Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निषेधाज्ञाका विच, बिदा भयो तीज

नेपाल अभियान नेपाल अभियान
७ भाद्र २०७७, आईतवार
in समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–हिन्दु धर्म मान्ने नारीहरुको महान चार्डका रुपमा लिइने तिज पर्ब यस बर्ष धक फुकाएर मान्न नपाएपनि अन्ततः तीज बिदा भएको छ ।

बिगत बर्षको जसरी तीज मान्न नपाएपछि  चर्चित गायकार दुर्गेस थापाको “माछो माछो भ्यागुतो यस्पालीको तीज” बोलको गित  चरितार्थ भएको  महिलाहरुले बताएका छन् ।

बढ्दो कोरोना भाइरसको सक्रमणको मध्यनजर गर्दै  सरकारले गरेको निषेधाज्ञाका कारण यो वर्ष धेरै महिलाहरु आफ्नो माइती जान पाएनन् । त्यति मात्र हैन मठ मन्दिर गएर पुजाआजा गर्न र धक फुकाएर सार्बजनिक स्थलमा साथी संगीहरुबिच नाचगान गर्न  नपाएपछि आफुहरलाई “माछो माछो भ्यागुतो यस्पालीको तिज” भएको लिखु तामाकोशी गाउपालिका वडा नं–४ बिजुलीकोटकी उर्मीला महत बताउनुहुन्छ ।

तीजमा दरखाने दिनमै माइत गई पञ्चमी नुहाएर मात्र आ–आफ्नो घर फर्कने पहिले देखिको चलन यो पटक (कोभिड–१९) कोरोना भाइरसको संक्रमणका कारण धेरैले यो अबसर गुमाउनु परेको हो ।

तर पनि महिलाहरुले आ–आफ्नो घरमै तीजको ब्रत बस्ने,दैनिक नित्य पुजा गर्ने स्थानमा पूजा गरेर र साथी संगी जम्मा भएर आ–आफ्नै घरमा नाचगान गरेर यसपालिको तीज मनाएका छन् ।

गाउमा रहेका केहि मठ मन्दिरहरुमा भने पहिलेको जस्तै गरी पुजाआजा गर्ने र नाचागान गर्ने गरेको भएपनि शहरी क्षेत्रमा भने त्यस्तो हुन पाएन ।

शहरी क्षेत्रमा खुल्ला रुपमा हिडडुल गर्न समेत स्थानीय प्रशासनले नदिएपछि  साथी संगी जम्मा भएर सामुहिक फोटो खिचाए,आ–आफ्नो फेसवुक वाल भरे अनि पञ्चमी नुहाएर तीज लाई बिदा गरे ।

हिन्दु परम्परा अनुसार बिबाह गरेर घर पठाएकी चेलीलाई तीजमा माइती बाट दाजु,भाई वा बुवा गएर ल्याउने,तीजको दिन आफ्नो घरायसी पिडा ब्यक्त गर्दै नाचागान गरी आफ्नो पिडालाई शान्त पार्ने,अनि पञ्चमी नुहाएर आ–आफ्नो घर फर्कने चलन रहेको छ ।

विवाह गरेका महिलाहरुले तिजमा आफ्नो पतिको  सु–स्वास्थ्य र दीर्घायूको कामना गदै पानी समेत नखाई ब्रत लिने चलन भएपनि हिजोआज अविवाहित केटीहरुले समेत सुयोग्य वर प्राप्त होस भनि ब्रत बसेर शिबजीको पूजा गर्ने गरेका छन् ।

त्यसैगरी पञ्चमीमा खोला,कोसी,धारा वा पधेरामा गई महिनावारी सुरु भएका सबै किशोरी र विवाहित महिलाहरुले बिभिन्न बिधि बिधान अनुसार नुहाउने,पुजा आजा गर्ने,सूर्यलाई अर्घ दिने गर्दा बर्षभरीमा आफुले जान अन्जानमा भए गरेको पाप कटनी हुने बिश्वास गरिन्छ ।

Share28Tweet18Share5

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

७ भाद्र २०७७, आईतवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

७ भाद्र २०७७, आईतवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

७ भाद्र २०७७, आईतवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

७ भाद्र २०७७, आईतवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

७ भाद्र २०७७, आईतवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

७ भाद्र २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.