Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

यस वर्ष पनि रामेछापमा रासायनिक मलको अभाव

नेपाल अभियान नेपाल अभियान
५ असार २०७८, शनिबार
in कृषि, स्थानीय सरकार
0
90
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ असार । यस वर्ष पनि रामेछापमा मलको समस्या भएको छ । स्थानिय सरकारहरुले बेलैमा ध्यान नदिंदा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि रामेछापका गाउँ–गाउँमा मलको समस्या भएको हो ।  समयमै मल नपाउँदा किसानहरु चिन्तित हुन थालेका छन । उत्पादनमा हुने बृदिका कारण   किसानहरु रासायनिक मल तर्फ आर्कषित भएका हुन् । किसानको आवस्यकता र मागका आधारमा रासायनिक मलको लागि समयमानै कृषि सामाग्री केन्द्रसंग अनुरोध गरिएको भएपनि उसले हाल सम्म पनि मल उपलब्ध गराउन नसकेको  पालिकाहरुले जनाएका छन् । जिल्लाका ८ पालीका मध्य सदरमुकामको मन्थली नगरपालीकाले समेत पर्याप्त मात्रामा किसानलाई रासायनिक मल उपलब्ध गराउन सकेको छैन ।

मन्थली नगरपालिकाको वडा नं १ बाहेकका अन्य बाकी सबै वडाहरुमा रासायनिक मलको अभावनै भएको छ । आपूर्ति सहज बनाउन विभिन्न कृषि सहकारीलाई अनुमति दिएको भए पनि रासायनिक मल पाउन नसकेकोले कृषकहरुलाई समस्या भएको  मन्थली नगरपालिका वडा नं ३ का अध्यक्ष केशव रोकाले जानकारी दिनुभयो । तर मन्थली नगरपालिकाले भने मलको आपुर्तिलाई सहज बनाउन सकिन्छ कि भनेर मल आपुर्तिको माग गर्न आउने सबैलाई सिफारिस दिएर पठाउने गरेको बताएको छ ।

उता रामेछाप नगरपालिकाले पनि आपफ्नो नगरमा रासायनिक मल पुरा दिन सकेको छैन । उसले आंशिक रुपमा रासायनिक मल आपुर्ति गरेको भएपनि सर्वसाधारणले अहिले पनि पर्याप्त मल पाउन सकेको छैन । मल पर्याप्त रुपमा नपुगेको नगरपालिकाले जनाएको छ । यहाँका केही पालिकाले भने समयमै आफ्ना किसानलाई रासायनिक मल उपलब्ध गराएको जनाएका छन ।

उमाकुण्ड गाँउपालिकाले वेलैमा उपाध्यक्ष उर्मिला कार्कीको  संयोजकत्वमा समिति बनाएर मलको आपूर्ति सहज गराउने प्रयत्न गरेको थियो । तर पालिकामा किसानका लागि आबश्यक  रासायनिक मल आपुर्ति गर्न नसकिएको  उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले बताउनु भएको छ ।  त्यसका लागि आफुले सक्दो प्रयास गरिरहेको र सम्बन्धि निकाय संग पहल भईरहेको  पनि कार्कीले जानकारी दिनुभयो ।

उता लिखु तामाकोशी गाउँपालीकाका अध्यक्ष गोविन्द बहादुर खड्काले पनि किसानको समस्या चाँडै समाधान गर्न पालिका लागिरहेको जानकारी दिनु भयो । जसरी हुन्छ किसानको समस्या समाधान गर्न खड्काको भनाई रहेको छ ।  सुनापती र दोरम्बा गाँपालिकामा पनि समस्य उस्तै रहेको पलिकाहरुले जानकारी दिएका छन्  ।

 तर खाँडादेवी गाँउपालिकाले भने समयमै किसानलाई आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराइसकेको जनाएको छ । बिगतका बर्षमा धेरै झमेला भएकाले यो बर्ष समयमै किसानको माग अनुसारको रासायनिक मल उपलब्ध गराएको खाँडादेवी गाँउपलिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनु भयो । गोकुलगंगा गाउँपालिकाले भने सधैं रासायनिक मल अभाव भइरहने समस्या नआओस् भनेर किसानहरुलाई प्राङ्ग्रारिक मल उत्पादनमा जोड दिएको छ ।  रामेछापमा वार्षिक युरियामल ३ हजार ७ सय ५२ टन , डिएपी मल १ हजार ९ सय ५७ टन र पोटास  मल १ हजार ३९  टन आवस्यक पर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

Share36Tweet23Share6

Related Posts

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 
देश

सबै पालिकालाई उछिन्दै  प्रथम भयो,मन्थली नगरपालिका 

५ असार २०७८, शनिबार
सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 
देश

सुकाजोरको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकको न्यून गुनासो 

५ असार २०७८, शनिबार
वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर
देश

वित्त आयोगको कार्य सम्पादन मूल्याङ्कनमा मन्थली नगर प्रथम, रामेछाप नगर द्धितिय,खाँडादेवी गापाको अवस्था कमजोर

५ असार २०७८, शनिबार
शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 
देश

शिक्षक दम्पतीद्वारा विद्यालयमा सरस्वती मन्दिर निर्माण पछि हस्तान्तरण 

५ असार २०७८, शनिबार
मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 
देश

मन्थली अस्पतालको भवन नगरलाई हस्तान्तरण 

५ असार २०७८, शनिबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

५ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.