रामेछापमा शिक्षा दीवस मनाईयो रामेछाप २ असोज । शिक्षा दिवस २०८२ रामेछाप जिल्लामा विविध रचनात्मक कार्यक्रमका साथ मनाईयो । शिक्षा विकास तथा समन्वय इकाई रामेछापको आयोजनामा सदरमुकाम स्थीत मन्थली नगरपालिकाको हलमा गरिएको कार्यक्रममा गत बर्षको एसईई परिक्षामा जिल्ला भरमा उत्कृष्ठ अँक ल्याउने बिभिन्न विद्यालयहरु र उक्त परिक्षामा जिल्ला भरिबाट सर्बाेत्कृष्ट अँक ४ जीपीए प्राप्त गर्न सफल २ जना छात्र छात्रालाई पुरस्कृत सँगै सम्मान गरिएको थियो ।
त्यसैगरि चालु आवबाट आफनो कार्यकाल पुरा गरि सेवा निवृत हुनु भएका जिल्ला भरिका ३२ जना शिक्षकहरुलाई पनि कार्यालयले औपचारीक कार्यक्रमका विच प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरेको थियो । त्यसैगरि कार्यालयमा रहेर उत्कृष्ट काम गरेको भन्दै दुई जना कर्मचारी लाई पनि दीवसकै अवसर पारेर सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारी हरुमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रास दिनेश नेपाली र सवारी चालक पशुपति न्यौपाने रहेका छन् ।
सम्मानित मध्य एसईई परिक्षामा जिल्ला भरमा उत्कृष्ठ अँक ल्याउने दुई जना विद्यार्थीलाई भने सम्मानका साथमा नगद २÷२ हजार रुपैया र प्रशंसा पत्र र दोसल्ला समेत ओढाईएको थियो ।कार्यक्रमका अवसरमा जिल्लाका ९१ वटा सामुदायीक विद्यालय मध्य सत प्रतिशत रिजल्ट ल्याउने १६ वटा र सँस्थागत विद्यालय मध्य शतप्रतिसत रिजल्ट ल्याउन सफल तामाकोशि वोडिङ ईङलिस इस्कुल मन्थली गरि कुल १७ विद्यालयलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेत र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतका बक्ताहरुले दीवसको अवसरमा शुभकामना तथा बधाई दिँदै सबै विद्यालयका शिक्षक हरुलाई ब्यवहारिक र नैतिक शिक्षा लाई पनि प्रविधिमैत्री शिक्षा दिनु पर्ने धारणा राखेका थिए । उहाँहरुले सम्मानीत सबै जना शिक्षक र विद्यार्थि हरुलाई दोसल्ला ओढाएर प्रशँसा पत्र वितरण गर्नु भएको थियो । उक्त कार्यक्रम सभापतिको आसनबाट बोल्दै शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले कार्यक्रममा सम्मान र पुरस्कृत हुने शिक्षक विद्यालय र विद्यार्थिहरुलाई धन्यवाद दिँदै अन्य विद्यालयहरुलाई पनि आगामी दिनमा उत्कृष्ठ नतिजा ल्याउने गरि काम गर्नका लागि आग्रह गर्नु भएको थियो ।

यो बारेमा तपाईको प्रतिकृया