Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

भवन रेक्ट्रोफिट सँगै मन्थली माविलाइ साँचो हस्तान्तरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१२ बैशाख २०८१, बुधबार
in देश, प्रदेश नं ३, शिक्षा
0
52
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप १२ वैशाख । गुणस्तरीय र व्यवहारिक  शिक्षाको बृहत्तर विकासमा लागेको रामेछापको जिल्ला सदरमुकाम मन्थलीको मन्थली माविले बुधवार बाट भवन सँगै कक्षा कोठाको समस्याबाट मुक्ति पाएको छ । खानी निर्माण जेभीले विद्यालयका नौ वटा भवनका ७४ कक्षा कोठाको रेक्ट्रोफिट(प्रबलीकरण)  गरी बुधवार वाट भवन हस्तान्तरण गरे सँगै विद्यालयले कक्षा कोठाका लागि  बर्सेनि भोग्दै आएको उक्त समस्या बाट मुक्ति पाएको हो । निर्माण कम्पनीले भवन सँगै  शौचालय, कम्पाउन्डवाल, खेल मैदान लगायतका काम सम्पन्न गरी नेपाल सरकार शिक्षा विकास इकाई रामेछाप मार्फत मन्थली नगरपालिकालाई ती भवनको साँचो हस्तान्तरण गरेको हो ।

उक्त भवनको साँचो  मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद सुवेदी र विद्यालयका प्राचार्य टङ्क प्रसाद दाललाई सामूहिक रूपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले विद्यालय व्यवस्थापन समिति शिक्षक र अविभावकहरु बिचको त्रिकोणात्मक सम्बन्धले मात्र शिक्षाको गुणस्तरमा सुधार हुने भन्दै यसका लागि मन्थली माविले धेरै काम गर्न बाँकी रहेको बताए । 

सो क्रममा उनले जिल्ला सदरमुकाम मन्थलीमा रहेको नाताले पनि मन्थली मावि सँगै जिल्लाका अन्य विद्यालयको तुलनामा गुणात्मक शिक्षा सँगै रचनात्मक काममा पनि नमुना बनेर देखाउनु पर्ने चुनौती रहेको बताए ।

उनले त्यसका लागि   शिक्षकको ध्यान शिक्षा गुणस्तर सुधारमा नै केन्द्रित हुनुपर्ने भन्दै विद्यार्थीको भविष्य बरबाद गर्ने अधिकार शिक्षकहरू सँगै नरहेको धारणा पनि व्यक्त गरे । उनले यसका लागि नगरपालिकाले सदैव विद्यालय र शिक्षकहरू सँगै बाच डगको भूमिकामा रहने पनि स्पष्ट पारे ।  

सो अवसरमा विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले भवनको हस्तान्तरण सँगै विद्यालयले वर्षा देखि भोग्दै आएको कक्षा कोठाको समस्याले मुक्त पाउने विश्वास गरे । उनले भवन शौचालय र कम्पाउन्ड वाल लगायतको  संरचना बनेसँगै विद्यालयले आफ्नो  ध्यान शिक्षाको   विकासमा केन्द्रित गर्नु पर्ने भन्दै त्यसका लागि विद्यालयले  योजना बनाएर काम गर्ने  पनि बताए । उनले  गुणस्तरीय शिक्षा दिन नसक्ने हो भने मन्थली माविले पनि  विद्यार्थी थेग्न नसकिने अवस्था आउने भन्दै त्यस तर्फ विद्यालयको ध्यानाकर्षण भइसकेको पनि प्राचार्य  दाहालको भनाइ थियो  । 

भवनको उद्घाटन तथा साँचो हस्तान्तरणका क्रममा खानी निर्माण कम्पनीका प्रतिनिधि रामबाबु घिमिरेले प्राविधिक रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राविधिक हरूबाट समेत गुणस्तरीयता प्रमाणित भइसकेको रेक्ट्रोफिट(प्रबलीकरण) गरिएको सबै  ’भवन पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराए । सो अवसरमा उनले सो क्रममा कम्पनीले गुणस्तरीय काम गरेको दावि गर्दे यसका लागि विद्यालय व्यवस्थापन समिति र विद्यालय परिवारले पुर्याएको योगदान र सहयोग प्रति कम्पनीको तर्फ बाट धन्यवाद पनि दिए  ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिकाका पूर्वप्रमुख रमेश बस्नेत  लगायतका वक्ताहरूले पनि आफ्नो धारणा राखेका थिए । सो क्रममा बोल्ने सबैले विद्यालयको भौतिक संरचना निर्माण सँगै विद्यालयले  शिक्षाको गुणस्तरमा अझै  सुधार गर्नु पर्नै भन्दै यसको आवश्यक तयारीमा लाग्न पनि विद्यालय व्यवस्थापन समितिलाई सुझाएका थिए । सो क्रममा  उनीहरूले मन्थली माविले विपन्नका छोरा छोरीहरूका लागि पनि निःशुल्क र सहज रूपमा विद्यालयमा पढ्ने वातावरण सृजना गर्न पनि आग्रह गरेका थिए   । 

एसियाली विकास बैङ्कको सहयोगमा नेपाल सरकारको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षासँग ९ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले थप काम समेत करिब १२ करोड रुपैयाँको लागतमा काम गरेको भए पनि उक्त भवनको अन्तिम मूल्याङ्कनको प्रतिवेदन भने आउन वाँकीनै रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो  ।

Share21Tweet13Share4

Related Posts

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१२ बैशाख २०८१, बुधबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१२ बैशाख २०८१, बुधबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१२ बैशाख २०८१, बुधबार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

१२ बैशाख २०८१, बुधबार
रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत
प्रदेश नं ३

रामेछापमा एसइईको नतिजा ८१.३२ प्रतिशत

१२ बैशाख २०८१, बुधबार
रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१२ बैशाख २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.