रामेछाप १३ कात्तिक, । मन्थलीमा रहेको साहारा बचत तथा ऋण सहकारीले आव २०८०÷०८१ मा ९ लाख ४० हजार बढी खुद नाफा कमाउन सफल भएको छ । १९ वर्ष अघि स्थापना भई मन्थली र रामेछाप नगरपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको साहाराको उद्घाटन रामेछाप जिल्ला सहकारी सङ्घका सचिव नवीन केसीले एक औपचारिक कार्यक्रमका बिच गरेका थिए ।
करिब ५ हजार सदस्य रहेका साकोको साधारण सभाले संस्थाका सचिव शिशिर खड्गीले पेस गरेको साङ्गठनिक र कोषाध्यक्ष चुक्त मगरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सर्व सम्मत रूपमा पारित गरेको छ । आर्थिक प्रतिवेदनका अनुसार संस्थाले आफ्ना शेयर सदस्यहरूका लागि १४ प्रकारका निक्षेप सेवा र १५ प्रकारका ऋण सेवाहरू प्रदान गर्दै आएको छ ।
आफ्नो प्रतिवेदनमा कोषाध्यक्षले साहाराले आफ्ना शेयर सदस्यहरूलाई राहत सेवा, रेमिट सेवा, मोबाइल बैङ्किङ सेवा, बाल बचत सेवा लगायतका सेवा प्रदान गर्दै आएको पनि आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेका थिए । त्यसैगरि प्रतिवेदनमा संस्थाले चालु आर्थिक वर्षको लागि २८ करोड ऋण लगानी तथा भाखा नागेका ऋण असुलीलाई ५ प्रतिशत कायम गर्ने नीति अगाडि सारेको समेत उल्लेख गरिएको छ ।
त्यसैगरि उसले १६ करोड २१ लाख ३७ हजार ७ सय ६५ रुपैयाँ ६९ पैसा ऋण लगानी गरेको, ३ करोड २३ लाख ९७ हजार ५ सय ५५७ रुपैयाँ ९५ पैसा आम्दानी गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसै गरी साकोसका सचिव शिशिर खड्कीद्वारा प्रस्तुत संस्थाको प्रतिवेदनमा आगामी एक वर्ष भित्रमा ३९ करोड पु¥याउने लक्ष्य लिएको साहाराले सदस्यको मृत्यु भएमा प्रति मृतक २० हजारको दरले राहत प्रदान गर्दै गत आर्थिक वर्षमा २५ जना मृतकको परिवारलाई रु ५ लाख ३५ हजार प्रदान गरेको जानकारी पनि गराए ।१८ वर्ष अगाडि सामुदायिक विकास समाज २७ जना मिलेर मासिक रु १० रुपैयाँ सङ्कलन गरी सुरु भएको अध्यक्ष शिव राज श्रेष्ठले जानकारी गराए ।
यो बारेमा तपाईको प्रतिकृया