Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

फोनिज रामेछापले भव्य रूपमा मनायो आफ्नो स्थापना दिवस 

नेपाल अभियान नेपाल अभियान
२७ श्रावण २०८१, आईतवार
in विविध, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,२७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औँ स्थापना दिवस भव्य कार्यक्रमका साथ मनाएको छ । शाखाले आइतबार रामेछाप नगरपालिकामा आफ्नो २५ औँ स्थापना दिवस तथा रजत वर्ष विविध कार्यक्रमका साथ मनाएको हो ।

फनिजले आफ्नो जिल्लाका ऊर्जा ,जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)लाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेको थियो । कार्यक्रमको उद्घाटन पानसमा दियो वालेर प्रमुख अतिथि तामाङले गर्नु भएको थियो। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले आफू मन्त्री भएपछि जिम्मेवारी थपिएको भन्दै आफ्नो कार्यकालमा जिल्लाको विकासले गति लिने बताउनुभयाे ।  उहाले आफूले जिल्लाका सबै पार्टी हरू सँगको समन्वय र  सल्लाहमा जिल्लाको  विकासका काममा लाग्ने प्रतिबद्धता पनि जनाउनुभयाे ।

 कार्यक्रमका अवसरमा आयोजक संस्था फोनिज रामेछापले कार्यक्रमका प्रमुख अतिथि तामाङलाई राज्य मन्त्रीको जिम्मेवारी पाएको उपलक्ष्यमा दोसल्ला र सम्मान पत्रद्वारा सम्मान पनि गरेको थियो । फोनिजको सम्मान ग्रहण गर्दे मन्त्री तामाङले आफूलाई  कार्यक्रमको प्रमुख  अतिथि बनाएर सम्मान गरेको भन्दै जनजाति पत्रकारहरूको सङ्गठन फोनिजलाई धन्यवाद िदनुभएकाे िथयाे ।

साे अबसरमा बाेल्दै प्रमुख अतिथि तामाङले सबै नाङ्गो तारलाई कालोतारमा परिणत गर्ने बताउनुभयाे।
उहाले विभिन्न जिल्लामा सञ्चालित हाइड्रो पावरले नियमानुसार सामाजिक काम गरे नगरेको अनुगमन गरी नीति र विधिअनुसार गर्न लगाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले फोनिजले जग्गा ब्यवस्था गर्न सक्छ भने भवन वनाउने जिम्मा आफ्नो भएको पनि वताउनुभयाे । रामेछापका कर्मचारीहरु हरेक हप्ताको शुक्रवार घर जाँदा र आइतवार वा सोमवार फर्किदा हुने गरेको इन्धनको दुरुपयोग घटाएर प्रत्येक महिनाको अन्तिम शुक्रवार १ वटा इलोक्टोनिक गाडि को ब्यवस्था गरिने पनि बताउनुभयो । कर्मचारीहरुले दुरुपयोग गर्ने गरेको सवारी साधनको र कर्मचारीहरुले गरेको राम्रा तथा नराम्रा कामहरुको पनि निगरानी समेत गर्न पत्रकारहरूलाइ अनुराेध गर्नुभयाे ।

त्यसैगरी फोनिजले कार्यक्रमकै अवसर पारेर  जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । कार्यक्रममा खोज पत्रकारिता वर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु १० हजार सहित र पथिकलाई नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको  पनि आयोजक संस्थाले जनाएको छ  । सम्मानित भएका मध्ये  पथिक सक्रिय र खोज पत्रकारिता र तुल्सी देवी  श्रेष्ठ जनजाति पुरस्कार वाट सम्मानित  गरिएको हो ।   

फोनिज रामेछापका अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका कोषाध्यक्ष रमेश ढुङ्गेल,नेपाल पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँ घरे,नेपाल पत्रकार महासङ्घ रामेछापका ,पूर्व अध्यक्ष हिमाल ढुङ्गेल, नवराज पथिक लगायतका वक्ताहरूले फोनिज स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दे फोनिजले जिल्लाको पत्रकारिताको विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसको लागि जिल्लाको नेतृत्व प्रति धन्यवाद पनि व्यक्त गरेका थिए ।

Share10Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२७ श्रावण २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२७ श्रावण २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

२७ श्रावण २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

२७ श्रावण २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२७ श्रावण २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२७ श्रावण २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero