Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

कम्युनिष्ट सकारले मुलुकलाई भ्रष्टचारमा चुर्लुम्म डुबायो : पौडेल

बद्री नयाँघरे बद्री नयाँघरे
२४ बैशाख २०७६, मंगलवार
in राजनीति, समाचार
0
64
SHARES
Share on FacebookShare on Twitter

२४ बैशाख, २०७६

रामेछाप- नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले मुलुकलाई भ्रष्टचारमा चुर्लुम्म डुबाएको आरोप लगाउनु भएको छ । बरिष्ठ नेता पौडेलले सरकारले देशको अख्तियार देखि सर्वोच्च अदालत सम्मका निकायलाई आफ्नो प्रभावमा पारेर मुलुकमा अराजक मच्चाउँदै आफ्ना नेता तथा कार्यकर्तालाई मोजमस्तीमा लगाएर मुलुकलाई भ्रष्टचारमा डुबाएको आरोप लगाउनु भएको हो ।

मंगलबार रामेछापमा नेपाली काग्रेसका नेता भरत प्रसाद चौलागाँईले निःशुल्क रुपमा उपलब्ध गराएको शब वहान हस्तान्तरण कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाउनुभएको हो ।

कम्युनिष्ट पार्टीका प्रभाबसाली नेताको नाम भ्रष्टचारमा जोडिएर आउदा समेत प्रधानमन्त्री आफैले उनीहरुको कुनै संलग्ता छैन भन्नुले भ्रष्टचारी जोगाउने खेलमा प्रधानमन्त्री आफै लागको आरोप समेत बरिष्ठ नेता पौडेलले लगाउँनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै काग्रेस नेता डा. रामशरण महतले नेपाली काग्रेसले ल्याएको समृद्धिको नारामा अहिलेको सरकार भाषण गर्दै हिडेको बताउनुभयो । अहिले राष्ट्र ऋणमा डुब्न लागेको कुरालाई जनता समु ढाकछोप गर्दै काग्रेस सरकारले बिगतमा सुरु गरेका कामलाई मेरो सरकाले गरेको हो भनेर सस्तो प्रचारबाजीमा अहिलेको सरकार अल्झिएको बताउनुभयो । 

जिल्लामा जनताको मन जित्दै चौलागाँई

शैक्षिक अभियान्तको रुपमा आफ्नो पहिचान बनाउनुभएका भरत प्रसाद चौलागाँई पछिल्लो समय समाजसेवमा लागे सँगै जनातको मन जित्न थाल्नु भएको छ ।

जिल्लाको भिन्न विद्यालयहरूमा निःशुल्क रुपमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै आउनु भएका चौलागाईले मंगलबार रामेछाप नगरपालिकालाई शब वहान उपलब्ध गराएर जनाता माझ झनै नजिक हुनुभएको हो ।

नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि समेत रहनुनभएका चौलागाँईले रामेछाप नगरपालिकाको विभिन्न ठाउँमा मानिसको मृत्यु पश्चात शब वहान नहुँदा विभिन्न समस्या हुने हुँदा त्यस्ता समस्या समाधानको लागि शब वहान दिएको बताउनुभएको छ । आफूले कमएको केही पैसा समाज सेवामा लगाउँदा समाजमा कम आर्थिक अवस्था भएका सर्वसाधरणलाई प्रत्यक्ष फाइदा पुग्ने समेत उहाँले बताउनु भयो ।

त्यसैगरी उहाँले रामेछाप नगरपालिकाको वडा नम्बर ७ मा रहेको कालिका डिप बोरिङ खानेपानी र वडा नमबर ८ र ९ मा बन्दै गरेको बृहत सुनकोशी लिफ्ट खानेपानी आयोजनामा स्थानीय उपभोक्ताले सुरुमा बुझाउनु पर्ने रकमको लागि दुई आयोजनालाई पाँच–पाँच लाख समेत सहयोग गर्नु भएको छ । त्यस्तै उहाँले शब बहानको चालकको १ बर्षको तलब रु २ लाख १८ हजार समेत रामेछाप नगरापालिकालाई  हस्तान्तरण गर्नु भएको थियो ।

कम्युनिष्ट छोडेर काग्रेकास प्रवेश गर्नेको संख्या बढ्दै

कम्युनिष्ट सरकारको विकासको खोक्रो नारामा विश्वास नरहेको भन्दै कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेमा प्रवेश गर्ने सबैलाई काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फूलमाला लगाएर स्वागत गर्नु भएको थियो । कम्युनिष्ट लगायत अन्य पार्टी छोडेर काग्रेसमा प्रवेश गर्ने ५० जना भन्द बढी रहेका थिए ।

नेपाली काँग्रेस रामेछाप नगर समितिद्धारा आयोजना गरिएको उक्त कार्यक्रम नगर सभापति कमल बिक्रम कार्कीको अध्यक्षतामा भएको थियो ।

Share39Tweet10Share3

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२४ बैशाख २०७६, मंगलवार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२४ बैशाख २०७६, मंगलवार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२४ बैशाख २०७६, मंगलवार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२४ बैशाख २०७६, मंगलवार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२४ बैशाख २०७६, मंगलवार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२४ बैशाख २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero