Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका नव निर्वाचित सबै प्रमुखको एकै साथ सपथ

नेपाल अभियान नेपाल अभियान
६ जेष्ठ २०७९, शुक्रबार
in राजनीति, विविध, समाचार, समाज
0
75
SHARES
Share on FacebookShare on Twitter
 

रामेछाप,६ जेठ । रामेछाप जिल्लाबाट नवनिर्वाचित प्रमुखहरुले एकै साथ सपथ लिएका छन् । जिल्लाका आठ वटा स्थानीय तहका निर्वाचित नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरुले शुक्रबार सदरमुकाम मन्थलीमा आयोजित औपचारिक कार्यक्रमका विच शपथ तथा निर्वाचित भएको प्रमाण पत्र ग्रहण गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार मन्थली नगरपालिकामा आयोजना गरेको कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका प्रमुख एवं अध्यक्षहरूले शपथग्रहण गरेका थिए । मुख्य निर्वाचन अधिकृत डा.दिवाकर भट्टको उपस्थितिमा रामेछापका जिल्ला न्यायाधिश बद्रीप्रसाद ओलीले निर्वाचित जनप्रतिनिधिहरुलाई एक औपचारीक कार्यक्रमका विच शपथ गराउनु भएको थियो ।

शपथ ग्रहण समारोहमा जिल्ला न्यायधिस ओलिले दलका प्रतिनिधिले नागरिकको पक्षमा राम्रो काम गर्नका लागि पनि सुझाब दिनु भयो । उहाँले जन प्रतिनिधिले राम्रो काम गर्न नसक्दा आफु आबद्ध दल र आफ्नो पनि भविष्य बरबाद हुने भएकोले दुवै कुरालाई ध्यानमा राखेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
सपथ ग्रहण समारोहमा मुख्य निर्वाचन अधिकृत भट्टले जनप्रतिनिधिले नमूना लायक काम गरेको सुन्न र देख्न चाहेको भन्दै मतदाता,राजतिनिक दल, प्रशासन सुरक्षाबल, नागरिक समाजको समेत सहयोगका कारण निर्वाचन शान्तिपुर्ण र सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यबाद पनि दिनुभयो ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रमुखहरुको तर्फबाट मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले सबै पक्ष र राजनितिक दलहरुसँग समन्वय गरी विकासको काममा लाग्ने कुरामा आफु प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि सबै सँग आग्रह गर्नुभयो । आठ पालिकाका प्रमुख संगै मन्थली नगरपालिकाका अध्यक्ष र निर्वाचित वडा सदस्यहरुलाई पनि सो अबसरमा निर्वाचनमा विजयी भएको प्रमाण पत्र सहित स्वागत गरिएको थियो ।
विहिबार राति सम्पन्न मत परिणाम अनुसार रामेछापका आठ वटा स्थानीय तह मध्ये नेपाली कांग्रेसबाट रामेछाप नगरपालिका प्रमुखमा लवश्री न्यौपाने, गोकुलगंगा गाउँपालिका अध्यक्षमा काजीबहादुर खड्का (दिनेश) र लिखु तामाकोसी गाउँपालिका अध्यक्षमा केशव महत निर्वाचित भएका छन् ।
यसै गरी नेकपा एमालेबाट मन्थली नगरपालिका प्रमुखमा लब श्रेष्ठ, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार र खाँडादेवी गाउँपालिका अध्यक्षमा ज्ञानकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी माओवादी केन्द्रबाट दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा मैनकुमार मोक्तान र सुनापति गाउँपालिकाको अध्यक्षमा ठुलोकान्छा तामाङ निर्वाचित भएका छन् ।


यसैबिच मन्थली नगर प्रमुख लब श्रेष्ठ ले पनि शुक्रवार नै आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गरे सँगै नगरपालिकामा निर्बाचित उपप्रमुख लगाएत १४ वटै वडा का अध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियाताको सपथ गराउनु भएको थियो ।

सोहि अबसर पारेर मुख्य निर्बाचन अधिकृतको कार्यालय रामेछापले चुनाव अबधिमा शान्ति सुरक्षामा उल्लेखनिय योगदान पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय रामेछाप, शसस्त्र प्रहरी वल रामेछाप, रामेछाप ब्यारेक र राष्ट्रिय अनुसन्धान कार्यालय रामेछापका प्रमुखरुलाई प्रशंसा पत्रले सम्मान गरेको छ ।

Share30Tweet19Share5

Related Posts

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित
देश

पत्रकार घिसिङ प्रेस चौतारी पत्रकारिताबाट सम्मानित

६ जेष्ठ २०७९, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न

६ जेष्ठ २०७९, शुक्रबार
१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश नं ३

१० बुँदे घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारण सभा सम्पन्न

६ जेष्ठ २०७९, शुक्रबार
खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै
आधारभूत

खाँडादेवीमा आजबाट राष्ट्रपति रनिङ शिल्ड हुँदै

६ जेष्ठ २०७९, शुक्रबार
शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

६ जेष्ठ २०७९, शुक्रबार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

६ जेष्ठ २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.