मन्थली,१५ पुष । रामेछाप जिल्ला बचत संघ को १८ औं बार्षिक साधराण सभा मन्थलीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षता एबं बागमती प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उद्धब सपकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गदै सापकोटाले सहकारीहरु लाई अहिले नागरिक र सरकारले खराब दृटिकोणले हेर्ने गरेकोले सबै सहकारीहरुले आफ्ना कार्यशैलीलाई परिवर्तन गरी सहकारीको नियम अनुसार सञ्चालन गर्न अनुरोध गर्नुभयो । उहाले जिल्लाका सहकारीहरु पारदर्शी रुपमा सञ्चालन भई गरिब नागरिकले गरेको वचत को संरक्षण गर्नुपर्ने कुरालई जोड दिनुभयो ।
सो अबसरमा जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल, जिल्ला वचत तथा ऋण सहकारी संस्थाका पुर्व अध्यक्ष गोविन्द घिमिरे ,पत्रकार महासंघका अध्यक्ष दिपक घिमिरे, मन्थली नगरपालिकाका पूर्व मेयर तथा लेखापरिक्षक रमेश बस्नेत,लगाएतले कार्यक्रमका अबरमा आ आफ्नो मन्तब्य राख्दै सहकारीहरुले खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका सहकारी अभियानलाई माथि उठाउ महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियान्ता मुकुन्द कडरिया, उत्कृष्ठ आर्थिक कारोवार गर्ने तर्फ तिल्पुङ् कृषि बचत तथा ऋण सहकारी संस्था , उत्कृष्ठ सहारी संस्थामा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था, उत्कृष्ठ ब्यवस्थापकमा सम्बृद्धि वचत तथा ऋण सहकारी संस्थाका दिपक कार्की र जिल्ला संघ की निवर्तमान ब्यवस्थापक रमा श्रेष्ठलाई उत्कृष्ठ कर्मचारीका रुपमा सम्मान गरिएको थियो ।
९५ वटा प्रारम्भिक सहकारी संस्थाहरुको छता संस्थाको रुपमा रहेको यय संघको संस्थागत पूँजी ६ करोड ६ लाख ६९ लाख ७ यय ९१ रुपैया रहेको बताइएको छ । साधारण सभाले सहकारीका कोषाध्यक्ष र महासचिब द्वारा प्रस्तुत प्रतिबेदन पास गरको छ ।











यो बारेमा तपाईको प्रतिकृया