मन्थली,६ मंसिर । रामेछाप जिल्लाको खाँडादेवी गाँउपलिका बाट मन्थली नगरपलिका तर्फ आँउदै गरेको ना १ ज ५५५८ नंम्बरको यात्रुवाहक सुमो खाँडादेवी गाँउपालिकाको वडा नं –४ स्थित रजगाँउमा दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका मध्ये १ जनाको उपचारका क्रममा मृत्यू भएको छ भने १ जना गम्भिर रहेकी छीन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला कुमार भट्टले दिनुभएको जानकारी अनुसार सडक बाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
यसरी दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ३ की ५३ बर्षिया गितामा जोगी रहेकी छिन ।
गम्भिर घाइते हुनेमा मन्थली नगरपालिका वडा नं –२ की ४० बर्षिया कोपीला श्रेष्ठ रहेकी छिन भने अन्य सामान्य घाइते हुनेहरुमा बर्ष २४ की सन्चिता श्रेष्ठ,मन्थली न. पा. वडा नं –३ की ७० बर्षिया तिलमाया श्रेष्ठ, ५० बर्षिया कृष्ण माया खड्का, ५५ बर्षिया कोपिला जोगी,७८ बर्षिया चेत कुमारी श्रेष्ठ र ४९ बर्षिय चालक रमेश बुढाथोकी रहेका छन् । सबै घाइतेहरुलाई मन्थली नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि शुक्रवार नै काठमाण्डौ पठाइएको छ ।












यो बारेमा तपाईको प्रतिकृया