१४ बैशाख, २०७६
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस गुणस्तरिय शिक्षाको क्षेत्रमा अब्बल बन्दै अग्रणी क्याम्पसको रुपमा अगाडी बढ्न थालेको छ । जिल्लामा रहेका ११ ओटा क्याम्पस मध्ये आफूलाई गुणस्तरिय शिक्षाको क्षेत्रमा अग्रणी क्याम्पसको रुपमा अगाडी बढाउनका लागि क्याम्पसले पछिल्लो समयमा क्याम्पस बाहिर र भित्र आवश्यक वातावरण सुधार गर्ने प्रयास गरिरहेको छ । विद्यालय ब्यस्थापन समिति र शिक्षकहरुको लामो प्रयास पछि उक्त क्याम्पसले यतिबेला शैक्षिक तथा भौतिक सुधारको क्षेत्रमा जिल्लाका अन्य क्यम्पस भन्दा राम्रो काम गर्ने तर्फ अगाडी बढीरहेको छ ।
१५ रोपनी क्षेत्रफलमा फैलिएको आफ्नै फराकिलो कम्पाउण्ड भित्र खेल मैदान र हरियाली रुखबिरुवा, भवन वरीपरी आधुनिक फूलबारी सँगै करेसाबारीको बीचमा रहेको क्याम्पस आफैमा सुन्दर देखिन्छ । त्यसमाथी क्याम्पसलाई सुन्दरता थप्न नियमित सरसफाईमा जुटि रहेको छन् शिक्षक र कामदारहरु । भारत सरकारको लागतमा निर्माण भएको भवन भित्र अत्याधुनिक प्रकृतिको विद्युतिय पुस्तकालय, ल्याव, शौचालय, क्याम्पस प्रमुख, उप–प्रमुख र शिक्षकहरुका लागि पनि छुट्टा–छुट्टै कक्षको ब्यवस्था गरिएको छ । बैठक तथा सेमिनर कक्षको समेत ब्यवस्था रहेको छ । विद्यार्थी र शिक्षकहरुका लागि स्वस्थ र सुविधायुक्त क्यान्टिनको पनि ब्यवस्था गरिएको छ । अत्याधुनिक मेसीनमा जडान गरिएका शुद्ध खानेपानीको ब्यवस्था छ । क्याम्पस भित्र र बाहिरको अवस्थालाई अवलोकन गर्दा लाग्छ न शिक्षकहरु तनावमा छन्, नत विद्यार्थी हरुनै । वातावरण सहज छ, क्याम्पसका पुर्व प्रमुख टंक दाहालले भने– “त्यसको लागि क्याम्पस ब्यवस्थापन समिति र शिक्षक साथीहरु पनि उत्तिकै मेहनत गरिरहेका छन् ।” क्याम्पसकाल लागि आवश्यक सहयोग गर्न मन्थली नगरपालिका, प्रदेश सरकार र विश्वविद्यालय अनुदान आयोगसँग पनि उत्तिकै गरिरहेका छौँ ।
२०५७ सालमा स्थापना भएको मन्थली क्याम्पसमा हाल मानविकि, शिक्षा संकाय, विज्ञान, ब्यवस्थापन लगायतका विषयमा पठन–पाठन भइरहेको उक्त क्याम्पसको दिर्घकालिन बिकासका लागि मन्थली नगरपालीकाले १५ लाख र तीन नम्बर प्रदेश सरकारबाट चालु आर्थिक वर्षका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको र उक्त रकमबाट क्याम्पसको भौतिक निर्माण तथा सुधारका काम भईरहेका छन् ।
मन्थली क्याम्पसको अवस्था र सहयोग गर्नु पर्ने आवश्यक कारण र सरोकारवालाहरुको चासोका बारेमा बुझ्न त्रिभुवन विश्वविद्यालय अनुदान आयोगबाट आईतबार प्रोफेसर डा. दिनेशराज पन्तको नेतृत्वमा बिज्ञहरुको टोली मन्थली आउन लागेको र उक्त टोलीले पनि क्याम्पसको अवस्थाको गहिरो अध्ययन र अनुगमन गरि क्याम्पस प्रशासन र सबैखाले सरोकारवालाहरु सँगको सहभागितामा क्याम्पसलाई थप सहयोग पुग्ने बिषयमा छलफल समेत गरिने शनिबार बिहान क्याम्पस परिसरमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख ऋषि कार्कीले जानकारी दिए । हाल मन्थली क्याम्पसमा विभिन्न विषमा गरी ५ सय ४१ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया