Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

साहारा बचतले कमायो २६ लाख ५० हजार नाफा

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०७६, बुधबार
in कारोबार
0
150
SHARES
Share on FacebookShare on Twitter

मन्थली- विपन्नलाई लक्षित गरि स्थापना भएको साहारा बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५/७६ मा २६ लाख ४९ हजार ३ सय १०रुपैया मुनाफा कमाएको छ । संस्थाको सो मुनाफा र आर्थिक गतिविधिका बारेमा बुधबार मन्थलीमा सम्पन्न १४औ बार्षिक साधारण सभाका अबसरमा कोषाध्यक्ष शिबारज श्रेष्ठले जानकारी गराउनुभएको हो । उहाँका अनुसार संस्थाका कुल ३ हजार ३ सय ४८ जना शेयर सदस्यहरुबाट संकलन गरिको निक्षेप, ब्याज र अन्य आम्दानीलाई लगानी गरी उक्त मुनाफा कमाएको हो ।

संस्थाको हाल सम्म १ करोड ५३ लाख ४ हजार पचास रुपैयाँ शेयर पूजी, १ करोड १७ लाख ५ हजार ६ सय ६६ रुपैयाँ जगेडा तथा अन्य कोष, १ करोड ४७ लाख ३७ हजार १ सय १७ रुपैयाँ बचत रकम र ११ करोड ५८ लाख ६७ हजार ३ सय ९४ ऋण लगानी र अन्य रकम सहित करिब २० करोडको हाराहारीमा कारोवार रहेको पनि उहाँले बताउनुभयाे ।

२०६२ साल माघ १३ गते बिधिबत रुपमा स्थापना भएको उक्त सहकारी संस्थाको साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले गर्नुभएको थियो । संस्थाका अध्यक्ष मिलन कुमार घिसिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले सहकारी क्षेत्रको बिकासका लागि सबै लाग्नु पर्ने बताउनुभयो । सरकारको ३ खम्बे नीति अन्तर्गत सहकारी क्षेत्र पनि एक खम्बा भएकोले मुलुकको बिकासका लागि सहकारीले राम्रो काम गर्नेमा आफु बिश्वस्त रहेको बताउनुभयो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले अब झोले सहकारी संस्थाको दिन सकिएको भन्दै नगर क्षेत्र भित्र रहेका त्यस्ता सहकारीलाई कार्बाहि गरिने बताउनुभयो । उहाँले सहकारीबाट ऋण लगेका शेयर सदस्यहरुले आफुले लगेको ऋणलाई उत्पादन मुलक कार्यमा लगाउन अनुरोध समेत गर्नुभयो । सो अबसरमा अधिक बाल बचत, अधिक शेयर खरिदकर्ता, असल ऋणी, अधिक बचतकर्ता र पुर्ब कर्मचारी एबं संस्थाका पूर्ब पदाधिकारीहरु समेतलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका अबसरमा मन्थली नगरापालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, जिल्ला सहकारी संघका कार्यबाहक अध्यक्ष हिमाल ढुंगेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, सामुदायिक बिकास समाजका प्रतिनिधि सुकराम घिसिङ, संस्थाका संचालक सदस्य तथा पत्रकार बद्री नयाँघरे, शेयर सदस्य झम्क कडेल लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए ।

साधारण सभाले कोषाध्यक्ष शिबराज श्रेष्ठको आर्थिक प्रतिबेदन, सचिब बलराम श्रेष्ठको संगठनिक प्रतिबेदन र आगामी कार्ययोजना पास गर्नुका साथै कार्यसमितिमा रिक्त बिभिन्न पदहरुको समेत पुर्ति गरेको छ ।

Share95Tweet23Share6

Related Posts

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान
कारोबार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा नव निर्वाचित टिमलाई सम्मान

२९ आश्विन २०७६, बुधबार
नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन
कारोबार

नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन

२९ आश्विन २०७६, बुधबार
बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए
कारोबार

बासु फुयाँलको ७ सय १९मत कस कसले कति ल्याए

२९ आश्विन २०७६, बुधबार
रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी
कारोबार

रामेछाप उद्योग वाणिज्य संघमा नविन थापा मगरको प्यानलनै विजयी

२९ आश्विन २०७६, बुधबार
रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट
कारोबार

रामेछाप उद्योग बाणिज्य संघको मत गणना बेलुकि ८ बजेबाट

२९ आश्विन २०७६, बुधबार
रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति
कारोबार

रामेछाप उद्योग बाणिज्य संघका उमेद्वार थापा मगरद्धारा आफुलाई कालो सूचिमा परेको देखाउन चुनौति

२९ आश्विन २०७६, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.