मन्थली,१८ फागुन । रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउराली स्थीत सिरुवारीमा यही फागुन २१ गते हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना ४ ख ६७६८ नंम्बरको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन ।
मृत्यू हुनेमा १ जना प्रहरी सहायक निरिक्षक र एक जना मतदान अधिकृत रहेको प्रहरीले बताएको छ ।
प्रहरी सहायक निरिक्षक (अर्सइ) आर पी यादवको घटना स्थलमै र साघुटार वाड कार्यालय “ख” मतदान केन्द्रमा निर्वाचन अधिकृतका रुपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोर प्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यू भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशब सिं धामीले बताउनुभयो ।
उहाँका अनुसार –दुर्घटनामा परी गम्भीर घाइते हुनेहरु क्रमशः रामेछाप जिल्ला खाँडादेवी गाँउपालिका वडा नं ४ का ४७ बर्षिय सब्बर बहादुर मानन्धर, रामेछाप नगरपालिका वडा नं– २ का २८ बर्षिय सबिना खड्का, खाँडादेबी गाउ पालिका वडा नं –४ का भिम बहादुर मानन्धर, मन्थली नगरपालिका–३ का ४७ बर्षिय केदार कुमार रोक्का र सर्लाही जिल्ला, लालवन्दि नगरपालिका स्थायी ठेगाना भई हाल भिमेश्वर प्रसुन कडेल मावि का मावि शिक्षक कृष्ण पससाद घिमिरे र ठेगाना नखुलेकी २५ बर्षिया दुर्गा कार्की लाई सोमबार साझ सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।
देउराली र साँघुटार गरी तीन वटा वुथका निर्वाचन सामग्री, सुरक्षाकर्मी र मतदान अधिकृत हरु सहितको टोली लिएर उक्त गाडि दिउसो हिडेको थियो । मावि देउरालीको निर्बाचन सामग्री खसालेर मावि सिरुवारी र हिमगंगा मावि साघुटारमा रहेका दुइ वटा मतदान केन्द्रको सामग्रीहरु लिएर जाँदै गरेको अबस्थामा उक्त दुर्घटनाहुँदा सडकबाट करिब २ सय मिटर भन्दा तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको पनि बताउनुभयो ।










यो बारेमा तपाईको प्रतिकृया