Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको बृहत प्राविधिक शिक्षालयमा मनाईयो धान दिवस

नेपाल अभियान नेपाल अभियान
१५ असार २०७८, मंगलवार
in कृषि, प्रदेश नं ३, समाचार
0
46
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १५ असार । १८ औं राष्ट्रिय धान दिवस मंगलबार मन्थलीमा औपचारीक कार्यक्रमका विच मनाईएको छ । मन्थली वडा नं १ सानी मदौमा अबस्थित बृहत प्राविधिक शिक्षालयको हाता भित्र धान रोपर दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप र रामेछाप बहुप्राबिधिक शिक्षालयको संयुक्त आयोजना र बृहत प्राविधिक शिक्षालयको समन्वयमा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति तथा स्थानीयहरुको समेत उपस्थितिमा धान रोपेर दिवस मनाइएको हो ।

कोरोनाका कारण जारी निषेधाज्ञाको कारण बृहत कार्यक्रम नगरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दिवस मनाइएको थियाे । सोमबार सम्म देशभरि कूल २७ प्रतिशत धान रोपिसकिएको कृषि विभागले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा भएको रोपाई महोत्सवमा सैजूले दिवसको महत्वको बारेमा स्पष्ट पार्दै धानको महत्व नेपालको सन्दर्भमा अधिकांस ठाउँमा उत्तिकै भएकोले पनि दिवसलाई देशको सम्वृद्धिसंग जोड्न सुझाब दिनुभयाे ।


उहाले धानको उत्पादनलाई बढाउनसके मात्र कृषकहरुमा उत्साह जाग्ने भन्दै कृषकहरुको सम्मान गर्न सकेमात्रै दिवसले सार्थकता पाउने विश्वास् ब्यक्त गर्नुभयाे। त्यस्तै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले दिवसलाई गाउँ गाउँसम्म पुर्याइ उत्पादनसंग जोड्न सक्नु पर्नेमा जोड दिनुभयाे । उहाले उपभोगको हिसाबले धानका उपभोक्ताहरु अत्याधिक रहेकोले धानको उत्पादनमा जोड दिन सके यसबाट कृषकहरुले पनि राम्रो आम्दानी गर्ने धारणा राख्नुभएकाे थियाे । उहाले नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यवसायलाई सम्मानित पेशाको रुपमा अबलम्बन् गर्न सक्नु पर्ने र त्यसका लागि सरकारले पनि गम्भिरताका साथ काम गर्नु पर्ने बताउनुभयाे ।
कार्यक्रममा बृहत प्राविधिक शिक्षालय मन्थलीका प्रमुख हरि अधिकारीले सहभागि अतिथिहरुलाई स्वागत गर्दै नेपालको सन्दर्भमा धान दिवसको महत्वका बारेमा प्रकाश पार्नुभएकाे थिए । उहाले धानको उत्पादन र सरकारको चासो आदिका बारेमा तथ्यगत रुपमा प्रकाश पार्नु भएकाे थियाे ।

कार्यक्रममा नेपालमा धान दिवसको शुरुवात र यसले नेपालको सन्दर्भमा पारेको प्रभावका बारेमा पनि उहाले प्रकाश पार्नु भएकाे थियाे ।

देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा पुगेको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको जनाएकाे छ ।

कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा सबैभन्दा कम १0 प्रतिशत मात्र भएको र कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि बिभागले जनाएकाे छ ।

Share18Tweet12Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१५ असार २०७८, मंगलवार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१५ असार २०७८, मंगलवार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१५ असार २०७८, मंगलवार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१५ असार २०७८, मंगलवार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१५ असार २०७८, मंगलवार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१५ असार २०७८, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.