रामेछाप १५ असार । १८ औं राष्ट्रिय धान दिवस मंगलबार मन्थलीमा औपचारीक कार्यक्रमका विच मनाईएको छ । मन्थली वडा नं १ सानी मदौमा अबस्थित बृहत प्राविधिक शिक्षालयको हाता भित्र धान रोपर दिवस मनाइएको हो । मन्थली नगरपालिका, कृषि ज्ञान केन्द्र रामेछाप र रामेछाप बहुप्राबिधिक शिक्षालयको संयुक्त आयोजना र बृहत प्राविधिक शिक्षालयको समन्वयमा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति तथा स्थानीयहरुको समेत उपस्थितिमा धान रोपेर दिवस मनाइएको हो ।
कोरोनाका कारण जारी निषेधाज्ञाको कारण बृहत कार्यक्रम नगरिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दिवस मनाइएको थियाे । सोमबार सम्म देशभरि कूल २७ प्रतिशत धान रोपिसकिएको कृषि विभागले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा भएको रोपाई महोत्सवमा सैजूले दिवसको महत्वको बारेमा स्पष्ट पार्दै धानको महत्व नेपालको सन्दर्भमा अधिकांस ठाउँमा उत्तिकै भएकोले पनि दिवसलाई देशको सम्वृद्धिसंग जोड्न सुझाब दिनुभयाे ।
उहाले धानको उत्पादनलाई बढाउनसके मात्र कृषकहरुमा उत्साह जाग्ने भन्दै कृषकहरुको सम्मान गर्न सकेमात्रै दिवसले सार्थकता पाउने विश्वास् ब्यक्त गर्नुभयाे। त्यस्तै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले दिवसलाई गाउँ गाउँसम्म पुर्याइ उत्पादनसंग जोड्न सक्नु पर्नेमा जोड दिनुभयाे । उहाले उपभोगको हिसाबले धानका उपभोक्ताहरु अत्याधिक रहेकोले धानको उत्पादनमा जोड दिन सके यसबाट कृषकहरुले पनि राम्रो आम्दानी गर्ने धारणा राख्नुभएकाे थियाे । उहाले नेपाल कृषि प्रधान देश भएकाले कृषि व्यवसायलाई सम्मानित पेशाको रुपमा अबलम्बन् गर्न सक्नु पर्ने र त्यसका लागि सरकारले पनि गम्भिरताका साथ काम गर्नु पर्ने बताउनुभयाे ।
कार्यक्रममा बृहत प्राविधिक शिक्षालय मन्थलीका प्रमुख हरि अधिकारीले सहभागि अतिथिहरुलाई स्वागत गर्दै नेपालको सन्दर्भमा धान दिवसको महत्वका बारेमा प्रकाश पार्नुभएकाे थिए । उहाले धानको उत्पादन र सरकारको चासो आदिका बारेमा तथ्यगत रुपमा प्रकाश पार्नु भएकाे थियाे ।
कार्यक्रममा नेपालमा धान दिवसको शुरुवात र यसले नेपालको सन्दर्भमा पारेको प्रभावका बारेमा पनि उहाले प्रकाश पार्नु भएकाे थियाे ।
देशभरका ७७ जिल्लामध्ये रामेछापमा यस वर्ष कम पानी परेका कारण रोपाइँमा ढिलाइ भएको गुनासो विभागमा पुगेको छ । अन्य जिल्लाहरुमा भने रोपाइँ नियमित रुपमा चलिरहेको विभागको जनाएकाे छ ।
कुल धान उत्पादनको झण्डै ७५ प्रतिशत हिस्सा ओगट्ने प्रदेश दुईमा सबैभन्दा कम १0 प्रतिशत मात्र भएको र कर्णाली प्रदेशमा सबैभन्दा धेरै ६२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको कृषि बिभागले जनाएकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया