Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सबै क्षेत्रलाई समेटेर काम गर्छु ः रामेछाप प्रहरी प्रमुख सिंह

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२७ चैत्र २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
16
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप २७ चैत । भर्खरै मात्र रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले आफू जिल्लाको नेतृत्वमा  रहुन्जेल सबै सँग हातेमालो गरेर  अघि बढ्ने बताएका छन्  । सो कुरा उनले मङ्गलवार  कार्यालयमा आयोजित  जिल्ला स्थित आम संचारकर्मिहरुहरु सँगको साक्षात्कार कार्यक्रमका अवसरमा बताएका हुन् । 

 आफू रामेछापमा हाजिर भएपछि जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक पाएको भन्दै यसका लागि  यस अघिका प्रहरी प्रमुखले खेलेको भूमिकाको प्रशंसा पनि गरे । आफू हाजिर हुनु अघि कार्यालय भित्र र बाहिरको वातावरणमा आफूले सोचे भन्दा फरक र राम्रो  वातावरण पाएको भन्दै  यसमा निरन्तरता दिँदै नागरिक सँग जोडिएका बाँकी काममा आफूले पनि समन्वय गरेर अघि बढ्न चाहेको पनि   प्रमुख सिंहले बताए । 

शान्ति सुरक्षाको व्यवस्थापन सँगै सुशासन बहाली र  प्रहरी  नागरिक सँगै जोडिएका कयौँ सवाल र प्रक्रियाहरूमा  सरोकारवाला पक्षहरू सँग पनि आफूले साक्षात्कार गर्दे अघि बढ्न चाहेको धारणा पनि प्रमुख सिंहले व्यक्त गरे । यसका लागि प्रजिअ लगायत विभिन्न जिम्मेवार निकाय सँग समन्वय गरेर मात्र आफू अगाडि बढ्ने भन्दै उनले यसमा सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक पर्ने पनि बताए । 

नागरिक र प्रहरी बिचको मैत्री पूर्ण सम्बन्धलाई प्रगाढ बनाउँदै विभिन्न घटना परिघटना र अपराध  न्यूनीकरणका लागि पनि प्रहरीले निस्वार्थ र निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता पनि प्रहरी प्रमुखले व्यक्त गरे । सो क्रममा प्रहरीबाट कुनै पनि कमी कमजोरी हुन नदिने र प्रहरी बाट पनि गल्ती भएको पाइए उसलाई पनि कार्वाहिको दायरामा ल्याउने भन्दै त्यसका लागि सञ्चारकर्मीहरू समेतलाई  सहयोग गर्न पनि आग्रह गरे । 

जिल्लामा नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर रहेको भन्दै समन्वय र कामका आधारमा त्यसलाई पनि आफूले निरन्तरताका लागि प्रयास गर्ने र त्यसका लागि सबै पक्षबाट सहयोगका लागि पनि प्रनाउ सिंहले आग्रह गरे । जिल्लाको सुशासन बहाली र शान्ति सुरक्षाका सवालहरूमा आफूले कसैको दबाब र प्रभावमा  नपरी काम गर्ने भन्दै प्रहरीले गर्ने कामको सुपरिवेक्षण गरी सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि सहभागी सञ्चार माध्यमका प्रतिनिधिहरूलाई आग्रह गरे ।  

Share6Tweet4Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२७ चैत्र २०८०, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२७ चैत्र २०८०, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२७ चैत्र २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२७ चैत्र २०८०, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२७ चैत्र २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२७ चैत्र २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.