Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

खाँडादेवी गाउँपालिकामा चरम भ्रष्टाचार भएको काँग्रेसको आरोप

नेपाल अभियान नेपाल अभियान
१ जेष्ठ २०७६, बुधबार
in समाचार, स्थानीय सरकार
0
418
SHARES
Share on FacebookShare on Twitter

१ जेठ, २०७६

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिकामा स्थानीय सरकार गठन पश्चत चरम भ्रष्टाचार भएको भन्दै नेपाली काग्रेस खाँडादेवी गाउँपालिकाले ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई बर्ष पुग्दा पनि खाँडादेवी गाउँपालिकाको गाउँ–गाउँमा पारदर्शी विकास हुनुको साटो अनियमितता सँगै भ्रष्टाचार मौलाउदै गएको भन्दै तत्काल अनियमितता रोक्न माग गर्दै काँग्रेसले मंगलबार ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्थानीय तहको निर्वाचनमा खाँडादेवी गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा पराजित बेदराज लामाको नेतृत्वमा ९ वटै वडाका वडा अध्यक्षमा पराजित उम्मेद्वार  सहितको टोलीले यस अघि पनि अनियमितता रोक्नको लागि पालिकाको ध्यानाकर्षण गराएको तर त्यसको बेवास्ता गरिएको भन्दै फेरि पालिकालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

चार बुँदामा आफ्ना माग सहित ११ जनाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा पालिकाले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र सडक बिस्तार जस्ता महत्वपूर्ण कामहरू प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र स्थानीय नागरिकलाई समेत सहभागि नगराई बजेट बिनियोजन गरिएको लगाएतका बिषयमा गम्भिर आरोप लगाईएको छ । खाँडादेवी गाउँपालिकामा न्यायोचित ढङ्गले विकास नभए नोपली काँग्रेस जस्तोसुकै कदम चाल्न समेत पछि नपर्ने भन्दै काँग्रेसले चेतावनी समेत दिएको छ ।

सूचनाको हक बमोजिम सबै सूचना दिन तयार छौं : अध्यक्ष तामाङ

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले काँग्रेसले ध्यानाकर्षण पत्रमा उल्लेख गरे जस्तो पालिकामा कुनै पनि अनियमितता नभएको जिकिर गर्नुभयो । अध्यक्ष तामाङले खाँडादेवीको काँग्रेसले विना प्रमाण भ्रष्टाचार गरेको भनेर अफवाह फैलाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । उहाँले  पालिकाबाट भएका काम गाउँ–गाउँमा गएर हेर्न समेत आग्रह गर्नुभयो ।

यस अघि पनि ज्ञापन पत्रमा मात्र पालिकाले गरेको कामको विवरण पाउँ भनेर माग गरेको बताउँदै अध्यक्ष तामाङले पालिकाबाट भएका सबै कामको विवरण सूचनाको हक २०६४ बमोजिम माग गरे आफूले तत्काल उपलब्ध गराउने बताउनुभयो ।

Share336Tweet34Share10

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१ जेष्ठ २०७६, बुधबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१ जेष्ठ २०७६, बुधबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१ जेष्ठ २०७६, बुधबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१ जेष्ठ २०७६, बुधबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१ जेष्ठ २०७६, बुधबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१ जेष्ठ २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.