Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली साकोसले मनायो आफनो २५ औ स्थापना दिवस

नेपाल अभियान नेपाल अभियान
२० माघ २०७८, बिहीबार
in कारोबार, विविध, समाचार
0
48
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२० माघ । जिल्लाको पुरानो सहकारीको रुपमा पहिचान बनाएको मन्थली वचत तथा ऋण सहकारी संस्थाले आफनो २५ औ स्थापना दिवस मनाएको छ । संस्थाले विहिबार मन्थलीमा एक समारोहका विच आफ्नो २५ औ स्थापना दिवस मनाएकोे हो । दिवसको उद्घाट्न साकोसको पूर्व अध्यक्ष ध्रुब सुवेदीले पानसमा बत्ति बालेर गर्नु भएको थियो ।


स्थापना दिबसको अबसरमा संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले साकोसले स्थापना कालदेखि अहिले सम्म भए गरेको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो । उहांले संस्थाको विकासका क्रममा हाल सम्म सहयोग पुर्याउनुहुने संचालक,आम शेयर सदस्य र अभियानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिनु भयो । उहाँले सहकारी अभियानमा आफु र आफ्नो टिमले सहकारीको मापदण्ड अनुसरनै काम गरेको जानकारी गराउँदै संस्था संचालनका क्रममा कतैबाट पनि कमजोरी हुन नदिने दावि गर्नु भयो । सो अबसरमा घिमिरेले संस्थाले २५ औ बसन्तमा तयार गरेको लोगो पनि सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष टीका प्रसाद भट्टले संस्थाले हाल सम्म गरेको आर्थिक तथा समग्र संस्थागत प्रगतिका बारेमा जानकारी गराउनु भएको थियो
उहाँले ११ जना सदस्यहरुले २५ बर्ष अघि शुरु गरेको संस्था हाल साँढे चौध हजार सदस्यमा विस्तार भएको भन्दै यसले यो बिचमा सवा अरबको कारोबार गर्न सफल बताउनु भयो ।
मन्थली र रामेछाप नगरपालिका भरि तथा खाँडादेवी र लिखु गाउँपालिकाका केहि वडामा आफ्नो कार्य क्षेत्र बनाएर काम गर्दै आएको संस्थाले आफ्ना शेयर सदस्यको सुविधाका लागि विभिन्न ठाउँमा सेवा केन्द्र संचालन गर्दै आएको जानकारी दिनु भयो । उहाँले यसै वर्ष बाट संस्थाले आफ्नो नयाँ भबन निर्माण गर्न लागेको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल,तामाकोशी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले संस्थाले अगुवा सहकारीको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै आजको दिनले संस्थालाई सहकारीको विकासमा थप जिम्मेवार हुन पनि आग्रह गरर्दे साकोसको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । सो अबसरमा साकोसका ब्यवस्थापक भेष बहादुर श्रेष्ठ, वचत अधिकृत नेप्लु मायाँ जिरेल र लेखापाल शम्भु श्रेष्ठ लाई उत्कृष्ट कार्य गरेको भन्दै नगद,दोसल्ला र कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
सोहि अवसर पारेर मन्थली विहिबारनै मन्थली नगरपालिका वडा नं ४ को सालुपाटि बजारमा आप्mनो सम्पर्क कार्यालय संचालनमा ल्याएको छ । आफ्ना शेयर सदस्यहरुलाई घर दैलोमानै सेवा प्रवाह गराउने उद्देश्यले संचालनमा ल्याएको कार्यालयको उद्घाटन् वडा अध्यक्ष विरेन्द्र बज्राचार्यले गर्नु भएको थियो । कार्यालयको उद्घाटन् गर्दे बज्राचार्यले साकोसले आफ्नो वडामा कार्यालय संचालन गरेकोमा धन्यबाद दिनु भयो ।
कार्यालय उद्घाटन् कार्यक्रममा बोल्नु हुँदै साकोसका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले आफनो संस्थाले गरेको काममा सहयोग पुर्याउनु भएकोमा सालुबासी दाजुभाई दिदी बहिनीहरुलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव हिमाल ढुंगेल र कोषाध्यक्ष टीका भट्टले संस्थाको साँगठनिक र आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

Share19Tweet12Share3

Related Posts

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान
शिक्षा

सुवेदी परिवारद्वारा छोरी शैक्षिक उत्थानमा दश लाख बराबरको छात्रवृत्ति प्रदान

२० माघ २०७८, बिहीबार
पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान
समाचार

पत्रकार महासंघ रामेछापद्वरा रक्तदान र शुभकामना आदान प्रदान

२० माघ २०७८, बिहीबार
रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै
समाचार

रामेछापका नौ जना केन्द्रीय समितिमा भिड्दै

२० माघ २०७८, बिहीबार
मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न
विविध

मन्थलीमा प्रश्न पत्र निर्माण सम्बन्धि कार्याशाला सम्पन्न

२० माघ २०७८, बिहीबार
मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२० माघ २०७८, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२० माघ २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- nepalabhiyan@gmail.com
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero