
मन्थली, ३ मंसिर । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा काभ्रेमा रामकुमार आचार्यको नेतृन्वमा १७ सदस्यीय नयाँ समिति निर्बिरोध चयन भएको छ ।
शनिवार सम्पन्न बनेपामा सम्पन्न महासंघको छैटौ जिल्ला अधिबेशनले सो समिति निर्बाचित गरेको हो ।
यसरी नव निर्वाचित हुने पदाधिकारीहरुमा प्रथम र उिपाध्यक्ष द्वय क्रमशः राजन श्रेष्ठ र शरण ढकाल, सचिबमा बिष्णु प्रसाद न्यौपाने, सह सचिब द्वय अनिता थापा र रोशन कुमार श्रेष्ठ रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमश धन्येश्वर मकै,रेखा अधिकारी, महेश बस्नेत,प्रमिला गौतम, राजेन्द्र घिमिरे, श्रीराम कार्की, खेमराज भट्टराई, इश्वर थापा रहनु भएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा बच्चु प्रसाद सापकोटा रहनु भएको छ भने सदस्यहरुमा क्रमश रामकुमार बन्जरा र निरन्जन सापकोटा रहनुभएको भएको नव निर्वाचित अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष भिम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशन काे उद्घाटन केन्द्रीय अध्यक्ष सन्जय चाैधरीले गर्नु भएकाे थियाे । साे अधिबेशनकाे बन्द सत्रले सचिब द्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्षद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत पास गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया