Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

होटेल तथा पर्यटन व्यवसायी सङ्घ बागमतीको चौथो साधारण सभा सकियो 

नेपाल अभियान नेपाल अभियान
३ चैत्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, समाचार
0
27
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ३ चैत  । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वाग्मती प्रदेशको  चौथो साधारण सभा रामेछापको सदरमुकाम मन्थलीमा सकिएको  छ । सङ्घले शनिवार सदरमुकाम मन्थली स्थित तीन लाल पार्कमा औपचारिक कार्यक्रमका बिच सङ्घले आफ्नो साधारण सभा सकिएको हो । 

सङ्घले  वाग्मती प्रदेश अन्तर्गत १३ जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरू र तिनका  प्रतिनिधिहरू  सहित रामेछाप जिल्लाका सरकारी तथा,जन प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि समेतको उपस्थितिमा भएको उक्त साधारण सभाको उद्घाटन सङ्घीय सांसद पूर्ण बहादुर कान्छाराम तामाङले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए ।  अन्तरक्रियात्मक तरिकाले सम्पन्न उक्त साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि तामाङले प्रदेश समितिले साधारण सभाको लागि मन्थलीलाई छनौट गरेकोमा आयोजक कमिटीलाई धन्यवाद दिए । उनले साधारण सभामा देखिएको सहभागितलृु आन्तरिक पर्यटनको विकासमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै त्यसका लागि सबै पक्षको सरकार र नागरिक समाजको समेत सकारात्मक सहयोग आवश्यक पर्ने बताए । 

सो क्रममा आफ्नो धारणा राख्दै बागमती प्रदेशका साँसाद आनन्द कुमार श्रेष्ठले खस्कँदो अवस्थामा रहेको आर्थिक मन्दीका कारण पर्यटन तथा होटलब्यवसायीहरुमा समस्या परेको समस्यालाई साधारण सभाको  माध्यमबाट समाधान गर्न सक्नु पर्ने भन्दै उक्त प्रयोजनमा लागि आफूले पनि  आवश्यक सहयोग गर्न तयार रहेको धारणा पनि 

कार्यक्रमका अर्का अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सफल बनाउन मुख्य उदेश्का साथ चलेको साधारण सभालाई प्रभावकारी बनाएर मन्थलीको पर्यटनको विकास सँगै जिल्लाको सम विकासको आधारशिला मन्थलीलाई बनाउन पनि आग्रह गरे ।

 रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने   उद्देश्यका साथ गरिएको साधारण सभाको उद्घाटन सत्रमा होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुके,नेपाल पत्रकार महाँसघ र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष क्रमशः बद्री नयाँघरे र नवीन कुमार थापा लगायतका वक्ताहरूले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । सभाले मन्थली घोषण पत्र समेत जारी गरेको पनि आयोजक पक्षले जनाएको छ ।  

 सो अवसरमा वाग्मती प्रदेशका होटेल तथा पर्यटन व्यवसायी सङ्घका  अध्यक्ष  दामोदर नेपालले सहभागीहरूलाई स्वागत गर्दे समितिले तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए  । 

Share11Tweet7Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

३ चैत्र २०८०, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

३ चैत्र २०८०, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

३ चैत्र २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ चैत्र २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ चैत्र २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero