Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 नवजागरणद्धारा शेयर सदस्यलाई सँरक्षित पुँजि फिर्ता 

नेपाल अभियान नेपाल अभियान
८ मंसिर २०८१, शनिबार
in देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter

 रामेछाप ८ मङ्सिर । सदरमुकाम मन्थलीमा  क्रियाशील नवजागरण साकोसले मापदण्ड भित्र रहेर वित्तीय सुशासनमा रहँदै आएका  आफ्ना शेयर सदस्यहरूका लागि संरक्षित पुँजी फिर्ता कोषको रकम  वितरण गरेको छ । शनिवार साकोसले आफ्नो कार्यालय परिसरमा जिल्लाका सरोकारवाला हरूको रोहबरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी  सम्बन्धित शेयर सदस्यहरूलाई  उक्त कोषको रकम वितरण गरेको हो । 

नवजागरणले गत आवमा संस्था सँग वित्तीय कारोबार गरी संस्थाले तय गरेको मापदण्ड पुरा गरेर वित्तीय अनुशासन भित्र रहेर काम गर्दे आएका  शेयर सदस्यहरूलाई प्रति सदस्य ७ हजार देखि २७ हजार रुपैयाँ सम्मको रकम चेक मार्फत हस्तान्तरण गरेको हो । साकोशले उक्त रकम बागमती प्रदेशका सदस्य आनन्द कुमार श्रेष्ठको हात बाट उपलब्ध गराएको हो । जस अन्तर्गत उक्त संस्थाले उक्त शीर्षकमा यस वर्ष १६ लाख ९७ हजार ८ सय २३ रुपैयाँ वितरण गर्न लागेको जानकारी पनि सो अवसरमा गराइएको थियो । 

नीति विधि र पद्धतिका आधारमा सहकारी सञ्चालन हुनु पर्छ भन्ने मान्यता सहित  वित्तीय सुशासन कायम गर्ने अभियानमा लागेको उक्त साकोसले कार्यक्रमको अवसर पारेर सहकारीले एक वर्षको अवधिमा गरेको कार्य प्रगति र हाल सम्म गरेको  मोटो प्रगति प्रतिवेदन पनि सार्वजनिक गरेको थियो । संस्थाको प्रगति विवरण पेस गर्दे साकोसका अध्यक्ष सोमेश थापाले संस्थाले अवलम्बन गरेको सबै खाले नीति विधि र आर्थिक प्रद्धतिको अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा संस्थाले कार्तिक मसान्त सम्ममा साँढे ७३ करोड रुपैयाँको कारोबार गर्न सफल भएको  जानकारी पनि गराइएको थियो  । 

सो अवसरमा उहाँले संस्थाले आफ्नो पारदर्शी व्यवहार र वित्तीय सुशासन गर्ने काममा कुनै पनि कमी आउन नदिने भन्दै यसका लागि सञ्चालक समिति सचेत र जिम्मेवार रहेको जानकारी पनि दिनु भयो । 

कार्यक्रमका अवसरमा संस्थापक मध्यबाट संस्थापक नारायण दास श्रेष्ठ संस्थामा रहेर १९ वर्ष काम गर्नु भएका निवर्तमान अध्यक्ष श्याम थापा तथा शेयर सदस्य एवं मन्थली १ का निवर्तमान वडा अध्यक्ष नारायण दास श्रेष्ठ,पूर्व सञ्चालक जगन्नाथ दाहाल लगायतलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दे बागमती प्रदेशका सदस्य आनन्द कुमार श्रेष्ठले नवजागरणलाई कुनै पनि कुरामा गल्ती गर्ने छुट नभएको भन्दै उसलाई जिल्लाको सहकारीको विकासमा अविभावकिय  भूमिका खेल्नका लागि आग्रह गर्नु भयो । उहाँले वित्तीय शुशासननै कुनै पनि सहकारीको मुख्य आत्मा भएकोले यसलाई जोगाई राख्न पनि यसका सँचालकहरु सँग आग्रह गर्नु भयो । सो अवसरमा उहाँले विगतमा सहकारीको क्षेत्रमा राज्यले गरेको लगानीको खोजी गर्नु पर्नै बेला आएको पनि बताउनु भयो ।

कार्यक्रममा जिल्ला सहकारी  सङ्घका अध्यक्ष हिमाल ढुङ्गेल,जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष जेएन दाहाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष बद्री नयाँघरे,नेफसुन जिल्ला प्रमुख सूर्य थापा लगायतका वक्ताहरूले नवजागरणले वित्तीय पारदर्शितामा खेलेको भूमिकाको प्रशंसा गर्नु भएको थियो । 

Share16Tweet10Share3

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ मंसिर २०८१, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ मंसिर २०८१, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ मंसिर २०८१, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ मंसिर २०८१, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ मंसिर २०८१, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

८ मंसिर २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero