मन्थली १६ पुष । नेपाली काँग्रेस रामेछापले ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिबस मंगलवार मनाएको छ ।
पार्टि सभापति पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रास्वापा का जिल्ला नेता समिक्षा श्रेष्ठ, माओवादी केन्द्रका तारानारायण श्रेष्ठ, नेकपा एमालेका प्रकाश कुमार कार्की लगाएतले बोल्दै विपिले दिएको योगदानको चर्चा गर्नुभएको थियो ।
केन्द्रीय सदस्य मदन अमात्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम मा काग्रेसको सय दिने अभियान शुभारम्भ भएको पनि घोषणा गरिएको थियो ।
सय दिने अभियानका लागि नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठक मार्फत विभिन्न वडामा प्रतिनिधि समेत खटाइएको कार्यवाहक सभापति लेख बहादुर कार्कीले बताउनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया