Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको पर्यटन विकासको लागि गम्भिर बन्दै मन्थली नगरपालिका

नेपाल अभियान नेपाल अभियान
२४ चैत्र २०७९, शुक्रबार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
42
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २४ चैत । मन्थली नगरलाई पर्यटनमैत्री नगरका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको नगरले त्यसको सम्भावित गहिराईमा पुग्ने प्रयासलाई निरन्तरता दिएको छ । मन्थली नगरपालिकाले नगरको पर्यटन विकास तथा आगामी आबको कार्य योजनामा समेट्नु पर्ने कुराका बारेमा सरोकारवालाहरू सँग सुझाव लिएको हो ।
उसले शुक्रबार कार्यपालिकाको सभा हलमा जिल्लाका सरोकारवाला हरुको बैठक राखि मन्थली नगरपालिका भित्र रहेका सम्भावित पर्यटकिए क्षेत्र र तिनको अबस्था अनि गर्न सकिने सम्भवित काम आदिका बारेमा जिल्लाका सरोकारवाला र सामाजिक अगुवा संग सुझाब लिएको थियो ।
पर्यटन विकासको सम्भावना, अवसर र चुनौती शिर्षकमा उसले आफनो कार्यपत्र प्रस्तुत पछि सहभागि सरोकारवाला हरुको पनि सुझाब लिएको थियो । सो अबसरमा कार्यक्रमका सहभागीहरूले मन्थली नगरपालिकामा पर्यटन विकासका लागि गर्न सकिने र गर्नु पर्ने कामका बारेमा सम्भावित निकास सहितको दर्बिलो सुझाब दिएका थिए ।
सो क्रममा सहभागि हरुले मन्थली बजारको सर सफाई, मन्थली एयरपोर्टको दिगो विकास, मन्थली बजारमा व्यवस्थित पार्किङ, मन्थली बजारको दिगो फोहोर व्यवस्थापन, हरियाली व्यवस्थापन जस्ता कामहरु पर्यटन विकासको आधार शिला भएकोले यस बारेमा पनि नगरलाई आवश्यक रणनिति तयार गर्न सुझाब दिएका थिए ।
त्यसैगरि तामाकोशि नदिलाई पर्यटन विकासको मुल आधार बनाएर नदिको संरचनामा कुनै पनि असर नपुग्न गरि कार्य योजनालाई विविध प्रयोजनका लागि गर्नु पर्ने कामको बैज्ञानिक व्यबस्थापन, निर्माणाधीन तीनलाल स्मृति पर्यटकीय पार्क,बहिरा महादेब मन्दिर तथा तिल्के स्थान गढिको धार्मिक तथा ऐतिहासिक महत्व र त्यसमा गर्नु पर्ने थप विकासका काम आदिका बारेमा पनि सुझाब दिएका थिए ।
त्यसैगरि अहिले नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थली विमानस्थललाई बेस बनाएर लुक्लामा दैनिक ५७ वटा सम्म उडान गरिरहेको र त्यसमा सबार ९ सय पर्यटक बाट पनि मन्थली वासीहरुले त्यसबाट आबश्यक फाईदा लिन नसक्नु दुखदाई कुरा रहेकोले त्यसका लागि आबश्यक समन्वयका साथ आर्कर्षक वाताबरण बनाउने काममा समन्वय गर्न पनि नगरलाई सुझाब दिएका थिए ।
नगर प्रमुख लब श्रेष्ठको अध्यक्षतामा भएको अन्र्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला,नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष तथा पत्रकार संगठनका प्रमुख र तिनका प्रतिनिधि,नागरिक समाजका अगुवा तथा उपभोक्ता मन्चका पदाधिकारी,रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारी ,बैंकर्श संघका प्रतिनिधि तथा होटलब्यवसायीका प्रतिनिधि तथा रासमका प्रतिनिधि लगायतले मन्थलीको सम्भावित पर्यटनको बिकासकालागि दर्विला र गर्विला सुझाब दिएका थिए ।
कार्यक्रमको आरम्भमा मन्थली नगरपालिकाका उप –सचिब हेमन्त बुढाथोकिले मन्थली नगरि भित्र रहेका सम्भावित पर्यटकिय क्षेत्र र तिनको अबस्थाका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नगरको पर्यटन विकासका लागि प्राकृतिक र मानव निर्मित सम्पदाहरूको समुचित संरक्षण र व्यवस्थापन गरेर अगाडि बढ्न पनि सुझाईन । त्यसका लागि सर्व प्रथम मन्थली बजार क्षेत्रको मुख्य सडकमा रहेको पार्किङलाई ब्यवस्थीत बनाउनु पर्ने काममा लाग्न पनि नगरलाई अनुरोध गरिन् ।
सो अबसरमा नगरका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईँले मन्थली नगरपालिकामा पर्यटन विकासका लागि अहिले लुक्ला उडान भइरहेको मन्थली एयरपोर्टको दिगो व्यवस्थापन, मन्थली बजारमा व्यवस्थित पार्किङ र बजार क्षेत्रको फोहोरको दिगो व्यवस्थापन जस्ता कामलाई नगरले महत्वका साथ अघि बढाउन चाहेको बताए ।
कार्यक्रममा उठेका सवालहरुको जवाफ दिंदै मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले प्राप्त सुझावहरूलाई नगरले क्रमबद्ध रुपमा टिपोट गरेको र उक्त टिपोटका आधारमा नगरपालिकाले पर्यटन विकासका लागि आगामी योजना तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्ध्ता ब्यक्त गरे । उनले भने सरोकारवालाहरु सँगको आवश्यक समन्वय र सहकार्यका आधारमा मात्र नगरपालिको पर्यटन विकास सम्भब हुने भन्दै त्यस तर्फ आफु गम्भिर रहेको पनि बताए ।
नगरप्रमुख श्रेष्ठले अहिले लुक्ला उडान भइरहेको मन्थली एयरपोर्ट व्यवस्थापनका विषयमा धेरै कुराहरू आइरहेकाले यसबारेमा नगरपालिकाले सम्बन्धित निकायसँग समन्वय गरिरहेको पनि बताए । उनले भने मन्थली एयरपोर्ट व्यवस्थापनमा नागरिक उड्डयन प्राधिकरण गम्भीर नबनेका कारण पनि समस्या भएको हो ।

Share17Tweet11Share3

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

२४ चैत्र २०७९, शुक्रबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

२४ चैत्र २०७९, शुक्रबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

२४ चैत्र २०७९, शुक्रबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

२४ चैत्र २०७९, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

२४ चैत्र २०७९, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

२४ चैत्र २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero