Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैक्षिक सत्रको सुरुवात संगै रामेछापका सामुदायिक विद्यालयहरुमा पुस्तकको समस्या नहुने

नेपाल अभियान नेपाल अभियान
३ बैशाख २०८०, आईतवार
in आधारभूत, देश, प्रदेश नं ३, समाचार, समाज
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,३ बैशाख । आइतवारबाट शैक्षिक सत्र २०८० सुरु भइसकेको छ । नयाँ शैक्षिक सत्र सुरु भए संगै जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले पनि विद्यार्थी भर्ना अभियान प्रारम्भ गरेका छन् । भर्ना अभियान शुरु गरे संगै जिल्लाका अधिकांश सामुदायिक विद्यालययहरुमा पाठय पुस्तकहरु पनि पुगिसकेका छन् ।

सरकारले ब्यवस्थापन गरेको मापदण्डका आधारमा रामेछापका स्टेशनरी व्यवसायिहरुल शैक्षिक सत्र सुरु हुनु अघिनै जिल्लामा पुस्तक ल्याएर सम्बन्धित विद्यालयहरुमा पठाईसकेका छन् । जिल्ला भरी कक्षा १ देखि १० सम्म ४० हजार थान पुस्तक आवश्यक रहेको भएपनि अधिकांस पुस्तक जिल्लामा आई विद्यालय विद्यालय पुगिसेकोको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रामेछापले जनाएको छ । जिल्लामा स्टेसनरी व्यवसायिहरुले छुट्टा छुट्टै रुपमा पुस्तक खरिद गरेर ल्याएका छन् ।
‘हरेक वर्ष हुने गरेको पुस्तक अभावलाई यस वर्ष अभाव हुन नदिन कक्षा १ देखि ५ सम्म नीजि क्षेत्रलाई प्रारशन र वितरणको जिम्मेवारी दिएका कारण पनि पााठ्य पुस्तकमा वितरणमा सहजता आएको हो । अहिले यस अघि १ देखि १० कक्षा सम्मको पुस्तक छपाई र बितरण को जिम्मा जनक शिक्षा सामाग्रि लिमिटेड ले लिएको भएपनि यसवर्ष भने कक्षा ६ देखि १० सम्मको मात्र छपाई र वितरणको जिम्मेवारी लिएको थियो ।
पुस्तकहरु सहज रुपमा सेट कै संख्यामा प्राप्त भएका कारण पुस्तक ल्याउन खासै समस्या नभएको र बाँकी पुस्तकहरु पनि चाँडैनै आईपुग्ने नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका केन्द्रीय सदस्य रमेश ढुंगेलले बताउनुभयो । यो बर्ष विगतका वर्षहरूमा जस्तो पाठ्य पुस्तक वितरणमा समस्या नहोस भनेर पनि आफुहरुले समयमै पुस्तक जिल्लामा झारेर बितरण सुरु गरेको पनि उहाले बताउनुभयो ।
शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख भरत भट्टराई पनि यस बर्ष जिल्लाका कुनै पनि विद्यालयमा पुस्तकको समस्या नहुने बताउनुहुन्छ । जिल्लाका ८ वटा पालिका मध्ये ६ वटा पालिकामा पूर्ण मात्रामा पाठ्य पुस्तक आइसकेको र दुगर्म भनिएका दुई वटा पालिकामा पनि बैशाखको पहिलो हप्ता भित्र पुगिसक्ने दावी गर्नुभयो ।


हाल सम्म ‘जिल्लाको मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी, उमाकुण्ड, गोकुलगंगा, र लिखुतामाकोशी गाउँपालिकामा आवश्यक पाठ्य पुस्तक पुगिसकेको छ भने बाँकी रहेका दोरम्बा शैलुङ र सुनापति गाउँपालिकामा पनि केहि दिन भित्र पुस्तक पुगि सक्ने पनि उहाले बताउनुभयो ।
रामेछाप जिल्ला भरी २ सय ८० वटा आधारभूत विद्यालय र ९६ वटा माध्यमिक विद्यालय रहेका छन् । ति विद्यालयका लागि यो वर्ष ४० हजार थान पाठ्य पुस्तक आवश्यक पर्ने हुन्छ । जस अनुसार यस बर्ष जिल्ला भरिमा माध्यमिक तहमा ७ हजार र आधारभूत तहमा ३३ हजार विद्यार्थीका लागि पाठ्य पुस्तक आवश्यक पर्ने भएकोले सोहि अनुसारको काम तिब्र गतिमा अघि बढेकोले विगत बर्षहरुमा जस्तो पाठ्यपुस्तक वितरणमा समस्या नआउने ब्यवसायिहरु बताउछन । बरु यस वर्ष देखि संस्थागत विद्यालयका पाठ्यपुस्तहरु चाहि सेट संख्यामा नपाइएको गुनासो उनीहरुको छ ।
बिभिन्न प्रकाशक हरुका पाठ्यपुस्तक नीजि बिद्यालयमा लगाउने तर ति सबै प्रकाशनका पुस्तकहरु पर्याप्त नपाइने भएका कारण नीजि बिद्यालयका अधिकांस कक्षाका पुस्तकहरु सेटमा उपलब्ध नहुने गरेको पुस्तक ब्यवसायीहरु बताउछन् ।

Share10Tweet7Share2

Related Posts

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 
देश

विश्व हिन्दु महासङ्घ रामेछापको १२ असोजमा गरिने अधिवेशनको तयारी तीव्र 

३ बैशाख २०८०, आईतवार
जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ
देश

जबरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय बालक सहित दुई जना पक्राउ

३ बैशाख २०८०, आईतवार
उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 
देश

उमाकुण्ड गाउँपालिकामा न्यायिक समितिको काममा द्रुतता 

३ बैशाख २०८०, आईतवार
अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो
संघ

अम्बर आदर्शले लियो समुदाय प्रतिको चासो

३ बैशाख २०८०, आईतवार
रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 
देश

रामेछाप बजारको अस्तव्यस्त सडक निर्माणको काम सुरु 

३ बैशाख २०८०, आईतवार
Auto Draft
देश

एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुङ्गेल अग्र मोर्चामा 

३ बैशाख २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.