रामेछाप । मन्थली नगरपालिका वडा नं १ को कार्यालयले १५ जना किसानलाई खानेपानी ट्याङ्की बितरण गरेको छ । ब्यवसायिक रुपमा पशुपालन गर्दे आएका किसानलाई पानी संकलन गर्न सहजता होस् भन्ने उद्धेश्यले वडा कार्यालयले चालु आर्थिक वर्षको वजेटवाट १ हजार लिटरका १६ वटा खानेपानीको हिलटेक ट्याङ्की वितरण गरिएको हो ।
मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र वडा नं १ का वडा अध्यक्ष रामहरी पौडेल होम प्रसादले एक कार्यक्रमका विच उक्त ट्याकि हस्तान्तरण गर्नु भएको हो । वडा कार्यालयभित्रका १५ वटा गाई फार्मका अगुवा कृषकहरु र एउटा शीव मन्दीरलाई उक्त ट्याङ्की वितरण गरिएको हो । ब्यवसायिक रुपमा गाई पाल्दै आएका किसानले खानेपानीको समस्याका कारण समस्या भएको भन्दै वडा कार्यालयमा खानेपानी संकलन गर्न ट्याङ्कीका लागि आवेदन दिएका र उनिहरुको मागका र निश्चित मापदण्डका आधारमा उक्त ट्याङकी वितरण गरिएको हो ।
कृषकहरुलाई ट्याङ्की वितरण गर्दै प्रमुख श्रेष्ठले वडा कार्यालयको कामले ब्यवसायीक गाईपालन गर्दे आएका किसानको लागि राहत पुगेको बताउनु भयो । उहाँले कृषकहरुको मेहनतका कारण दुधको उत्पादनमा मन्थली नगरपालिकालाई आत्मनिर्भर बनाउन सकेकोमा खुसि पनि प्रकट गर्नु भयो । जसका कारण कृषकहरुलाई टयाँकि वितरण गर्न पाउँदा धेरै खुशी लागेको भन्दै आगामी दिनमा पनि नगरले किसानको मागलाई सम्वोधन गर्दे जाने पनि बताउनु भयो ।
यसैवीच मन्थली नगरपालिकाले यस चालु आर्थिक वर्षमा वडा भित्र रहेका १० जना महिला स्वास्थ्य स्वंयसेविकालाई झोला र ब्याग वितरण गरिएको छ । त्यसैगरि बाख्रा पालन गर्दै आएका किसानलाई बोका खसी पालन सहज होस् भन्ने उद्धेश्यले एकथान क्यास्टो मेसिन पनि बितरण गरिएको वडा अध्यक्ष होमप्रसाद पौडेल रामहरी ले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया