Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

१६ वटा बिभाग गठन सहित विभिन्न निर्णयहरु गर्दै नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायि महासङ्घको दोस्रो पुर्ण बैठक सम्पन्न

नेपाल अभियान नेपाल अभियान
५ फाल्गुन २०७८, बिहीबार
in कारोबार, समाचार
0
58
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ फागुन । काभ्रेको धुलिखेलमा मंगलवार सम्पन्न नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायि महासङ्घ केन्द्रीय समितिको बैठक १६ वटा बिभाग गठन सहित बिभिन्न निर्णय गर्दै समापन भएको छ ।


महासंघका अध्यक्ष संञ्जय चौधरीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले बिभिन्न १६ वटा बिभागहरुको गठन,बैठक सञ्चालन कार्यबिधि निर्माण, सल्लाहकार समिति, कार्यसमिति सदस्य र आमन्त्रित सदस्यहरु समेत मनोनित गरेको छ । यसरी गरिएको निर्णय अनुसार बैठक सञ्चालन कार्यविधिमा पदाधिकारी तथा सचिवालय बैठक आवश्यकता अनुसार अध्यक्ष र महासचिवको सल्लाहमा महासचिवको सूचनाका आधारमा बस्ने, केन्द्रीय कार्यसमितिको नियमित बैठक अध्यक्ष र महासचिवको परामर्शमा महासचिवको सूचनाका आधारमा बस्ने, बैठकको अध्यक्षता महासङ्घका अध्यक्षबाट हुने तर अध्यक्षको अनुपस्थितिमा कार्यवाहक अध्यक्षबाट बैठकको अध्यक्षता गरिने र उक्त बैठकको सञ्चालन महासचिवबाट हुने, महासचिवको अनुपस्थितिमा उपमहासचिवले गर्ने निर्णय भएको छ । त्यसैगरी बैठक निर्धारित समयमा सुरु गरी सम्पन्न गर्ने परिपाटी बसालिने, बैठकमा उपस्थित हुन असमर्थ रहने पदाधिकारी तथा सदस्यले अध्यक्ष वा महासचिवलाई असमर्थ हुनाको कारणसहित लिखितरुपमा पूर्वसूचित गर्नुपर्ने र विशेष परिस्थितिको अवस्थामा बाहेक बैठकमा लगातार दुईपटकसम्म बिनासूचना अनुपस्थित रहने पदाधिकारी तथा सदस्यलाई स्पष्टीकरण सोधिने लगाएतका १२ बुँदे बैठक सञ्चालन कार्यबिधि पारित भएको छ ।

त्यसैगरी बैठकले केन्द्रीय कार्यसमितिको मातहतमा रहने गरी १६ वटा आन्तरिक विभागहरु पनि गठन गरेको छ । जसमध्ये महासंघका अध्यक्ष संजयकुमार चौधरीको संयोजकत्वमा नवराज बजगाईं, कृष्णचन्द्र पौडेल, गोविन्द महर्जन, गोपाल खेतान, विजय महर्जन,राजेन्द्र तिवारी,उमेश अग्रवाल र सातै प्रदेश अध्यक्षहरु सदस्य रहने गरी भवन निर्माण बिभाग गठन गरेको छ भने मनहरि बस्यालको संयोजकत्वमा धनराज आचार्य, रघुनाथ महर्जन,हरिप्रसाद अर्याल,नवनिधि पन्त सदस्य रहेन गरी अनुगमन, मूल्याङ्कन तथा अनुशासन विभाग गठन गरेको छ । त्यसैगरी दिवाकर घिमिरे संयोजक र रामदेव पाण्डे सहसंयोजक एबं पुष्पराज पौडेल, शिवसागर शर्मा, विष्णु पौडेल, बुद्धि अधिकारी, अजयकुमार शर्मा नेपाल, सातै प्रदेशका अध्यक्ष, कृष्णचन्द्र पौडेल, महेश शर्मा सदस्य रहने गरी आन्तरिक संघसंस्था समन्वय एवं प्रबद्र्धन विभाग गठन गरिनुका साथै किरणकुमार खनालको संयोजक र अर्जुन आचार्य सह संयोजक साथै सरोज मास्के, मोहन सापकोटा, गोविन्द गौतम, कृष्णराम कार्की, होमनाथ पाण्डे, रेश्मी न्यौपाने, नविन झुनझुन, नितेश मित्तल, रवि घिमिरे, टंकराज पोखरेल सदस्य रहने गरी स्टेशनरी तथा मसलन्द शैक्षिक सामग्री विभाग गठन गरेको छ । त्यस्तैगरी संजिव सत्याल संयोजक र दुर्गाकुमार श्रेष्ठ सह संयोजक एबं गोविन्द गौतम, ताराराम श्रेष्ठ, विजय महर्जन, गणपति पाण्डे, तुलसीप्रसाद अधिकारी, बुद्धिसागर कंडेल सदस्य रहने गरी कर,राजस्व तथा सामूहिक बीमा विभाग गठन गरेएको छ भने पुष्पराज पौडेल संयोजक, वसन्तकुमार लामिछाने सह संयोजक, ताराराम श्रेष्ठ,उमेश अग्रवाल, रविन बराल, कोपिला पौडेल, रमेश पौडेल सदस्य रहनेगरी साना तथा मझौला व्यवसायी विभाग गठन गरेको छ । त्यसैगरी हरिप्रसाद अर्याल संयोजक र ऋषिराम शर्मा भण्डारी सह संयोजक एबं दिवाकर घिमिरे, शिवसागर शर्मा, विष्णु पौडेल, राजलाल गुप्ता सदस्य रहने गरी पुस्तक नीति अध्ययन विभाग गठन गरेको छ भने शिवसागर शर्मा संयोजक, नारायण काप्mले सह संयोजक, रामलाल लोहनी, विष्णु पौडेल, बुद्धिप्रसाद अधिकारी, सकुन्तलादेवी शर्मा, रामदेव पाण्डे, रामचन्द्र न्यौपाने, प्रमेश आचार्य, किरणकुमार खनाल, तुलसीप्रसाद अवस्थी र सातै प्रदेश अध्यक्षहरु सदस्य रहने गरी सङ्गठन तथा सचिवालय व्यवस्थापन विभाग गठन भएको छ ।

त्यसैगरी यमलाल लोहनी संयोजक, भीष्म सर्वज्ञ सहसंयोजक, विष्णु पौडेल, सागर भुसाल, रविन्द्र बराल, कमल तिमल्सिना सदस्य रहेने गरी नीति, योजना तथा कार्यक्रम विभाग गठन गरिएको छ भने गोविन्द महर्जनको संयोजकत्वमा किशोर सापकोटा, किरणबाबु न्यौपाने, शम्भु लामिछाने, विजयकृष्ण महर्जन, मोहन सापकोटा सदस्यहरु रहने गरी आर्थिक बिभाग गठन गरेको छ । त्यस्तैगरी विष्णु पौडेल संयोजक र महेश शर्मा सहसंयोजक रहनेगरी रामचन्द्र न्यौपाने, अजयकुमार शर्मा नेपाल, आशिष श्रेष्ठ लाई सदस्इको जिम्मेवारी सहित सहितको प्रकाशन विभाग गठन गरेको छ भने बुद्धिप्रसाद अधिकारी संयोजक र वेदप्रकाश चुवाईं सह संयोजक ,राजेन्द्र तिवारी, सरोज मास्के, रविन वाग्ले, अर्जुन आचार्य,सागर भुसाल सदस्य रहने गरी थोक बिक्रेता विभाग गठन गरेको छ ।
त्यसैगरी बैठकले सकुन्तलादेवी शर्मा संयोजक र कोपिला गिरी सह संयोजक, कोपिला पौडेल, मुना गुरुङ, कमला सुवेदी,जमुना रुपाखेती सदस्य रहेको महिला सशक्तीकरण विभाग गठन गरेको छ भने प्रभात सुवेदी संयोजक र मुकेश सिंह सह संयोजक रहनेगरी सदस्यहरु रमेश ढुंगेल, द्रोर्णप्रसाद अर्याल, कोपिला गिरी, रविन्द्र बराल, किसान श्रेष्ठ, वासुदेव गौतम, उमेश अग्रवाल, प्रमेश आचार्य सदस्य सहितको प्रशिक्षण,तालिम तथा सशक्तीकरण विभाग गठन गरिएको छ । त्यस्तैगरी नवराज बजगाईंको संयोजकत्वमा आशिष प्रधान सदस्य रहनेगरी अन्तर्राष्ट्रिय समन्वय विभाग गठन गरिएको छ भने संजयकुमार चौधरी संयोजक र कृष्णचन्द्र पौडेल सह संयोजक सहित गोपाल खेतान सदस्य रहेको उद्यमशीलता एवं उद्योग प्रबद्र्धन विभाग गठन गरेको छ ।
बैठकले कृष्णप्रसाद पाण्डे, धनराज आचार्य,रघुनाथ महर्जन, हरिप्रसाद अर्याल,नवनिधि पन्त ,प्रभात सुवेदी, नवराज ढकाल, नवराज बजगाईं र रामचन्द्र तिमोथि लाई सल्लाहकारमा मनोनित गरेको छ भने रामचन्द्र न्यौपाने, काठमाडौं,परशुराम सापकोटा कैलाली,रमेश पौडेल पर्वत, कमल तिमल्सिना पाल्पा ,सागर भुसाल सुर्खेत र दिव्यांसु सिंह महोत्तरी लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । त्यसैगरी सानु महर्जन, दिपक भुसाल ,नवराज देवकोटा ,रेश्मी न्यौपाने, आशिष प्रधान र नवीन झुनझुन लाई आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित गर्ने निणर्य गरेको महासङ्घका महासचिव शिवसागर शर्माले जानकारी दिनुभयो ।

Share23Tweet15Share4

Related Posts

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

५ फाल्गुन २०७८, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ फाल्गुन २०७८, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ फाल्गुन २०७८, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

५ फाल्गुन २०७८, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

५ फाल्गुन २०७८, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

५ फाल्गुन २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero