रामेछाप, ११ भदौ । मगर महिला संघ रामेछाप र रामेछाप सांस्कृतिक कलाकार समाज मन्थली नगरको संयुक्त आयोजनामा शनिवार मन्थीमा तिज उत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अबसरमा सिन्धुली कलाघरका कलाकारहरु, राष्ट्रियस्तरका कलाकार र स्थानीयस्तका कलाकारहरुले बिभिन्न खालका चेतनामुलक नाटक, गित, नृत्य तथा प्रहसनहरु प्रदर्शन गरेका थिए ।

महिला मगर संघ रामेछापकी अध्यक्ष तारा रैका मगरको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उप–प्रमुख इश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमममा ७ वटै स्थानीय तहका उप्र–मुखहरुलाई सम्मान गर्ने तयारी गरिएपनि रामेछाप र मन्थली नगरपालिकाका उप–प्रमुखहरु र गोकुलगंगा गाउपालिकाकी उप प्रमुखले मात्र सम्मान पत्र ग्रहण गरेका थिए भने अरु ५ जना उपाध्यक्षहरुको भने उपस्थित थिएन । कार्यक्रमको प्रायोजन मन्थली नगरपालिकाले गरेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया