Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

घ्याप्चेको पहिरो पीडतको रोदन हाम्रा लागि सरकार भएन्

नेपाल अभियान नेपाल अभियान
२६ श्रावण २०७८, मंगलवार
in विविध
0
191
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २६ । जिल्लाको सबैभन्दा जोखिमयुक्त पहिरोको रुपमा पहिचान बनाएको घ्याप्चेको पहिरो आसपासका दर्जन बस्तिका पिडितहरुले आफुहरुका लागि सरकारनै नभएको गुनासो गरेका छन् । सोमबार पहिरोको अबस्थाको बारेमा बुझन घ्याप्चेको पहिरोमानै पुगेको जिल्लाको सरोकारवालाहरुको टोली समक्ष उनिहरुले उक्त गुनासो गरेका हुन् ।
पहिरो आसपासका नागरिकहरुका लागि घ्याप्चे अभिसापनै बनेको जानकारी सरकार पक्ष, जन प्रतिनिधि र जिल्लाको सबै सरोकारवालाहरुलाई छ ।तर पनि यसको दिर्घकालीन समाधानका लागि कहिलै पनि पहल भएन स्थानिय उत्तर बहादुर रखाल मगरले गुनासो गरे । पहिरोका कारण अहिले सम्म करिब ६० घर पुर्ण रुपमा विस्थापीत पनि भैसके । थप अरु दर्जन बस्ती पनि पुणर््ा जोखिमको खतरामा छन् । तर आफुहरुको पीडामाथि कतैबाट पनि सुनाईको प्रयास भएन रखाल मगरले भने ।
रातभर, दिनभर गर्जने र ओइरिने पहिरो अनि पहिरो संगै उड्ने धुलो पनि निरन्तरजाने पहिरो गाउँलेहरुका लागि अभिसापनै बनेको छ । पहिरोले पसखोलाघारी,आहाले,सामलीस्थान,पोखरे,अर्चले,खत्रीटोल,तीनचोके टोल,बाहुनटोल सहितको बस्ती जोखिममा रहेको छ ।


बेलुका सुतेको मानिस विहान उठ्छ उठ्दैन कुनै टुंगो छैन । पहिरोका कारण जमिन भासिएर कतिपय बेला बेलुकि लगाएर सुतेको घरको ढोका विहान नखुल्ने गरेका पिडादायी दर्जनौ उदाहरण गाउँलेहरु संगै रहेको स्थानिय शिक्षक भोज बहादुर श्रेष्ठ बताउँछन् । बारै महिना जाने गरेको पहिरोले सयौ रोपनी खेत नष्ट गरि सकेको छ । वेलुकि रोपेर हिडेको खेत विहान उठ्दा चपरिनै नरहने गरि बगाएका पनि थुप्रै उदाहरणहरु रहेका छन् । जुन कुरालाई हाम्रा कुनै पनिं जनप्रतिनिधहरुले सरकार र जन प्रतिनिधहरुले पनि रामे्रा संग बुझेका र देखेका पनि छन् । तर यसको लागि कतैबाट पनि पहल नभएकोले आफुहरुको पहिरोकै नाममा ज्यान जान सक्ने सम्भाबना रहेको पनि शिक्षक श्रेष्ठकोे गुनासो रहेको छ ।
पहिरोका कारण करिब एक किलो मिटर माथि सम्मको भु भाग फुटेको र चिरीएको अबस्थामा छ । ठाउँ ठाउँको जमिन लचकिएको पनि छ । यस्तो खतरापुर्ण अवस्थामा यस क्षेत्रका बासिन्दाहरुले आफनो दैनिकि गुजार्नु भनेको दुर्भाग्यपुर्ण रहेको स्थानिय महेश श्रेष्ठले बताए ।

घ्याप्चे पहिरोको स्थलगत अबस्था बुझन सोमबार पहिरोस्थलमानै पुगेको पुर्व सांसद देबशंकर पौडेलको नेतुत्वमा पुगेको सरोकारवालाहरुको टोलिले पनि पहिरो र आसपासका बस्तीहरुको बारेमा स्थलगत अनुगमन गरेको छ । पहिरोको अनुगमन पछि स्थानिय बासिन्दाहरु संगको भेटमा सांसद पौडेलले पहिरोको नियन्त्रण सम्भब रहेको दावि गरे ।
उनले २०११ सालबाट अनबरत रुपमा गएको पहिरोले आहिले सम्मा आईपुग्दा हजारैं रोपनी खतियोग्य जमिन नष्ट गरेको छ । त्यसैगरि दर्जनौको सं्रख्यामा घर हरु भत्किई सकेका र दर्जनौ घर जोखिममा रहेका छन् । यसलाई संघिय सरकारले चाहेमा रोकथाम गर्न सकिने पनि पौडेलको भनाई छ ।
राजनिति संगै भुगोल विषयको समेत ज्ञाता रहेका पौडेलले संघिय सरकारले आफना विज्ञ प्राविधिकहरुको उपस्थतिमा पहिरो नियन्त्रण र त्यसको दिर्घकालीन उपाएका बारेमा गहिरिने हो भने घ्याप्चेको समस्या समाधान सम्भब छ ।
त्यसका लागि सबैको साझा प्रयत्न आबश्यक रहेको पनि पौडेलले बताए । गत हप्ता अस्वभाविक रुपमा गएको धुले पहिरोका कारण पहिरो आसपास र सदरमुकाम मन्थलिका सर्बसाधारणमा समेत त्रास बढिरहेको बेला पुर्व साँसद देबशंकर पौडेल सहित सरोकारवालाहरुको टोलीले सोमबार उक्त पहिरो र त्यस क्षेत्रको अबस्थाका बारेमा जानकारी लिएको थियो ।
सदरमुकाम मन्थलीलाई समेत जोखिमको सुचिमा राखेको उक्त पहिरोका कारण बर्षाद सुरु भएपछि सदरमुकामबासिहरु समेत रातभर जाग्रम बस्ने गरेका छन् । बर्षाद संगै रनजोर खोलामा आएको बाढीका कारण सदरमुकाम मन्थलीवासीहरुकोे त्रासलाई पनि पहिरो नियन्त्रणले राहत पुग्ने अनुमान गरिएको छ । तर हाललाई भने पहिरोकै कारण मन्थली बजार भने जोखिममा नरहेको पनि टोलिको ठहर छ ।

Share76Tweet48Share13

Related Posts

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ
विविध

आबश्कताका आधारमा तर्जुमा नगरिएका कार्यक्रमहरुको औचित्य छैन – मन्त्री श्रेष्ठ

२६ श्रावण २०७८, मंगलवार
भक्तपुरमा रामेछापको हाटबजार
कृषि

भक्तपुरमा रामेछापको हाटबजार

२६ श्रावण २०७८, मंगलवार
मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी
विविध

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी

२६ श्रावण २०७८, मंगलवार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भूपू सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

२६ श्रावण २०७८, मंगलवार
भू.पू. सैनिक साकोसले मनायो  आफनो १९ औं साधारणसभा
विविध

भू.पू. सैनिक साकोसले मनायो आफनो १९ औं साधारणसभा

२६ श्रावण २०७८, मंगलवार
उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली
विविध

उज्यालो नेपाल पार्टी रामेछापको संयोजकमा अन्जान सचिवमा राज मैनाली

२६ श्रावण २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.