रामेछाप–हिन्दु धर्म मान्ने नारीहरुको महान चार्डका रुपमा लिइने तिज पर्ब यस बर्ष धक फुकाएर मान्न नपाएपनि अन्ततः तीज बिदा भएको छ ।
बिगत बर्षको जसरी तीज मान्न नपाएपछि चर्चित गायकार दुर्गेस थापाको “माछो माछो भ्यागुतो यस्पालीको तीज” बोलको गित चरितार्थ भएको महिलाहरुले बताएका छन् ।
बढ्दो कोरोना भाइरसको सक्रमणको मध्यनजर गर्दै सरकारले गरेको निषेधाज्ञाका कारण यो वर्ष धेरै महिलाहरु आफ्नो माइती जान पाएनन् । त्यति मात्र हैन मठ मन्दिर गएर पुजाआजा गर्न र धक फुकाएर सार्बजनिक स्थलमा साथी संगीहरुबिच नाचगान गर्न नपाएपछि आफुहरलाई “माछो माछो भ्यागुतो यस्पालीको तिज” भएको लिखु तामाकोशी गाउपालिका वडा नं–४ बिजुलीकोटकी उर्मीला महत बताउनुहुन्छ ।
तीजमा दरखाने दिनमै माइत गई पञ्चमी नुहाएर मात्र आ–आफ्नो घर फर्कने पहिले देखिको चलन यो पटक (कोभिड–१९) कोरोना भाइरसको संक्रमणका कारण धेरैले यो अबसर गुमाउनु परेको हो ।
तर पनि महिलाहरुले आ–आफ्नो घरमै तीजको ब्रत बस्ने,दैनिक नित्य पुजा गर्ने स्थानमा पूजा गरेर र साथी संगी जम्मा भएर आ–आफ्नै घरमा नाचगान गरेर यसपालिको तीज मनाएका छन् ।
गाउमा रहेका केहि मठ मन्दिरहरुमा भने पहिलेको जस्तै गरी पुजाआजा गर्ने र नाचागान गर्ने गरेको भएपनि शहरी क्षेत्रमा भने त्यस्तो हुन पाएन ।
शहरी क्षेत्रमा खुल्ला रुपमा हिडडुल गर्न समेत स्थानीय प्रशासनले नदिएपछि साथी संगी जम्मा भएर सामुहिक फोटो खिचाए,आ–आफ्नो फेसवुक वाल भरे अनि पञ्चमी नुहाएर तीज लाई बिदा गरे ।
हिन्दु परम्परा अनुसार बिबाह गरेर घर पठाएकी चेलीलाई तीजमा माइती बाट दाजु,भाई वा बुवा गएर ल्याउने,तीजको दिन आफ्नो घरायसी पिडा ब्यक्त गर्दै नाचागान गरी आफ्नो पिडालाई शान्त पार्ने,अनि पञ्चमी नुहाएर आ–आफ्नो घर फर्कने चलन रहेको छ ।
विवाह गरेका महिलाहरुले तिजमा आफ्नो पतिको सु–स्वास्थ्य र दीर्घायूको कामना गदै पानी समेत नखाई ब्रत लिने चलन भएपनि हिजोआज अविवाहित केटीहरुले समेत सुयोग्य वर प्राप्त होस भनि ब्रत बसेर शिबजीको पूजा गर्ने गरेका छन् ।
त्यसैगरी पञ्चमीमा खोला,कोसी,धारा वा पधेरामा गई महिनावारी सुरु भएका सबै किशोरी र विवाहित महिलाहरुले बिभिन्न बिधि बिधान अनुसार नुहाउने,पुजा आजा गर्ने,सूर्यलाई अर्घ दिने गर्दा बर्षभरीमा आफुले जान अन्जानमा भए गरेको पाप कटनी हुने बिश्वास गरिन्छ ।
यो बारेमा तपाईको प्रतिकृया