Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गुणस्तर शिक्षामा अब्बल बन्दै मन्थली क्याम्पस

बद्री नयाँघरे बद्री नयाँघरे
१४ बैशाख २०७६, शनिबार
in शिक्षा
0
953
SHARES
Share on FacebookShare on Twitter

१४ बैशाख, २०७६

रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस गुणस्तरिय शिक्षाको क्षेत्रमा अब्बल बन्दै अग्रणी क्याम्पसको रुपमा अगाडी बढ्न थालेको छ । जिल्लामा रहेका ११ ओटा क्याम्पस मध्ये आफूलाई गुणस्तरिय शिक्षाको क्षेत्रमा अग्रणी क्याम्पसको रुपमा अगाडी बढाउनका लागि क्याम्पसले पछिल्लो समयमा क्याम्पस बाहिर र भित्र आवश्यक वातावरण सुधार गर्ने प्रयास  गरिरहेको छ । विद्यालय ब्यस्थापन समिति र शिक्षकहरुको लामो प्रयास पछि उक्त क्याम्पसले यतिबेला शैक्षिक तथा भौतिक सुधारको क्षेत्रमा जिल्लाका अन्य क्यम्पस भन्दा राम्रो काम गर्ने तर्फ अगाडी बढीरहेको छ ।

१५ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै फराकिलो कम्पाउण्ड भित्र खेल मैदान र हरियाली रुखबिरुवा, भवन वरीपरी आधुनिक फूलबारी सँगै करेसाबारीको बीचमा रहेको क्याम्पस आफैमा सुन्दर देखिन्छ । त्यसमाथी क्याम्पसलाई सुन्दरता थप्न नियमित सरसफाईमा जुटि रहेको छन् शिक्षक र कामदारहरु  । भारत सरकारको लागतमा निर्माण भएको भवन भित्र अत्याधुनिक प्रकृतिको विद्युतिय पुस्तकालय, ल्याव, शौचालय, क्याम्पस प्रमुख, उप–प्रमुख र शिक्षकहरुका लागि पनि छुट्टा–छुट्टै कक्षको ब्यवस्था गरिएको छ । बैठक तथा सेमिनर कक्षको समेत ब्यवस्था रहेको छ । विद्यार्थी र शिक्षकहरुका लागि स्वस्थ र सुविधायुक्त क्यान्टिनको पनि ब्यवस्था गरिएको छ । अत्याधुनिक मेसीनमा जडान गरिएका शुद्ध खानेपानीको ब्यवस्था छ । क्याम्पस भित्र र बाहिरको अवस्थालाई अवलोकन गर्दा लाग्छ न शिक्षकहरु तनावमा छन्, नत विद्यार्थी हरुनै । वातावरण सहज छ, क्याम्पसका पुर्व प्रमुख टंक दाहालले भने– “त्यसको लागि क्याम्पस ब्यवस्थापन समिति र शिक्षक साथीहरु पनि उत्तिकै मेहनत गरिरहेका छन् ।” क्याम्पसकाल लागि आवश्यक सहयोग गर्न मन्थली नगरपालिका, प्रदेश सरकार र विश्वविद्यालय अनुदान आयोगसँग पनि उत्तिकै गरिरहेका छौँ ।

२०५७ सालमा स्थापना भएको मन्थली क्याम्पसमा हाल मानविकि, शिक्षा संकाय, विज्ञान, ब्यवस्थापन लगायतका विषयमा पठन–पाठन भइरहेको उक्त क्याम्पसको दिर्घकालिन बिकासका लागि मन्थली नगरपालीकाले १५ लाख र तीन नम्बर प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकमबाट क्याम्पसको भौतिक निर्माण तथा सुधारका काम भईरहेका छन् ।

मन्थली क्याम्पसको अवस्था र सहयोग गर्नु पर्ने आवश्यक कारण र सरोकारवालाहरुको चासोका बारेमा बुझ्न त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट आईतबार प्रोफेसर डा. दिनेशराज पन्तको नेतृत्वमा बिज्ञहरुको टोली मन्थली आउन लागेको र उक्त टोलीले पनि क्याम्पसको अवस्थाको गहिरो अध्ययन र अनुगमन गरि क्याम्पस प्रशासन र सबैखाले सरोकारवालाहरु सँगको सहभागितामा क्याम्पसलाई थप सहयोग पुग्ने बिषयमा छलफल समेत गरिने शनिबार बिहान क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख ऋषि कार्कीले जानकारी दिए । हाल मन्थली क्याम्पसमा विभिन्न विषमा गरी ५ सय ४१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Share896Tweet24Share7

Related Posts

मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१४ बैशाख २०७६, शनिबार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१४ बैशाख २०७६, शनिबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१४ बैशाख २०७६, शनिबार
रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न
शिक्षा

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

१४ बैशाख २०७६, शनिबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१४ बैशाख २०७६, शनिबार
बार्षिक कार्यक्रमको प्रगति समिक्षा
शिक्षा

बार्षिक कार्यक्रमको प्रगति समिक्षा

१४ बैशाख २०७६, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.