Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सहकारीका संचालकहरुका लागि क्षमता विकास तालिम

superadmin superadmin
१० चैत्र २०७९, शुक्रबार
in आधारभूत, देश, प्रदेश नं ३, विविध, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter


रामेछाप १० चैत । रामेछाप जिल्लाका सहकारी अगुवा हरुका लागि संचालित क्षमता विकास आधारभुत तालिम शुक्रबारबाट शुरु भएको छ । जिल्लामा छरिएर रहेका सहकारी र तिनका नेतृत्वमा रहेकाहरुको क्षमता विकास मार्फत सहकारीको संस्थागत विकासमा टेवा पुयाउने उदेश्यले दुई दिने तालिमको आरम्भ गरिएको हो ।
तालिमको उद्घाटन् गर्दे जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुँगेलले तालीमलाई सार्थक बनाउनका लागि सहभागिहरुलाई आग्रह गर्नु भयो । उहाँले कतिपय संचालक हरुका कारण पछिल्लो समयमा सहकारी बद्नाम हुँदै गएको भन्दै जिल्लाका सहकारीहरुलाई निति विधि र प्रविधिका आधारमा काम गर्न पनि आग्रह गर्नु भयो । उहाँले सहकारी अगुवा हरुका लागि संचालन गरिएको तालीमलाई अन्य तालिमको तुलनामा उपलब्धी पुर्ण बनाएर ब्यवहारमा ढाल्न पनि आग्रह गर्नु भयो । तालीमले जिल्लाको सहकारी अभियानमा उल्लेखनिय भूमिका खेल्ने भएकोले कार्य संचालनका क्रममा भएका अलमलपनलाई हटाएर यसले नेतृत्वको आत्मा विश्वास जगाउने कुरामा आफु आशाबादी रहेको पनि ढुँगेलले बताउनु भयो ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दहालले दुई दिन सम्म संचालन हुने तालिमले जिल्लाको सहकारी विकासमा राम्रो योगदान गर्न सक्ने विश्वास ब्यक्त गर्नु भयो । तालिमले सहकारी भित्र देखिएका समस्या र यसको शुद्धिकरणका लागि सहयोग पुग्ने भएकोले सहभागिहरुलाई यसमा गहिरिएर लाग्न पनि आग्रह गर्नु भयो । उहाँले सहकारीको सफलताले राज्य संचालनका क्रममा पनि सहयोग पुग्ने भएकोले पनि तालिमलाई उपलब्धि मुलक र फलदायी बनाउन पनि सहभागिहरुलाई आग्रह गर्नु भयो ।
उद्घाटन् कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संस्थाका निर्वतमान अध्यक्ष गोविन्द प्रसाद घिमिरे,जिल्ला सहकारी संघका उपाध्यक्ष श्याम थापा,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे,लगायतका बक्ताहरुले पनि सहकारीले देशको आर्थिक विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दे नेतृत्व तहका मानिसहरुका लागि संचालन गरिने दुई दिने तालीमलाई उपलब्धिमुलक तालीमका रुपमा परिणत गर्न पनि आग्रह गर्नु भयो । तालीममा जिल्ल्ला भरिबाट गरि करिब दुई दर्जन जति सहकारीका संचालक र तिनका अगुवाहरु समेत सहभागि रहेको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नविन केसिले जानकारी दिनु भयो ।

Share13Tweet8Share2

Related Posts

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 
देश

समाजले मृत्यु स्वीकारेको महिलाको घटना प्रहरीद्वारा  हत्या प्रमाणित 

१० चैत्र २०७९, शुक्रबार
विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

१० चैत्र २०७९, शुक्रबार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

१० चैत्र २०७९, शुक्रबार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

१० चैत्र २०७९, शुक्रबार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

१० चैत्र २०७९, शुक्रबार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

१० चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.