रामेछाप ९ चैत्र २०७९ । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरवासका वडा अध्यक्ष मनोज पौडेलले आफनो वडा कार्यालय भवन अहिले बनाउने भनिएकै ठाउँमा बनाउने ठोकुवा गर्नु भएको छ । सो ठोकुुवा उहाँले विहिबार आफनो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनका अबसरमा गर्नु भएको हो ।
हाल कार्यालय रहेको ठाँटि बजारमा वडा कार्यालय भवन निर्माण गर्ने वडा कार्यालयको निर्णयको विषयलाई लिएर स्थानिय हरु विरोधमा उत्रिएपछि अध्यक्ष पौडेलले निति र विधिका आधारमा तोकिएकै ठाउँमा वडा कार्यालयका भवन बन्ने दावि गर्नु भयो । का थिए । असहमत पक्षहरुले वडा अध्यक्षले वहुमतको आडमा ठाँटिमा वडा कार्यालय नबनाएर सतथा गाउँपालिकामा केही दिनअघि विरोध प्रदर्शन गरेपछि बिहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरी वडा अध्यक्ष पौडेलले आफनो संस्थागत धारणा स्पष्ट गर्नु भएको हो ।
वडा अध्यक्ष पौडेलले पत्रकार सम्मेलन गरी वडा कार्यलय बन्न नदिन नियोजित ढंगका साथ केहि मानिसहरुले आन्दोलन गरेको बताउनु भएको छ । उहाँले “ खाँडादेवी गाउँपालिकाको सवै वडा वडामा कार्यलय बनाउने निति अनुसारनै वडा कार्यलयको भवन निर्माण कार्य अघि बढेको दावि पनि गर्नु भएको छ ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष पौडेलले एकलौटि आफुले भवन बनाउने निर्णय नगरी सबै राजनितिक दलहरुलाई खबर गरि उपलब्ध पार्टि प्रतिनिधिहरु समेतको सहमतिमा वडा कार्यलय बनाउने निर्णय सर्वसम्मत रुपमा भएको दावि पनि गर्नुभयो ।
भबनका लागि अन्यत्र जग्गा पनि नभएको र अहिले भवन निर्माण सुरु गरिएको स्थान पक्की सडकले छोएको, अधिकांश सेवाग्राहीलाई पायक पर्ने र यसअघि यही ठाउँबाट वडाको सेवा प्रवाह भएकाले जस्तो सुकै विवाद आए पनि ठाँटीमै वडा कार्यालयको नयाँ भवन भन्ने वडा अध्यक्ष पौडेलको भनाइ छ ।
व
पकरवासको वडा कार्यालय ठाँटीमै बन्छ ः वडा अध्यक्ष पौडेल

वडाको भवन निर्माण प्रति असहमति राख्ने पक्षधर हरुले भने वडा भरिको सर्व पक्षिय सहमतिका आधारमा मात्र वडा कार्यालय भबनको काम अघि बढाउन माग गरेका छन् । आम छलफल बिना अध्यक्षले एकलौटी ढंगले अघि बढे जस्तो सकै मुल्य पनि चुकाउन आफुहरु तयार रहेको आन्दोलनका अगुवा एवं नेपाली काँग्रेसका नेता राज नारयण श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो कुनै हालतमा पनि हाल बनाउन लागिएको ठाउँमा भबनका काम अघि बढ्न दिदैनौ । उक्त कार्यको विरोधमा वडाको आधा भन्दा बढि शक्ति,निर्वतमान वडा अध्यक्ष संगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवादि लगाएतले ठुलो संख्या सहित वडा कार्यलय निर्माणको काम प्रति असहमति जनाउँदै गाउँपालिकामा ध्यानआर्कषण पत्र समेत बुझाइसकेका छन् ।
डाको भवन निर्माण प्रति असहमति राख्ने पक्षधर हरुले भने वडा भरिको सर्व पक्षिय सहमतिका आधारमा मात्र वडा कार्यालय भबनको काम अघि बढाउन माग गरेका छन् । आम छलफल बिना अध्यक्षले एकलौटी ढंगले अघि बढे जस्तो सकै मुल्य पनि चुकाउन आफुहरु तयार रहेको आन्दोलनका अगुवा एवं नेपाली काँग्रेसका नेता राज नारयण श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो कुनै हालतमा पनि हाल बनाउन लागिएको ठाउँमा भबनका काम अघि बढ्न दिदैनौ । उक्त कार्यको विरोधमा वडाको आधा भन्दा बढि शक्ति,निर्वतमान वडा अध्यक्ष संगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेकपा समाजवादि लगाएतले ठुलो संख्या सहित वडा कार्यलय निर्माणको काम प्रति असहमति जनाउँदै गाउँपालिकामा ध्यानआर्कषण पत्र समेत बुझाइसकेका छन् ।

यो बारेमा तपाईको प्रतिकृया