Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रिय जनगणना २०७८ को पूर्व तयारी सुरु, सुझाव संकलन गर्दै तथ्याङ्क कार्यालय

नेपाल अभियान नेपाल अभियान
८ माघ २०७६, बुधबार
in प्रहरी-प्रशासन, विविध
0
127
SHARES
Share on FacebookShare on Twitter

रामेछाप- राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउनको लागि तथ्यांक कार्यालले सुझाव संकलन गर्दै पूर्व तयारी थालेको छ । दश वर्षको अन्तरालमा हुने जनगणना यस अघि २०६८ मा भएको थियो । कार्यालयले मंगलबार जिल्ला प्रशासन कार्यालय रामेछापमा जिल्ल स्तरिय अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरी सरोकारवालासँग सुझाव लिन सुझाव लिएको छ । कार्यक्रममा कार्यालयले राष्ट्रिय जनगणना २०७८ मा जनगणना गर्दा कस्तो विधि अपनाउने भन्ने बारेमा कार्यालयको आगामी योजना समेत प्रस्तु गरेको थियो । छलफलमा सहभागी भएका अधिकासं व्यक्तिहरुले यस अघिका जनगणनामा धेरै त्रृटीहरु भएकाले त्यसलाई सच्याउँदै भविष्यमा ठूलठूला योजना बनाउँदा समेत जनगणनालाई आधार बनाएर गर्न सकिने गरी तथ्यांक लिनु पर्नेमा जोड दिएका छन् ।

आफ्नो सुझाव राख्दै पूर्व सांसद देवशंकर पौडेलले राष्ट्रिय जनगणनाको तथ्यांकमा आम नागरिकका कुराहरु हेर्न सकिने गरी वैज्ञानिक तरिकाले समेट्नु पर्नेमा जोड दिनुभयो । त्यसै गरी बागमती प्रदेशका सांसद शान्ति पौडेलले जनगणना गर्दा एउटै खर्चमा धेरै प्रकारका तथ्यांक लिन सक्ने गरी कार्यालयले काम अगाडि बढाउनु पर्ने बताउनुभयो ।

मन्थली नगरपालिका नगर प्रमुख रमेशकुमार बस्नेतले जिल्लाका धेरै मानिस बाहिरी जिल्लामा गएर बसोबास गर्ने गरेको हुँदा उनिहरुलाई जिल्लामा भइरहने निर्वाचनमा समेत सहभागिता जनाउन मिल्ने गरी जनगणना गरिनु पर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाली कांग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठले २०६८ को जानगणना धेरै त्रृटी भएका कारण निर्वाचन क्षेत्र गुमाउनु परेको कुरा राख्दै २०७८ को जनगणनालाई बैज्ञानिक बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले छलफलमा आएका सुझावलाई समेत समेटेर तथ्यांक संकलन गर्दा धेरै कुरा समावेस हुने हुँदा कार्यालयले गर्न लागेको जनगणनामा छुटेका कुरा समेट्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख, पत्रकार, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Share78Tweet21Share6

Related Posts

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो
विविध

मन्थली क्याम्पसमा पनि चुनावी सरगर्मी बढ्यो

८ माघ २०७६, बुधबार
माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी
देश

माझी समुदाय पहिचानका लागि लड्नु पर्ने बेला आएको छ ः बरिष्ठ उपाध्यक्ष माझी

८ माघ २०७६, बुधबार
आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा
विविध

आफ्नो पक्षका उमेद्वारलाई भोट माग्दै पुर्व मन्त्री र वर्तमान सांसद सडकमा

८ माघ २०७६, बुधबार
विविध

११३अौ अन्तर्राष्ट्रिय महिला दिबसका अबसरमा भाेट माग्दै मन्थलीका ब्यवसायी महिलाहरू

८ माघ २०७६, बुधबार
मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस
आधारभूत

मन्थलीमा विबिध कार्यक्रमका साथ मनाईयो महिला दिबस

८ माघ २०७६, बुधबार
नविन कुमार थापा मगरको टिमलाई भोट माग्न ब्यवसायी महिलाहरु गोठ– गोठमा
कारोबार

नविन कुमार थापा मगरको टिमलाई भोट माग्न ब्यवसायी महिलाहरु गोठ– गोठमा

८ माघ २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.