रामेछाप ३ चैत । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वाग्मती प्रदेशको चौथो साधारण सभा रामेछापको सदरमुकाम मन्थलीमा सकिएको छ । सङ्घले शनिवार सदरमुकाम मन्थली स्थित तीन लाल पार्कमा औपचारिक कार्यक्रमका बिच सङ्घले आफ्नो साधारण सभा सकिएको हो ।
सङ्घले वाग्मती प्रदेश अन्तर्गत १३ जिल्लाका होटेल तथा पर्यटन व्यवसायीहरू र तिनका प्रतिनिधिहरू सहित रामेछाप जिल्लाका सरकारी तथा,जन प्रतिनिधि र नागरिक समाजका प्रतिनिधि समेतको उपस्थितिमा भएको उक्त साधारण सभाको उद्घाटन सङ्घीय सांसद पूर्ण बहादुर कान्छाराम तामाङले पानसमा दियो प्रज्वलन गरी उद्घाटन गरेका थिए । अन्तरक्रियात्मक तरिकाले सम्पन्न उक्त साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि तामाङले प्रदेश समितिले साधारण सभाको लागि मन्थलीलाई छनौट गरेकोमा आयोजक कमिटीलाई धन्यवाद दिए । उनले साधारण सभामा देखिएको सहभागितलृु आन्तरिक पर्यटनको विकासमा पनि महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै त्यसका लागि सबै पक्षको सरकार र नागरिक समाजको समेत सकारात्मक सहयोग आवश्यक पर्ने बताए ।
सो क्रममा आफ्नो धारणा राख्दै बागमती प्रदेशका साँसाद आनन्द कुमार श्रेष्ठले खस्कँदो अवस्थामा रहेको आर्थिक मन्दीका कारण पर्यटन तथा होटलब्यवसायीहरुमा समस्या परेको समस्यालाई साधारण सभाको माध्यमबाट समाधान गर्न सक्नु पर्ने भन्दै उक्त प्रयोजनमा लागि आफूले पनि आवश्यक सहयोग गर्न तयार रहेको धारणा पनि
कार्यक्रमका अर्का अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सफल बनाउन मुख्य उदेश्का साथ चलेको साधारण सभालाई प्रभावकारी बनाएर मन्थलीको पर्यटनको विकास सँगै जिल्लाको सम विकासको आधारशिला मन्थलीलाई बनाउन पनि आग्रह गरे ।
रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ गरिएको साधारण सभाको उद्घाटन सत्रमा होटेल तथा पर्यटन व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेश कुमार चुके,नेपाल पत्रकार महाँसघ र रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष क्रमशः बद्री नयाँघरे र नवीन कुमार थापा लगायतका वक्ताहरूले साधारण सभाको सफलताको शुभकामना दिएका थिए । सभाले मन्थली घोषण पत्र समेत जारी गरेको पनि आयोजक पक्षले जनाएको छ ।
सो अवसरमा वाग्मती प्रदेशका होटेल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष दामोदर नेपालले सहभागीहरूलाई स्वागत गर्दे समितिले तयार पारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया