Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
५ माघ २०८१, शनिबार
in कारोबार, कुराकानी, कृषि, खेलकुद, देश, पत्रपत्रिका, समाचार
0
62
SHARES
Share on FacebookShare on Twitter

मन्थली,५ माघ । घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछाप शाखमा नविन घिमिरे निर्विरोध निर्बाचित भएका छन् । शनिवार सम्पन्न उक्त प्रतिष्ठानको पहिलो अधिबेशनले उनी सहित १६ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।

यसरी नयाँ निर्बाचित हुनेहरुमा उपाध्यक्ष(महिला) अन्जु घिमिरे, उपाध्यक्ष (खुल्ला) मा दामोदर घिमिरे, सचिब र सह–सचिबमा क्रमशःसुन्दर घिमिरे र बेद कुमार घिमिरे, कोषाध्यक्षमा सुन्दर घिमिरे र सदस्यहरुमा क्रमशः बिनोद घिमिरे, दुर्गा बहादुर घिमिरे, रन्जु घिमिरे, अप्सरा घिमिरे, सिवजी घिमिरे, डेरदेव घिमिरे, सरस्वती घिमिरे, विनोद घिमिरे र रन्जु घिमिरे,द्रोण घिमिरे र यसोदा घिमिरे रहेका छन् ।
अधिबेशनको उद्घाटन प्रतिनिधि सभाका सभामुख बेदराज घिमिरेले गर्नुभएको थियो ।

को हुन् नबिन घिमिरे ?

रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ४ बेलाली हलुवामा बुवा प्रेम कुमार घिमिरे र आमा गोपी घिमिरेको माइलाे सुपुत्रका रुपमा २०३९ सालमा जन्मिएका घिमिरेले २०५५ सालमा बेतालीमा रहेको श्री जनजागृति मावि बाट एस.एल.सी ( हालको एस.इ.इ ) पास गरे ।

उच्च शिक्षा अध्ययनको शिलशिलामा २०५७ सालमा जिल्ला सदरमुकाम मन्थली झरेर नेपाल शिक्षक संघमा कार्यालय सचिबको रुपमा काम गरेका घिमिरे २÷३ महिना भित्रै जिल्ला स्तरीय परीक्षा समितिको ब्यवस्थापको जिम्मेवारी लिइ त्यहि वेला कक्षा ११,१२ हुँदै वि एड सम्म अध्ययन गर्दा मन्थली मावि परिसरमा रहेको सरस्वतीको मन्दिरमा पुजारीको भूमिकामा २०५७ देखि २०६२ साल सम्म रहे ।

कमाउदै पढ्दै गर्ने अबसरको खोजी गर्ने क्रममा २०५८ सालमा रामेछाप उद्योग बाणिज्य संघको कार्यालय सचिबका रुपमा प्रवेश गरेका घिमिरे हाल कार्यकारी अधिकृतको भुमिकामा छन् ।

२०६० सालमा मन्थली क्याम्पसको संस्थापक स्वतन्त्र विद्यार्थी यूनियनमा सह– सचिब पदमा नेविसंघको तर्फबाट टिकट प्राप्त गरेर चुनावमा होमिएका घिमिरेले अध्याधिक बहुमत ल्याई बिजयी भए ।
सोहि क्याम्पस बाट नै मानविकी संकायमा स्नातक र शिक्षा संकायमा पनि स्नातक र स्नातकोत्तर उत्रीर्ण गरेका घिमिरेले त्रिभुवन विश्व विद्यालय बाट नेपाली विषयमा एम फिल गरेका छन् ।

सानैदेखि पत्रकारीता , साहित्य र समाजसेवामा रुचि राख्ने घिमिरे विक्रम सम्बत २०६५ सालमा र २०७० सालमा गरी २ कार्यकाल पत्रकार महासंघको कोषाध्यक्षको भुमिका मा रहे । उनी २०६८ सालमा अनौपचारीक साहित्यीक मञ्च रामेछापको महासचिबको भुमिकामा पनि थिए । उनका छाडि गएछि गजल संग्रह (२०६५) र रोएनन् फुलहरु कविता संग्रह (२०६६) प्रकाशित छन् ।

२०७६ सालमा जिल्ला बचत संघ रामेछापमा महासचिबको जिम्मेवारी पुरा गरेका घिमिरे २०७९ देखि हाल सम्म उपाध्यक्षको भुमिकामा छन् । २०७८ साल देखि जिल्ला सहकारी संघ रामेछापमामा सचिब र सोही साल देखिनै मन्थली वचत तथा ऋण सहकारी संस्थाकाे सञ्चालक समितिको सदस्यको भुमिका पनि छन् ।

त्यति मात्र हैन उनी अहिले मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसको सञ्चालक समितिको सदस्य हुन् भने
२०७९ सालमा बिश्व हिन्दु महासंघ रामेछापकोे तदर्थ समितिको सचिबको समेत भुमिका निर्वाह गरिसकेका घिमिरेले दर्जानौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

उनले सन् २००३ मा पर्यटन बोर्ड काठमाण्डौंले आयोजना गरेको चौथो राष्ट्रिय निबन्ध प्रतियोगिता मा तृतिय पुरस्कार, रामेछाप– दोलखा जिल्लास्तरीय खुल्ला गजल वाचन प्रतियोगिता–२०६४ मा प्रथम पुरस्कार पनि प्राप्त गरेमा छन् ।

त्यसैगरी मन्थलीमा आयोजित खुल्ला लोकदोहरी प्रतियोगिता–२०६१ मा द्वितिय पुरस्कार, तामाकोशी पुस्तकालयले–२०६० सालमा आयोजना गरेको खुल्ला कविता वाचन प्रतियोगितामा द्वितिय पुरस्कार प्राप्त गरेका छन भने रामेछाप उद्योग बाणिज्य संघ बाट–२०६५ र २०७३ सालमा क्रमश उत्कृष्ठ कर्मचारी र उत्कृष्ठ कार्यसम्पादन अवार्ड बाट पनि सम्मानित भैसकेका छन् ।

त्यसैगरी युवा तथा खेलकुद मन्त्रालयले २०६९ मा आयोजना गरेका राष्ट्रब्यापी कविता प्रतियोगितामा सान्त्वना पुरस्कार , रामेछाप महिला उद्यमी संघ बाट २०७७ सालमा सम्मान प्राप्त गरेका घिमिरेले बि.एड. दोस्रो वर्ष र चौथो वर्षका लागि नेपाली भाषा बिज्ञान तथा नेपाली भाषा र अनुसन्धान विधि पुस्तकको संयुक्त लेखन गरेका छन् ।
अहिले अक्षता राष्ट्रिय दैनिकको सम्पादकको भुमिकामा समेत रहेका घिमिरे शनिवार बाट घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछाप शाखाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

Share25Tweet16Share4

Related Posts

अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ माघ २०८१, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ माघ २०८१, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

५ माघ २०८१, शनिबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

५ माघ २०८१, शनिबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

५ माघ २०८१, शनिबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

५ माघ २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero