Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उद्योग दिवसमा उद्योगीको गुनासो : उत्पादन भएका बस्तु विक्रि भएनन्

बद्री नयाँघरे बद्री नयाँघरे
६ बैशाख २०७६, शुक्रबार
in विविध
0
81
SHARES
Share on FacebookShare on Twitter

 ९ मंसिर, २०७५

रामेछाप– रामेछापका उद्य्यामीहरुले आफ्नो उद्योगबाट उत्पादन भएका सबै बस्तु विक्रि नभएको गुनासो गरेका छन् । तेस्रो उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समिति रामेछापले आइतबार मन्थलीमा आयोजना गरेको सरोकारवालाहरु बीचको अन्तरक्रियामा आफूहरुले उत्पादन गरेका बस्तुले सहज रुपमा बजार नपाउँदा बस्तु उत्दान गर्ने जोसजागर समेत हराउँदै गएको गुनासो गरेका हुन् ।

अन्तरक्रियामा आफ्नो गुनसो राख्दै जिल्लामा ढाकाका सामाग्री उत्पादन गर्दै आउनुभएका शेर बहादुर थापा मगरले आफ्नो उद्योगबाट उत्पादन हुने बस्तुहरु गुणस्तरीय भए पनि जिल्लाबासीले बाहिरबाट आयतित् हुने बस्तु नै खरिद गर्ने गरेको बताए ।

अर्का धुग्ध उद्य्यामी भानु श्रेष्ठले जिल्लामा उद्योगहरु सञ्चालका प्रयप्ता संभावनाहरु हुँदाहुँदै पनि चेतना कमीका कारण त्यतातिर ध्यान नगएको बताए । उनले हरेक युवाहरुलाई उद्य्यामी बनाउनको सम्बन्धित निकायले तालिम दिनु पर्ने सुझाब दिए ।

त्यस्तै अन्तरक्रियामा सहभागीहरुले उद्योग सञ्चालनको लागि आफूहरुसँग प्रयप्ता पुँजी नभएको, वित्तिय संस्थाहरुले सहयोग नगरेको, सम्बन्धित निकायले उद्योगीको समस्या भन्दा नीति नियमलाई बढी ध्यान दिएको, उद्योग खोल्न सक्ने संभावनाहरुलाई अध्ययन नगरेको लगायत गुनासो राखेका थिए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जिल्लामा उद्योगीहरुले भोगेका समस्याहरुलाई स्थानीय तहसँग मिलेर समाधान गर्ने बताए । उनले उद्य्यामीले राखेका नीतिगत समस्यामा छलफल गरेर समधान गर्न सकिने पनि बताए ।

घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग अधिकृत राजेन्द्र कुमार श्रेष्ठले विगतमा नेपालले उत्पादन गरेका बस्तु अर्को देशमा निर्यात हुने गरेको कुरा स्मरण गरउँदै अहिले देश नै अरुको आश्रयमा परेकोले उद्योग स्थापना गरी आत्मा निर्भर बन्नु पर्नेमा जोड दिए । श्रेष्ठले जिल्लाका साना उद्य्यामीलाई कार्यालयले सक्दो सहयोग गर्ने बताए ।

त्यस्तै रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले उद्योग सञ्चालन लागि बाणिज्य संघले सक्दो सहयोग गर्ने बताए । उनले उद्योग सञ्चालनको लागि सहज तरिकाले पुँजीको व्यवस्था मिलाइदिन  बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह समेत गरे ।

Share32Tweet20Share6

Related Posts

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

६ बैशाख २०७६, शुक्रबार
भक्तपुरमा रामेछापको हाटबजार
कृषि

भक्तपुरमा रामेछापको हाटबजार

६ बैशाख २०७६, शुक्रबार
मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी
विविध

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी

६ बैशाख २०७६, शुक्रबार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भूपू सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

६ बैशाख २०७६, शुक्रबार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भू.पू. सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

६ बैशाख २०७६, शुक्रबार
उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली
विविध

उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली

६ बैशाख २०७६, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.