Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाली काँग्रेस रामेछापमा भाँड भैलो,माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

नेपाल अभियान नेपाल अभियान
१८ फाल्गुन २०८१, आईतवार
in विविध, समाचार, समाज
0
28
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१८ फागुन । नेपाली काँग्रेस रामेछापमा फेरी भाँड भैलो सुरु भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्य समितिका पादाधिकारीहरुले आइतवार केन्द्रीय कार्यालयमा र पूर्व प्रबक्ता नारायण बोगटीले जिल्ला कार्यसमितिमा पार्टि सभापतिले गरेको गतिविधि विधि र पद्धति विपरित भएको भन्दै ध्यानकर्षण पत्र बुझाए सँगै रामेछापमा काँग्रेस भित्र भाँड भैलो सुरु भएको हो ।
पार्टि सभापति पूर्ण बहादुर तामाङले गरेको गतिविधि विरुद्ध नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टि उपसभापति नवराज थोकर, सचिब बिनोद कार्की र सह सचिब कमल योन्जनले संयुक्त रुपमा हस्ताक्षर गरी आज १६१ नं मा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा नेपाली काँग्रेसको चौधौं जिल्ला अधिबेशन २०७८ साल असोज महिनामा सम्पन्न भए देखि नै निर्वाचित जिल्ला कार्य समितिले पार्टिलाई बिधि सम्बत ढंगबाट सञ्चालन गर्दै पार्टिले लिएको मार्गदर्शन, सिद्धान्त,मुल्य, मान्यता एबं आन्दोलनले निर्दिष्ट गरेका उद्धेश्यहरु,आन्दोलनका क्रममा शहिद वनेकाहरुले देखाएको बाटो पूरा गर्न प्रभावकारी संगठन निर्माण गर्ने अभिभारा भएपनि नेपाली काँग्रेस रामेछापले शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्व नगर्ने, पार्टिमा निरन्तर कृयासिल रुपमा लागेका इमान्दार कार्यकर्तालाई बेवास्था गर्र्ने,निष्ठावान र योग्य नेता तथा कार्यकर्ताहरुको अवमुल्यन गर्ने,एकलौटी ढंङ्गबाट राजनीतिक नियुक्ति र मनोनित गर्ने काम नेपाली काँग्रेसका पार्टि सभापति पूर्ण वहादुर तामाङले गरिरहेको आरोप लगाइएको छ ।
उक्त पत्रमा समग्र पार्टि संगठनलाई गतिशिल र प्रभाबकारी बनाउन पार्टि भित्र रगत र पसिना बगाएका,लोकतान्त्रिक ब्यवस्था स्थापनाका लागि आन्दोलनमा होमिएका कर्याकर्ताहरुको भुमिका कमाजोर बनाई उनीहरुको हक अधिकार लाई कुण्ठीत गरी सभापतिले ब्यक्तिगत उद्देश्य प्राप्तिका लागि आग्रह र पुर्वाग्रह अनुसार पार्टीको बिधि बिधान र पद्धतिलाई लत्याएर पार्टिको हित विपरित एलौटि पेलेर निर्णय लाद्ने काम भएको भएको पनि आरोप लगाइएको छ ।
पत्रमा विभिन्न अभियानमा जिल्लामा खटिनु भएका केन्द्रीय सदस्यहरुको उपस्थितिमा भएको छलफल र मा विगतमा भए गरेका गल्ति तथा कमजोरी नदोहो¥याउने प्रतिबद्धता पार्टि सभापतिले गरेपछि पनि बारम्बार सोही प्रबृत्ति दोहो¥याउँदै बिधि र विधान बिवपरित अनाधिकृत कृयाकलापहरु गरिरहनुभएको आरोप पनि लगाइएको छ ।

उक्त पत्रमा चौधौं अधिबेशनमा मतदान प्रकृया मार्फत निर्वाचित भई हाल (केही समय अगाडी) उच्च शिक्षाको शिलसिलामा बिदेश गएका जिल्ला कार्य समितिका सदस्यहरु क्रमशः मन्दिरा घिमिरे, शुशिला बुढाथोकी,अन्जु रजान मगर र सम्झना घिसिङ लाई २०८१ पुष २७ गते बसेको जिल्ला कार्य समितिको बैठकले हटाउने निर्णय गरेपछि केन्द्रिय सदस्य एबं सय दिने बिशेष अभियान रामेछापका प्रनिनिधि मदन अमात्य बाहिर निस्कनु भएको र सो बैठकमा उक्त निर्णय लाइ आफुहरुले नोट अफ डिसेन्ट (फरक मत) लेख्न खोज्दा नदिए पछि आफुहरु बैठकबाट बाहिरीन बाध्य भएको कुरा पनि उल्लेख गरिएको छ ।
सभापतिको कार्यशैली र बिधान विपरितका गतिविधिहरु अन्त्य गरी समन्वयात्मक ढंगबाट अगाडि बढ्न आफुहरुले नेतृत्वलाई आग्रह गरेको कुरा पनि उल्लेख गरिएको छ ।

पत्रमा बिभिन्न ९ वटा असहमतिका बुँदाहरु उल्लेख पनि उल्लेख गरिएको छ ।
जस अन्तर्गत पार्टि मातहतका विभिन्न तहगत संरचना नेतृत्व तथा अन्य पदमा विविध कारणले रिक्त भएका स्थानमा सभापतिले पार्टि बिधान र नियमावली अनि केन्द्रीय परिपत्रको मर्म र भावना अनुसार काम नगरेको ।
निर्वाचित जिल्ला कार्य समितिका सदस्यहरुलाई हटाउने गरी बिधान विपरित निर्णय गरेको,
३.नेपाली काँग्रेसको मूल्य मान्यता र परम्परालाई वेवास्था गर्दै पार्टि तथा भातृ संस्थाको कार्यक्रममा जिल्ला सभापतिको उपस्थितिमा उप सभापति श्री लेख बहादुर कार्कीलार्य कार्यवाहक सभापतिको रुपमा आसन ग्रहण गर्न लगाउने जस्ता गलत नजिर स्थापना गर्न खोजेको आरोप लगाइएको छ । त्यसैगरी
पार्टि सभापति तामाङले मलाई संघिय सांसदको टिकट पार्टि सभापति शेर बहादुर देउवाले हैन नेकापा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले दिएको भनि पार्टिको बदनाम गरेको, म काँग्रेस नभई ठेकेदार हुँ त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए जुनसुकै पार्टि को ठेकेदार भएपनि सहयोग गर्छु भन्ने अभिब्यक्ति निर्माण ब्यवसायी संघ रामेछापको कार्यक्रममा भाषण गरेको र अन्य सार्वजनिक समारोहमा पनि गैर जिम्मेवार भाषणबाट हामी काँग्रेसका कार्यकर्ता तथा लोकतन्त्रबादीहरुको मनोवल गिराउने अबस्था सिर्जना गरेको आरोप पनि लगाइएको छ । त्यसैगरी लोकतान्त्रिक आदिवासी जनजाति महासंघ रामेछापको अधिबेशनको प्रमुख अथिति बनेका सभपाति तामाङले केही मानिसहरुलाई उचालेर ने का बागमती प्रदेश सदस्य जित बहादुर मगर,लगाएत जिल्लाका नेताहरुलाई छानी छानी कुटपिट गराएको परिस्थिति असहजका बाबजुद भागेका कार्यक्रम स्थलबाट हिडेका हामी लगाएतलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्दा हाल्न लगाए दुख दिएको,
राजनितिक नियुक्ति अन्तर्गत भूमि आयोग लगाएतमा एकलौटी ढंगबाट बारम्बार एउटै ब्यक्तिलाई नियुक्ति दिईएको, पार्टि प्रति बफादार तथा इमान्दार कार्यकर्ताहरुलाई अन्याय हुने एकलौटी निर्णय गरेको खेलकुद विकास समिति रामेछाप काँग्रेसको भागमा परेपनि नियुक्ती गर्ने ब्यक्ति आफु अनुकुलको नभए पछि जिल्ला खेलकुद विकास समिति एमालेलाई दिएर काँग्रेसमा आबद्ध खेलाडिहरुको अपमान गरेको पनि आरोप लगाइएको छ । सो पत्रमा स्थानीय निर्वाचनमा आधिकारीक निर्णय भएको उप प्रमुख÷उपाध्यक्ष ,वडा अध्यक्षको टिकट खोसेर आफ्नो मान्छेलाई दिएको साथै पार्टिका आधिकारीक उमेद्वारहरुलाई हराउन लागेका स्वतन्त्र बागी उमेद्धारलाई पुरस्कृत गर्ने र यस विषयमा असहमति राख्ने काँग्रेसका कार्यकर्ताहरुलाई कारवाहिको धम्की दिने गरेको, पार्टिको तर्फबाट निर्वाचनको समयमा जनता समक्ष प्रस्तुत घोषणापत्र कार्यान्वयनको विषयमा विकास निर्माण कार्यमा स्थानीय आबश्यकता लाई प्राथमिकता हेरी भौगोलिक सन्तुलन मिलाई योजनाहरुको सिफारिस र सम्बोधन हुनु पर्नेमा सभापितज्यू माननिय सांसद एबं राज्य मन्त्री भइसकेपछि पूर्वाग्राहि र गैर जिम्मेवार भएको, ब्यक्ति बिषेषलाई योजना दिएको छु भन्दै भाषण गरी पार्टिका साथीहरु वीचमा भ्रम सृजना गरेको र नेपाली काँग्रेसको बिधान २०१७ (संसोधन सहित) परिच्छेद ३ को धारा १२ (५) ख (२) बमोजिम सभापतिले जिल्ला कार्यमिति सदस्य पदमा मनोनित गरेका श्री नारायण बहादुर बोगटीलाई प्रबक्ता को जिम्मेवारी बाट समेत हटाई पार्टी भित्र गुटगत प्रभाब स्थापित गर्न खोजेर अन्यायपूर्ण निर्णय गरेको (नेपाली काँग्रेसमा नियुक्त भइसकेकालाई बिना कारण हटाउने परम्परा नभएको) समेत आरोप लगाइएको छ ।
ध्यानाकर्षण पत्रमा सभापतको कार्यशैली र बिधा विपरितका गतिविधिहरु अन्त्य गरी समन्वयत्मक ढंगबाट आगाडि बढ्न नेतृत्वलाई आग्रह गरिएको, यी र यस्ता गतिविधिहरु रोक्न केन्द्रीय समितिले पहल नगरे आफुहरु नेपाली कागँ्रेसको केन्द्रीय कार्यालयमा अनसनवस्ने चेतावनी समेत दिइएको छ ।
त्यसैगरी आजै यस अघि मन्थली नगरपालिका वडा नं ३ मा नेपाली काँग्रेसको तर्फबाट टिकट प्राप्त गरी पराजित भएका वडा अध्यक्षका उमेद्वार नारायण बोगटी सहितको टोलीले पनि जिल्ला सभापति पूर्णबहादुर तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ । केन्द्रिय सदस्य एबं नेपाली काँग्रेस को सय दिने विशेष अभियानका जिल्ला प्रतिनिधि मदन बहादर अमात्य लाई सम्बोधन गरी बुझाइएको पत्रमा यस अघि मन्थली न पा को भुगोलबाट मनोनित गरिएको तारा के शी को मनोनित वदर गरि पाँउ भनि निबेदन पेश गरिएको छ ।
वडा अध्यक्षका उमेद्वार नारायण बोगटी वडा सदस्यका उमेद्वारहरु क्रमश बासुदेव सुबेदी,राजेन्द्र बिक्रम रोक्का, रमा थापामगर र विमला रम्तेल सहित संयुक्त हस्ताक्षर गरिएको उक्त पत्रमा २०८१ पुष २७ गतेको जिल्ला कार्य समितिको बैठकले चौधौं अधिबेशनवाट निर्वाचित सदस्यहरुलाई बर्खास्त गरी मनोनित गरिएका सदस्यहरु मध्ये मन्थली नगरपालिकाको भूगोल तर्फबाट मनोनित सदस्य श्री तारा केशी गत स्थानीय निर्वाचनमा मन्थली न पा वडा नं ३ का आधिकारी उमेद्वार विरुद्ध आफ्नो छोरा विवेक केशीलाई स्वतन्त्र वडा सदस्य को उमेद्वार बनाई बुवा बिनोद केशी प्रस्तावक समर्थक राखि चुनावी रयालीमा झण्डा समेत बोकि पार्टिका विरुद्ध सकृय रुपमा लागेको ले निजलाई गरिएको मनोनित सदस्य खारेजीको माग गरिएको छ ।
यस बारेमा जिल्ला सभापति पूर्ण बहादुर तामाङ कान्छारामले केन्द्रमा बुझाएको ध्यानाकर्षण पत्रमा आरोप लगाइएको जस्तो गतिविधिहरु नभएको र नारायण बोगटिले हस्तान्तरण गर्नु भएको बदर गरीपाँउ भन्ने ब्यहोराको उजुरीका बारेमा छानविन गरी आबश्यक निर्णय लिने बताउनुभएको छ ।

Share11Tweet7Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ फाल्गुन २०८१, आईतवार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ फाल्गुन २०८१, आईतवार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ फाल्गुन २०८१, आईतवार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ फाल्गुन २०८१, आईतवार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ फाल्गुन २०८१, आईतवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ फाल्गुन २०८१, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero