रामेछाप १० पुष । श्री अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०७७÷७८ मा ५ लाख २१ हजार ९ सय ३३ रुपैया नाफा कमाएको छ । संस्थाको शनिवार मन्थलीमा सम्पन्न २० औ साधारण सभाका अवसरमा सो कुराको जानकारी गराइएको हो ।
८ सय ४ जना शेयर सदस्य रहेको यस संस्थाले चालु आर्थिक वर्षमा २८ लाख ४१ हजार ४ सय ६५ रुपैया वरावरको आम्दानी खर्च को बिवरण सुनाइएको थियो ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन संस्थाका सल्लाहकार समितिका संयोजक एबं संस्थापक कोषाध्यक्ष भोला थापाले गर्नु भएको थियो ।
संस्थाका सचिब प्रमोद श्रेष्ठ, र कोषाध्यक्ष रमेश ढुंगेलले प्रस्तुत गर्नुभएको क्रमश सांगठनिक तगा आर्थिक प्रतिबेदन साधारण सभाले पास गरेको छ ।
यस साधारण सभामा भ्याद सकिएका कोषाध्यक्ष रमेश ढुंगेल,सदस्य ढाकल थापा, सदस्य श्रीराम सुवेदी,सदस्य प्रबिण मकाजुुु शिक्षा समितिका संयोजक पुरुषोत्तम घिमिरे, ऋण उपसमितिका सदस्य कोमल दाश श्रेष्ठलाई साधारण सभाले पुनः सोहि पदमै निर्बाचित गरेको छ ।
यो बारेमा तपाईको प्रतिकृया