मन्थली,१८ साउन । रामेछाप जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय सांसद पुर्णवहादुर तामाङ (कान्छाराम) सहित ३ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।
उहाले नेपाली काँग्रेसबाट २ जना र नागरिक उन्मुक्ती पार्टिबाट १ जना गरी तीन जना राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।
यसरी नवनियुक्त हुने राज्यमन्त्रीहरुमा काँग्रेसबाट पुर्णबहादुर तामाङ कान्छाराम) र रुपा वि.क. र नागरिक उन्मुक्ती पार्टिवाट अरुण कुमार चौधरी रहनु भएको छ । उहाहरुलाई क्रमश उर्जा जलस्रोत तथा सिंचाई वन तथा वातावरण र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी दिइएको छ ।
राष्ट्रपतिको कार्यालयले शुक्रवार एक विज्ञप्ती जारी गरी राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित मौजुदा मन्त्रीपरिषनमा नेपालको धार ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारीसमा उहाँहरुलाई राज्य मन्त्री को जिम्मेवारी दिनुभएको जनाएको छ । नेका रामेछापका पार्टि सभापति समेत रहनु भएका तामाङले रामेछाप बाट ४७ हजार ९९ मत ल्याई संघिय सांसदमा बिजयी हुनुभएकाे थियाे ।
यो बारेमा तपाईको प्रतिकृया