Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’

नेपाल अभियान नेपाल अभियान
२६ बैशाख २०८१, बुधबार
in कारोबार, समाचार, समाज
0
42
SHARES
Share on FacebookShare on Twitter

सिन्धुली (गोलन्जोर), २६ वैशाख । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ ।
बुधवार एक समारोहका विच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ गर्नुभएको हो ।
बुधबार सिन्धुलीको सुनकाेशी गाँउपालिका वडा नं ५ कानढुंग्री मा आयोजित कार्यक्रमका अबवसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा प्रभाकारी योगदान पुग्ने बताउनुभयो । उहाँले आयोजना सम्पन्न भएपछि सिंचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादनमा वृद्धि भइ स्थानीयको आय आर्जनमा समेत सुधार हुने अपेक्षा गर्नुभयो ।


यस आयोजनाले मधेश प्रदेशको ५ जिल्लाका खेति योग्य जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा प्रभावकारी योगदान सहित जलविद्युत उत्पादन भइ स्थानीयलाई सुबिधा हुने वताउनुभयो । उहाले भन्नुभयो – ‘आज सुरूङको ‘ब्रेक थ्रु’ भएको छ, यस आयोजनाको बाँकी काम समेत निर्धारित समयमा नै सम्पन्न हुने विश्वास लिएको छु । ’


यस आयोजना पनि राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता गौरवका आयोजनाहरू सम्पन्न हुँदा स्थानीयको उत्पादकत्वमा बृद्धि भई र समृद्धिको लक्ष्यमा उल्लेखनिय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले भन्नुभयो –, यो‘सुरूङमार्गको ‘ब्रेक थ्रु’सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको यो भनेको हामी सवैको खुशीको कुरा हो ।


प्रधानमन्त्री दाहालले कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको बताउनुभयो । उहाले देशका लागि आवश्यक पर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिबी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो ।


प्रधानमन्त्री दाहालले नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिंचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो ।


उहाले यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिंचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताउनुभयो । उहाले यो आयोजना सम्पन्न भए पश्चात खुर्कोट बाट सिन्धुलीको चियावारी सम्म सुरुङमार्ग का लागि पनि आबश्यक पहल गरी आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्न आफु सकारात्मक रहेको पनि बताउनुभयो ।


सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिंचाइ आयोजनामा पुर्याउने लक्ष छ ।


यस आयोजना बाट हाल सिंचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरी सिचाइ सुविधा र्पुयाउने आयोजनाको प्रमुख उद्देश्य रहेको आयोजना प्रमुख मित्र वरालले कार्यक्रमका अवसरमा जानकारी गराउनु भएको थियो ।

Share17Tweet11Share3

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

२६ बैशाख २०८१, बुधबार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

२६ बैशाख २०८१, बुधबार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

२६ बैशाख २०८१, बुधबार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

२६ बैशाख २०८१, बुधबार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

२६ बैशाख २०८१, बुधबार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

२६ बैशाख २०८१, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.