Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अपाङ्गता भएका ब्यक्तिलाई राज्यको मूलधारमा ल्याउने गरि काम गर्छौँ- बस्नेत

नेपाल अभियान नेपाल अभियान
१७ मंसिर २०७८, शुक्रबार
in प्रदेश नं ३, समाचार, स्थानीय सरकार
0
43
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नगरपालिकाले अपाङ्गताहरुको हकहित र अधिकारको लागि आवश्यकताका आधारमा सहयोग गर्ने बताएका छन् । नगरपालिकाले अपाङ्गता भएको ब्यक्तिहरुलाई राज्यको मूलधारमा ल्याउने गरि काम गरिरहेको पनि नगरप्रमुख बस्नेतले बताए ।
३० आँै अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको आवसरमा मन्थली नगरपालिकाले आयोजना गरेको कार्यक्रमा नगरप्रमुख बस्नेतले यस्तो भएका हुन् । अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण र उनीहरुको अधिकार सुनिश्चितताका लागि नगरपालिकाले काम गरिरहेको पनि बस्नेतले बताए ।
नगरपालिका एक्लैले सबै काम गर्न नसक्ने भएकाले अपाङ्गता सम्बन्धित काम गर्ने संघसंस्थाहरुलाई अपाङ्गताहरुको जीवनयापन गर्न सहज हुने खालको कार्यक्रमहरु बनाएर नगरपालिकामा पेश गर्न पनि आग्रह गरे । अपाङ्गताको शीर्षकमा मन्थली नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी दिंदै विनियोजीत बजेट अपुग भएमा थप बजेट ब्यवस्था गर्न सकिने पनि नगरप्रमुख बस्नेतले बताए ।
मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले अपाङ्गगता भएकाहरुलाई आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रम गर्न नगरपालिका तयार रहेको बताए । अपाङ्गता भएका ब्यक्तिहरुको सम्मानजनक जीवनयानको लागि नगरपालिका सधै सकारात्मक रहेको भन्दै अपाङ्गता सम्बन्धि काम गर्ने संघसंस्थाहरुसँग सहकार्य गरेर अपाङ्गतामैत्री कार्यक्रम सञ्चालन गर्न नगरपालिका तयार रहेको पौडेलले बताए ।
३० औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मन्थली नगरपालिकाले विपन्न अपाङ्गता र पूर्णअशक्त आपाङ्गतालाई न्यानो कपडा कार्यक्रम अन्तर्गत ब्लाङकेट पनि वितरण गरेको छ । मन्थली नगरपालिका उप–प्रमुख मायाकुमारी कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता सचेतन सेवा केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायत पत्रकार तथा अपाङ्गगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो । त्यसैगरी रामेछाप नगरपालिकाले पनि दिवसको अवसरमा पारेर नगरभित्र रहेका ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्तिथिमा अपाङ्गता भएकाहरुको समस्याको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको उपशाखा प्रमुख शरिता बुढाथोकीले जानकारी दिइन ।

Share17Tweet11Share3

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

१७ मंसिर २०७८, शुक्रबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

१७ मंसिर २०७८, शुक्रबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

१७ मंसिर २०७८, शुक्रबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

१७ मंसिर २०७८, शुक्रबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

१७ मंसिर २०७८, शुक्रबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

१७ मंसिर २०७८, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.