल्ति जनज्योति आवि विस्लीकी सफल गोले, समेतलाई बिपक्षी वनाइएको छ ।
विपक्षी वनाइएका प्रअ हरु मध्ये मन्थली नगरपालिका वडा नं १० स्थित रहेको श्री सरस्वती मावि चनखु का प्रअ भनिएका श्री प्रसाद घिमिरे र मन्थली नगरपालिका वडा नं ८ मा रहेको जगदम्बा आ वि चिउरीपानी का प्रअ भनिएका राजकुमार श्रेष्ठ हाल प्रअको जिम्मेवारीमा आफ’हरु नभएको बताएका छन् ।
प्रअ को परीक्षामा पास भएका घिमिरेलाई मन्थली नगरपालिकाले यहि साउन १६ गते च नं १५९ बाट प्रधानाध्यापकको जिम्मेवरी दिइ उक्त बिद्यालयमा पठाएको थियो तर उनलाई विद्यालयले हाजिर नगराएपछि पुनः भदौ ११ गते च नं ४२६ को पत्रबाट मनपाले यस अघि कामकाज गर्दै आएको श्री मनकामना मावि नाटिलामै फिर्ता पठाएको थियो । हाल उक्त सरस्वती मावि चनखु का प्रअ गोविन्द बहादुर कार्कीले समेत राजिनामा दिएपछि सो बिद्यालयमा प्रअको जिम्मेवारीमा कोहि पनि छैनन् ।
त्यसैगरी जगदम्बा आवि चिउरीपानीका प्रअ भनिएका राजकुमार श्रेष्ठले आफु सो विद्यालयका सहायक शिक्षक मात्र भएको बताउछन् । उनी आफु प्रअ छनौट प्रकृयामा सामेलनै नहुदा नहुदै पनि आफ्नो नाममा मुद्धा परेको प्रति अचम्म मानिरहेका छन् । हाल उक्त बिद्यालयमा रामकुमार श्रेष्ठ प्रअको जिम्मेवारीमा रहेका छन् ।
यस वाहेका उक्त रिट निवेदनमा प्रअ छनौट प्रकृयामा सामेल भइ परीक्षामा असफल भएका तर हाल प्रअ कायमै रहेका,प्रअको लागि आबेदन नै नपरेका र आधारभूत तहका शिक्षकहरुले माविको प्रधानाध्यापकको जिम्मेवारी संम्हालिरहेका बिद्यालयहरु र ति विद्यालयहरुमा रहेका प्रअ हरुको हकमा भने कुनै कुरा पनि उल्लेख गरिएकोे छैन ।

Share250Tweet156Share44

Related Posts

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२५ आश्विन २०८०, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२५ आश्विन २०८०, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२५ आश्विन २०८०, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२५ आश्विन २०८०, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२५ आश्विन २०८०, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२५ आश्विन २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero