मन्थली,२८ कार्तिक । पश्चिमेली शैली भित्रिए सँगै लोप हुँदै जान लागेको मौलिक तथा परम्परागत देउसीको जगेर्ना गर्न गिरीजाप्रसाद कोइरला (जिपी) फाउन्डेशन कम्मर कसेर लागेको छ ।

रेकर्डेड गित र भट्याएको रेकर्ड बाट देउसी खेल्ले , देउसीमा छाडा तन्त्र भित्रिन लागेको, पञ्चक सुरु नहुदै देउसी खेल्न लागिएको जस्ता कृयाकलापले यसको महत्व घटने सम्भावनालाई मध्यनजर गर्दै जि पी फाउन्डेशन रामेछापले संस्थागत रुपमा रामेछाप जिल्लाको सदरमुकाम मन्थली वजारमा मौलिक देउसीको सुरुवात गरेको हो ।
”हटाऔं बिकृति जोगाँऔं संस्कृति” भन्ने मूल नारालाई अंगिकार गर्दै परम्परागत संस्कृति जोगाउने अभियान अन्तर्गत यस प्रकारको देउसी खेलेको गिरीजा प्रसाद कोइराला फाउन्डेशनका अध्यक्ष दिपक खड्काले बताउनुभयो ।
पहिला पहिला मादल र झ्याली,बच्छेवाजा, मुर्चुङ्गा,खैजेडी बजाएर रातभर भट्टयाएर देउसी भैलो खेल्ने चलन थियो तर हिजोआज त्यो एकादेशको कथा भएको छ । यस्तै अबस्था आउने हो भने भावि सन्ततिले देउसी भैलोको परम्परा बिर्सन सक्ने अबस्था रहेकोले लोप हुन लागेको संस्कृतिलाई जगेर्ना गर्न जरुरी रहेको नेपाली काँग्रेस जिल्ला कार्य समितिका उप सभापति लेख बहादुर कार्कीले बताउनु भयो ।

मौलिक देउसी भैलो को लागि जिल्लामा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मन्थली पनि जुटेको छ । सोहि कारणले हरेक वर्ष आफ्नो आश्रमममा यस्ता खालका मौलिक देउसी भैलो खेलिने गरेको ब्रम्हकुमार डा.भरत श्रेष्ठले बताउनुभयो ।
देउसीमा भट्याउँदा बिभिन्न लान्छना र आरोप लागाउने, हिन्दी र दोहोरी गितमा नाच्ने, छाडा नाच देखाउने जस्ता कृयाकलापले मौलिकता हराएको हुँदा यसको संरक्षण गर्न पनि मौलिक देउसीको आबश्यकता रहेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे ले बताउनुभयो । नयाँ पुस्ता र पुरानो पुस्ता भएर परम्परात देउसीलाई निरन्तरता दिन सके संकृति जोगिने संस्कृतविद्हरु बताउछन् ।
यो बारेमा तपाईको प्रतिकृया