मन्थली,२९ माघ । दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले गत बर्ष ३ लाख नाफा कमाएको छ । सो कुराको जानकारी शनिवार मन्थलीमा सम्पन्न संस्थाको पन्ध्रौं बार्षिक साधारण सभाका अवसरमा कोषाध्यक्ष ले जानकारी गराउनु भएको हो । उहाले हाल सम्म ६३ लाखको कारोवार गरेको पनि जानकारी गराउनु भएको थियो ।
संस्थाकी अध्यक्ष पार्वती पाठकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन रामेछाप वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जे एन दाहालले गर्नु भएको थियो भने संस्थाकी अध्यक्ष पार्वती पाठकलाई संस्थाले सम्मानित गरेको थियो । साधारण सभाले सेविता न्यौपाने सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति निर्बाचित गरेको छ ।
यसरी नवगठित कार्यसमितिमा रहनेहरुमा उपाध्यक्ष लक्ष्मी थापा, सचिब कल्पना सत्याल,कोषाध्यक्ष यसोदा घिमिरे र सदस्यहरुमा रीता ढुंगेल, चनमती माझी, बिमला भुजेल र निर्जला सुवेदी लगाएतका रहेका छन् ।
यो बारेमा तपाईको प्रतिकृया