Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महासंघमा हामी विमोचन

नेपाल अभियान नेपाल अभियान
४ चैत्र २०७७, बुधबार
in विविध, समाचार, समाज
0
69
SHARES
Share on FacebookShare on Twitter

काभ्रेपलान्चोक, ४ चैत्र । नेपाल पत्रकार महासंघ वागमती प्रदेश अन्तर्गत रहेका १० जिल्लाको समन्वयमा प्रकाशन भएको महासंघमा हामी पुस्तक बुधवार एक कार्यक्रमका विच काभ्रेको धुलिखेलमा विमोचन गरिएको छ ।
सो पुस्तकको बिमोचन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष गोविन्द आचार्य, धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यञ्जु, महासंघका महासचिब रमेश विष्ट लगाएतले संयुक्त रुपमा गर्नु भएको हो ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष आचार्यले वागमती प्रदेशका १० जिल्लाको संयुक्तकार्य अरु प्रदेशका लागि पनि उदाहरणीय भएको वताउनुभयो । उहाले केन्द्रीय समितिले वागमती प्रदेशका जिल्ला वाट बढि फाइदा लिएको र यहाका जिल्लाहरू जुनसुकै अबस्थामा पनि केन्द्रीय समितिलाई सहयोग गर्न तत्पर रहने गरेकाले आफ्नो कार्यकालमा यी १० जिल्लाले महासंघ केन्द्रलाई ठुलो गुन लगाएको वताउनुभयो ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्यञ्जुले नगर प्रमुख हुनु भन्दा अगाडि आफु पनि पत्रकार महासंघको सदस्य भइ सञ्चार माध्यम पनि चलाएको भन्दै पत्रकारुको पिडा आफुले बुझेकोले मिडिया लाव्रेरी वनाउन काभ्रे शाखालाई रकम विनियोजन पनि गरको वताउनुभयो । उहाले यस्ता खाले रचनात्मक कृयाकलापले इतिहास कायम राख्न सहज हुने वताउनुभयो ।
सो अवसरमा बोल्दै महासंघका महासचिव रमेश विष्टले कुनै पनि प्रदेशले हालसम्म गर्न नगसकेको काम वागमती प्रदेशका १० जिल्लाहरुले गरेको भन्दै मुक्त कण्ठले प्रशंसा गर्नुभयो । उहाले वागमती प्रदेशका यी जिल्ला जस्तै अन्य प्रदेशका जिल्लाहरुको पनि यस्तैखाले सद्भाव र माया ममता हुने हो भने महासंघको गरिमालाई अझै उचाइमा लैजान मद्दत पुग्ने वताउनुभयो ।
सो अवसमा नेपाल पत्रकार महासंघ का पुर्व केन्द्रीय सदस्य वालकृष्ण वस्नेत, वर्तमान केन्द्रीय सदस्य कृष्ण गिरी, द्धारीका काफ्ले, प्रदेश उपाध्यक्ष यदुनाथ गौतम लगाएतले पत्रकार महासंघका १० जिल्लाले गरेको कामको वारेमा प्रसंशा गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा स्वगत मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले १० जिल्लाका अध्यक्षहरुको अबधारणा पश्चात आफुहरुले छोटो समयमा यो काम गरेको वताउनु भयो । धादिङका अध्यक्ष नवराज छत्कुलीले आफ्नो कार्यकलाको अन्तिम अवस्थामा आएर यो कार्य गर्नु पर्दा निक्कै कठीनाइ भएको भन्दै १ वर्ष अघिनै यस्तो काम गर्नु पर्ने सिकई यस प्रशानवाट भएको वताउनुभयो ।
यस अघि माघ ३० गते मकवानपुरमा वसेको १० जिल्लाका अध्यक्षहरुको बैठकले चैत्र महिनाको पहिलो हप्ता भित्र पत्रकार महासंघको १० जिल्लाको प्रोफाइल प्रकाशन गरी पत्रकार महासंघ केन्द्रीय अध्यक्ष र महासचिव मार्फत विमोचन गराउने र त्यसको संयोजनको जिम्मेवारी काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, रामेछापका अध्यक्ष रमेश ढुंगेल र चितवनका अध्यक्ष राधेश्याम खतिवडालाई दिने निर्णय गरको थियो
जिल्लाको पत्रकारिताको अवस्था र इतिहास लगाएत अन्य बिषय वस्तु समेटिएको उक्त पुस्तकमा कसैको पनि बिज्ञापन राखिएको छैन ।
१४४ पृष्ठको उक्त पुस्तक प्रकाशनका लागि वागमती प्रदेश अन्तर्गतका चितवन,मकवानपुर,धादिङ,नुवाकोट,रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा रामेछाप र सिन्धुली सहित १० जिल्ला शाखाहरुले पुस्तकका लागि आबश्यक आर्थिक ब्यवस्थापन गरेका थिए ।

कार्यक्रममा ११ बुँदे घोषणा पत्र जारी
नेपाल पत्रकार महासंघ बागमती प्रदेश अन्र्तगतका जिल्ला शाखाहरूको समन्वयमा प्रकाशित ‘महासंघमा हामी’ नामक पुस्तक बिमोचन समारोहमा धुलिखेल घोषणा–पत्र पनि जारी गरिएको छ ।
सो अवसरमा पत्रकारहरुको हक हित संग सम्बन्धीत ११ बुँदे घोषणा पत्र जारी गरिएको हो ।
उक्त घोषणा पत्रमा श्रमजिवी पत्रकारहरूको हकहितका लागि क्रियाशिल पत्रकार महासंघलाई व्यवसायिक पत्रकारहरूको छाता संगठनको रुपमा विकास गर्दै आम पत्रकारहरूको हक हित र व्यवसायिक सुरक्षामा निरन्तर लागिरहन केन्द्रीय र प्रदेश समितिलाई आग्रह गर्ने,. कोभिड–१९ को संक्रमणपछि लक डाउन (बन्दा बन्दी) र अन्य कारण देखाउँदै कामबाट हटाइएका श्रमजिवी पत्रकारहरूलाई पुर्नबहाली गर्ने,पारिश्रमिक दिने लगायतका कामहरु अझै हुन नसकेकोकुरा प्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । अतः पेशाबाट हटाइएका पत्रकारलाई पुर्नबहाली गर्न र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्बन्धीत सञ्चार गृहसँग माग गर्ने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका सेवा सुविधा कतिपय सञ्चार गृहहरुले अझैपनि कार्यान्वयन गरेका छैनन् । न्यूनतम पारिश्रमिक, बिमा लगायत श्रमजीवी पत्रकारले पाउनुपर्ने सेवा सुविधा तत्काल कार्यान्वयनमा ल्याउन भेलाले माग गरेको र श्रमजीवी पत्रकार आफैले सञ्चालन गरेका सञ्चार माध्यमलाई व्यवस्थित बनाउन र सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउन स्थानीयस्तरका विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिनुपर्ने नीति ल्याउन नेपाल सरकार द्धारा गठित विज्ञापान बोर्ड सँग यो भेला जोडदार माग गर्दछ भन्ने कुरा उल्लेख पनि गरिएको छ ।

त्यस्तै समाचार लेखेकै कारण सञ्चारकर्मी माथि हुने आक्रमण, धम्की लगायतका घटनामा अझै कमी आएको छैन । यस्ता घटनामा पीडित सञ्चारकर्मीलाई राहत दिन तथा घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन यो भेलाले माग गरेको र सूचनाको हक सम्बन्धी कानून र नियमावली आएको लामो समय भएपनि अझै सूचनामा आम नागरिकको पहुँच पुग्न सकेको छैन । सूचनाको हकले प्रदान गरेको अधिकार सहज रुपमा उपलव्ध गराउने वातावरण सिर्जना गर्न सम्बन्धीत सबै पक्षसँग यो भेला आग्रह गर्दछ भन्ने कुरा उल्लेख गरिएको छ ।
त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गर्ने गरी प्रेससँग सम्वन्धीत नीति तथा कानून निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुलाई यो भेला आग्रह गर्दछ र पत्रकारहरुलाई सहुलियतमा उपचार गर्ने घोषणा सरकारले गरेको भएपनि हाल सम्म त्यसको कार्यान्वयन हुन नसकेको वर्तमान अवस्थामा उक्त पत्रकार उपचार सहिुलियत कार्यक्रम तत्काल देखि लागुगर्न यो भेला मागगर्दछ भन्ने कुरा पनि उल्लेख गरिएको छ ।

त्यस्तै सकारले सूचना तथा सञ्चार विभागवाट हुने रातो कार्ड वितरण अनलाइन दर्ता तथा नविकारण जिल्ला हुलाक कार्यालयमार्फत हुने भनि अख्तियारी दिइए पनि अधिकांस जिल्लाहरूमा हाल सम्म पनि त्यसको सुरुवात हुन नसकेकोले तत्काल सुरु गर्न माग गर्दै, प्रत्येक पुष मसान्त सम्म नवकिरण नगरे अनलाइन दर्ता पमाणपत्र खारेजी हुने ब्यवस्था हटाइ जरिवाना तिरेर भएपनि नविकरण गर्ने ब्यवस्था गर्न सरकार सँग यो भेला जोडदार माग गर्दछ भन्ने कुुरा पनि उल्लेख गरिएको छ । त्यसैगरी पत्रकारहरुको लेखनबृत्ति, क्षमता अभिबृद्धि,तथा स्थानीय विज्ञापन स्थानीय संचार माध्यमहरू मार्फत उपलब्ध गराउन यो भेला आग्रह गर्दछ भन्ने कुरा उल्लेख गरिएको छ भने ऐतिहासिक एवम पर्यटकीय नगरी धुलिखेलको पर्यटन प्रवद्र्धनमा विशेष कार्यक्रम ल्याउन यो भेला प्रदेश एवम संघीय सरकारसँग आग्रह गर्दछ भन्ने कुरा पनि उल्लेख गरिएको छ । कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाले उपस्थित अतिथिहरुलाई मायाको चिनो समेत वितरण गरेको थियो ।

Share28Tweet17Share5

Related Posts

युवासंघ रामेछापमा  सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन
राजनीति

युवासंघ रामेछापमा सुरेन्द्रको नेतृत्वमा ४७ सदस्यीय नयाँ कार्यसमिति गठन

४ चैत्र २०७७, बुधबार
गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो
समाचार

गिरीजा प्रसाद कोइराला फाउण्डेशनले गिरीजालाई सम्झियो

४ चैत्र २०७७, बुधबार
मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या
देश

मन्थलीमा ३० वर्षीय महिलाद्धारा झुन्डिएर आत्महत्या

४ चैत्र २०७७, बुधबार
खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन
प्रदेश नं ३

खाँडादेवी गा.पा को वडा नं–५ मा विरोध प्रदेर्शन

४ चैत्र २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी,खुसीयालीमा बिद्यार्थीहरुले निकाले बिजय र्‍याली 

४ चैत्र २०७७, बुधबार
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत
राजनीति

मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा अबिनास कार्की बिजयी, कोषाध्यक्ष पदमा वरावरी मत

४ चैत्र २०७७, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.