रामेछाप २७ चैत । भर्खरै मात्र रामेछाप प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले आफू जिल्लाको नेतृत्वमा रहुन्जेल सबै सँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । सो कुरा उनले मङ्गलवार कार्यालयमा आयोजित जिल्ला स्थित आम संचारकर्मिहरुहरु सँगको साक्षात्कार कार्यक्रमका अवसरमा बताएका हुन् ।
आफू रामेछापमा हाजिर भएपछि जिल्लाको शान्ति सुरक्षाको अवस्था सन्तोषजनक पाएको भन्दै यसका लागि यस अघिका प्रहरी प्रमुखले खेलेको भूमिकाको प्रशंसा पनि गरे । आफू हाजिर हुनु अघि कार्यालय भित्र र बाहिरको वातावरणमा आफूले सोचे भन्दा फरक र राम्रो वातावरण पाएको भन्दै यसमा निरन्तरता दिँदै नागरिक सँग जोडिएका बाँकी काममा आफूले पनि समन्वय गरेर अघि बढ्न चाहेको पनि प्रमुख सिंहले बताए ।
शान्ति सुरक्षाको व्यवस्थापन सँगै सुशासन बहाली र प्रहरी नागरिक सँगै जोडिएका कयौँ सवाल र प्रक्रियाहरूमा सरोकारवाला पक्षहरू सँग पनि आफूले साक्षात्कार गर्दे अघि बढ्न चाहेको धारणा पनि प्रमुख सिंहले व्यक्त गरे । यसका लागि प्रजिअ लगायत विभिन्न जिम्मेवार निकाय सँग समन्वय गरेर मात्र आफू अगाडि बढ्ने भन्दै उनले यसमा सबै क्षेत्रको उत्तिकै सहयोग आवश्यक पर्ने पनि बताए ।
नागरिक र प्रहरी बिचको मैत्री पूर्ण सम्बन्धलाई प्रगाढ बनाउँदै विभिन्न घटना परिघटना र अपराध न्यूनीकरणका लागि पनि प्रहरीले निस्वार्थ र निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता पनि प्रहरी प्रमुखले व्यक्त गरे । सो क्रममा प्रहरीबाट कुनै पनि कमी कमजोरी हुन नदिने र प्रहरी बाट पनि गल्ती भएको पाइए उसलाई पनि कार्वाहिको दायरामा ल्याउने भन्दै त्यसका लागि सञ्चारकर्मीहरू समेतलाई सहयोग गर्न पनि आग्रह गरे ।
जिल्लामा नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर रहेको भन्दै समन्वय र कामका आधारमा त्यसलाई पनि आफूले निरन्तरताका लागि प्रयास गर्ने र त्यसका लागि सबै पक्षबाट सहयोगका लागि पनि प्रनाउ सिंहले आग्रह गरे । जिल्लाको सुशासन बहाली र शान्ति सुरक्षाका सवालहरूमा आफूले कसैको दबाब र प्रभावमा नपरी काम गर्ने भन्दै प्रहरीले गर्ने कामको सुपरिवेक्षण गरी सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि सहभागी सञ्चार माध्यमका प्रतिनिधिहरूलाई आग्रह गरे ।
यो बारेमा तपाईको प्रतिकृया