रामेछाप- नेपाली लोक संगित क्षेत्रको इतिहासमै पहिलो पटक ठूलो पुरस्कार रासी भएको ‘आईएमई नेपाल लोक स्टार’ रियालिटी शोमा रामेछापका रामकुमार नेपालीले अदभूत प्रतिभा प्रस्तुत गर्दै लोक स्टारको पहिलो खुड्किलामा सफताको पाइला टेक्ने सपना देखी रहेका छन् ।

उनले प्रत्येक शोमा गाउने गीतले उनलाई नेपाली लोक गीत संगितको हस्तीको रुपमा चिनाउदै लगेको दर्शकले मात्र हैन निर्णायकहरुले पनि पटक–पटक भनीरहेका छन् । उनले गाउने हरेक गीतले नेपाली लोक गीतको केही न केही पहिचान झल्केकै हुने लोक पारखीको ठम्याई रहेको छ । त्यसैले पनि उनले देखाएको प्रस्तुतिले इतिहास रच्ने संकेत देखिनु कुनै नौलो नभएको उनका समर्थकको दाबी छ ।
नेपालीले विहिबार पनि आफ्नो दरिलो प्रस्तुति देखाउँदै चौथो पटक उत्कृष्ठ बनेर आफ्ना समर्थकलाई खुशी बनाएका छन् । बाँकी रहेका शोहरुमा पनि यसैगरी सबैको मन जित्दै इतिहास रच्ने दाउमा छन् नेपाली । नेपाली अहिले सात प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै पहिलो बनेर पचास लाख आफ्नो पोल्टोमा पार्ने लक्ष्यमा रहेका छन् ।
हरेक हप्ताको बिहिबार र शुक्रबार राती ८ः ३० बजे एपी.वान एचडी. र डिशहोम रमाइलो च्यानलमा प्रसारण भइरहेको ‘आईएमई नेपाल लोक स्टार’को प्रथम पुरस्कार पचास लाख, द्वितीय पुरस्कार पच्चीस लाख र तृतीय पुरस्कार दश लाख रहेको छ ।
यो बारेमा तपाईको प्रतिकृया