Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

संघर्ष गर्दै सफल युवा ब्यवसायी बने ढकाल

नेपाल अभियान नेपाल अभियान
६ पुष २०८०, शुक्रबार
in विविध, समाचार, समाज
0
464
SHARES
Share on FacebookShare on Twitter


मन्थली ६ पुष । पाँच दाजुभाई मध्ये काइलो सन्तानका रुपमा जन्मिएका साघुटारका होतराज ढकाल संघर्षसिल तथा मेहनती सफल युवा ब्यवसायि हुन् ।


साघुटार जस्तो ठाँउमा बुवाआमाले जसोतसो एस एल सी सम्म पढाएपनि त्यस भन्दा माथिल्लो तहमा पढाउन न त गाँउमा क्याम्पस थियो न त शहर पठाउन पर्याप्त पैसानै । घरको मध्यम वर्गिय आर्थिक अबस्थालाई मध्यनजर गर्दै उनले गाँउमै २०६३ सालदेखि ब्यवसायमा हात हाले त्यस यता उनी निरन्तर सोहि क्षेत्रमा लागिरहे र सफल पनि बने ।
साघुटारमा साधना राइस मिल बाट आफ्नो ब्यवसाय सुरु गरेका ढकालले केहि समय साघुटार बजारमै आलु र अण्डाको पनि ब्यपार गरे । ओखलढुंगा र रामेछापको सिमाना भएर बग्ने लिखु नदि किनारमा रहेको साघुटार वजारमा शनिवार लाग्ने गरेको हाटमा मान्छेको असाध्यै भिडाम्भिड हुन्थ्यो र सामान पनि राम्रै बिक्रि हुन्थ्यो । दुःख गरेर ब्यापार ब्यवसाय गर्दै आफ्नो शैक्षिक योग्यतालाई समेत बढाउदै ढकालले मन्थलीको भैसेश्वर चोक नजिक ८ आना जग्गा किने । गाँउमा भन्दा अलि पारिवारीक सुख र ३ वटी छोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिने सोचका साथ उनी मन्थली झरे । मन्थलीमा कुखुरा पालन हुँदै दाना र चल्ला सप्लाई गर्ने क्रममा घर निर्माणको काम पनि सुरु गरे ।
घर निर्माणको प्रारम्भिक चरणको काम सक्ने बित्तिकै २०७० सालमा कुटानी पिसानी मिल ल्याएका ढकालले ७ बर्ष मिल चलाए । श्रीमतिलाई मिल चलाउने रोजगारी र आफुलाई दाना बेच्ने काम भएपछि उनीहरु दुबैजाना ब्यस्त भए ।
दाना र चल्लाको ब्यापार मन्थलीमा राम्रो हुँदै गएपछि छुट्टा छुट्टै काम गर्न उनीहरुले भ्याएनन् । उनले ७ वर्ष पछि मिल बेचे र दुबै जना दाना पसलमा ब्यस्त भए । संघिय संरचना लागु भए एता देखि मानिसहको चहलपहल जिल्ला सदरमुकाम र आसपासको क्षेत्रहरुमा चहल पहल हुन छाड्यो र दैनिक रुपमा दाना पसलको ब्यापार घट्ने तथा उधारो माग्नेको संख्या बढने गरेपछि उनले अब पसलबाट खासै उन्नति नहुने देखेर २०÷ २२ बर्ष देखि मरुभुमिमा परिणत भएको सुकाजोर खोलाको किनार मा रहेको ६० रोपनी जग्गा १५ बर्षका लागि भाडामा लिए र आबश्यक संरचनाहरु बनाउन थाले । महालक्ष्मी कृषि तथा पशुपालन फर्म नामक संस्था केहि साथीहरुसँग मिलेर दर्ता गरे । अहिले उनको फर्ममा १३ वटा गाई, ८ वटा बाच्चा बाच्छि. एक हजार पाँच सय बोइलर कुखुरा, केहि संख्यामा लोकल कुखुरा , बाख्रा, हाँस, वंगुर,माछा, तरकारी, फलफुल, ड्राइगन फुड देख्न सकिन्छ । कृषि फर्मका अर्का पार्टनर हिरालाल आचार्यले सोहि ठाँउमा मेवा लगाएर त्यसको आम्दानी लिन थालिसकेका छन् भने कागती र केराले पनि उत्पादन दिने तयारीमा गरिरहेको छ ।


ढकालले आफ्ना तीन छोरीहरु मध्ये एक छोरीलाई विवाह गरी पठाएका र दुई छोरी लाई उच्च शिक्षाका लागि काठमाण्डौ पठाएका छन् भने आफु पनि राजनिति दलमा लागेर पदाधिकारी तहको नेतृत्व लिन सफल भैसकेका छन् ।
उनको फार्ममा ३ जना सहायोगी कर्मचारीहरु छन , उनी आफु र उनकी श्रीमति पनि यस फार्ममा पर्याप्त समय दिन्छन् ।
ढकाल भन्छन – “जागर हुनेले नेपालमै केहि गर्न सक्छन ,जागर नहुने र काम गर्न लाज मान्नेहरु चाहि बिदेश जाने हुन् । त्येसैले बैदेशिक रोजगारीमा जानेहरुलाई स्वदेशमै केहि गरौ भनेर देखाउनका लागि पनि आफुले संघार्ष गरेर यस्तो ब्यवासाय गरेको हुँ ।” उनको फार्ममा रहेका बाख्रा,माछा,तराकारी, फलफुल(ड्राइगन)ले अहिले खासै उत्पादन दिन नथाले पनि दैनिक गाईको दुध भने एक सय १२ लिटर बिक्रि हुने गरेकाे छ । जंगलको छेउमा फार्म भएकोले दुम्सी र मुसाबाट भने फलफुल जोगाउन असाध्यै कठिन भैरहेको पनि उनले बताए । ,

Share186Tweet116Share32

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ पुष २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ पुष २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ पुष २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ पुष २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ पुष २०८०, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

६ पुष २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero